
पोखरा : गाउँमा हाेमस्टेमा रमाउन जाने पर्यटकले गाउँको जनजीवन, रहनसहन, प्रकृति, संस्कृति अध्ययन गर्न सहजताकालागि स्थानीयलाई गाइड तालिम दिइएको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजनामा तालिम दिइएकाे हाे ।
गाउँमा घुम्न जाने स्वदेशी र विदेशी पर्यटकले अब गाइडबाट गाउँको प्रकृति, संस्कृति, रहनसहनका बारेमा जानकारी पाउने अायाेजक भिटाेडफ गण्डकी अध्यक्ष शाेभा अधिकारी सापकाेटाले जानकारी दिइन् । जीविकोपार्जन पुनरुत्थानका लागि दियो पर्यटन परियोजनाको सहयोगमा भएको तालिममा गण्डकी प्रदेशका विभिन्न गाउँका ३१ जना सहभागी भएको भिटोफ नेपाल गण्डकी प्रदेश अध्यक्ष अधिकारी सापकोटाले बताइन् ।

गाउँले गाइड तालिममा डा रामजी शर्मा, टीकाराम सापकोटा, दीपेन्द्र पहारी लगायतले विभिन्न विषयमा तालीम दिएका थिए । गाउँका बारेमा जानकारी दिन सक्ने दक्ष जनशक्ति तयार हुँदा पर्यटकले गाउँको बारेमा यर्थाथ जानकारी पाउने पोखरा पर्यटन परिषद्का कार्यवाहक अध्यक्ष कृष्ण भण्डारीले बताए । पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले तालीम लिएका गाउँले गाइडले पर्यटकलाई गाउँको इतिहास, संस्कृति, भाषा, रहनसहन बुझाउन सक्ने भएकोले पर्यटकले गाउँ चिन्ने र बसाइँ लम्बिने विश्वास गरे ।