
चुरे संरक्षण दिवसको अवसरमा चुरे उत्थानशील आयोजना र कमल सामुदायिक वनको अायोजनामा इलामको कमल सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । चुलाचुली–१ स्थित कमल खोला किनारको बाँझो जमिनमा ९चुरे पहाडको फेदमा० बाँस, अम्बा, अमला, जामुन, लगायतका रैथाने प्रजातिका १००० बिरुवा रोपिएको बताइएको छ ।
सब डिभिजन वन कार्यालय चुलाचुली, सब डिभिजन वन कार्यालय बेलबारी, र डिभिजन वन कार्यालय त्रिवेणी, उदयपुरले सहयोगमा भएको वृक्षारोपण कार्यक्रममा चुरे उत्थानशील आयोजनाले बिरुवा उपलब्ध गराएको थियो । आधा जनसङ्ख्या बस्ने तराई क्षेत्र जोखिममा छ । चुरे दोहनका कारण जोखिममा रहेको हो । अन्नको भण्डार समेत भनिने तराई संरक्षणमा भने जसरी लाग्नु पर्ने हो तीन तहकै सरकार लागेको पाइँदैन । चुरे संरक्षणमा लाग्नु पर्ने भन्दै कार्यक्रमका प्रमुख अतिथि चुरे उत्थानशील आयोजनाका राष्ट्रिय निर्देशक नवराज पुडासैनीले बताए ।
पछिल्लो समयमा वन विनाश, नदीजन्य पदार्थको उत्खनन, लगायतका मानवीय गतिविधिका कारणले चुरेको क्षेत्रको वातावरण खस्किरहेको, र चुरे क्षेत्रमा बाढी, पहिरो आउने, पानीका मूल सुक्ने, नदी कटानले घर भत्काउने र खेतलाई बन्जर बनाउने लगायतका समस्या बढ्दै गइरहेको स्थानीयवासीको गुनासो छ। चुरेको दोहनका कारण पहिले सहज पानी पाइने क्षेत्रमा अहिले १०० फिट भन्दा गहिरो बोरिङ गर्दा पनि पानी नपाइने स्थानीयले बताएका छन् ।
दश वर्ष अगाडि असार २ गते चुरे दिवस घोषणा गरियो। त्यही घोषणाको दिन पारेर प्रत्येक वर्ष चुरे संरक्षण दिवस मनाइँदै आएको छ । तत्कालीन राष्ट्रपति राम वरण यादवले राष्ट्रपति चुरिया तराइ मधेस संरक्षण तथा विकास समिति अन्तर्गत संरक्षणका विभिन्न काम भइरहेका छन्। “चुरे क्षेत्रको माटो अत्यन्त कमलो छ । पानी नहुँदा ढुङ्गा जस्तो साह्रो हुन्छ, पानी परेपछि गल्छ, अनि बगेर गइहाल्छ। यो माटोको संरक्षण गर्न सकिएन भने हामीले उर्वर, मलिलो माटो बगेर जाने आयोजनाका कोसी प्रदेश संयोजक राज कुमार गुप्ताले बताए ।
चुरे उत्थानशील आयोजनाले चुरे क्षेत्रका २६ वटा नदी प्रणालीमा जलवायु उत्थानशीलको वृद्धि गर्ने उद्देश्यले विभिन्न कार्य गर्दै आएको छ । वातावरण संरक्षण तथा जलवायु उत्थानशीलतामा चुरे उत्थानशील आयोजनाको निरन्तर कार्य अन्तर्गत वृक्षारोपण गरिएको आयोजकले बताएका छन् । चुरे उत्थानशील आयोजनाले आफ्नो कार्यक्षेत्रमा नर्सरी स्थापना तथा वृक्षारोपण गर्दै आएको हो । वृक्षारोपण गरेर वनलाई फेरी हराभरा बनाउन धेरै भन्दा धेरै बिरुवा रोप्ने योजना रहेको कमल सामुदायिक वनकी अध्यक्ष सङ्गीता थलङले बताइन् ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…