
नदी जन्य पदार्थ अबैध रुपमा चोरी निकासी गर्ने दुई वटा सवारी साधान कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा १९ करायाचौतारा स्थित सडक खण्डमा सवारी साधन चेकजाँचका क्रममा अन्नपूर्ण संरक्षण क्षेत्रको भुजुङखोलाबाट पोखरा तर्फ ल्याउँदै गरेका सवारी साधान नियन्त्रणमा लिएका हो ।
ग १ क ५२४८ नम्बरको मिनिटिप्पर चेकजाँच गर्दा टिप्परमा कटपिस ढुङ्गा लोड गरेको पाईएको र सो सम्बन्धमा प्रयोजन खुल्ने कागजपत्रहरु साथमा नभएकोले उक्त मिनिटिप्परलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । थप अनुसन्धान तथा आवश्यक कारवाहिको लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरामा पठाईएको पनि प्रहरीले जनाएको छ ।
यस्तै गरी पोखरा २५ हेम्जा स्थित पोखरा बागलुङ सडक खण्डमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा घट्टेखोलाबाट पोखरातर्फ आउँदै गरेका ग १ क ५५९३ नं।को टिप्परलाई चेकजाँच गर्ने क्रममा अबैध रुपमा छपनी ढुङ्गाहरु लोड गरी ल्याएको र सो सम्बन्धमा प्रयोजन खुल्ने कागजातहरु साथमा नभएकोले उक्त टिप्परलाई नियन्त्रणमा लिएकाे छ । चाेरी निकासीबारे थप अनुसन्धान तथा आवश्यक कारवाहिको लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय कासकीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…