
पाेखरा : पर्यटकको चहलपहल हुने व्यस्त फेवाताल किनार गौरिघाटमा एक महिनाको फरकमा दुईवटा ठुला बुढा रुख ढले । संयोग व्यस्त पर्यटकीय केन्द्र लेकसाइडमा ढलेका दुबै रुखबाट मानवीय र भौतिक क्षति हुनबाट जोगियो । व्यस्त स्थानमा रुख ढल्दा सधै यस्तै संयोग पर्छ भन्ने छै्न । कुनै पनि बेला यस्ता बुढा रुख ढल्ने र मानवीय तथा भौतिक क्षति हुन सक्छ । यसैले सम्बन्धित निकायले बेलैमा यस्ता जोखिम मानिएका बुढा रुख अध्ययन गरेर हटाउनु नै उपयुक्त हुने स्थानीयले बताएका छन् ।
पहिलो ढलेको रुख टुनीको थियो । २०८१ वैशाख १७ गते बिहान ७ बजे पुरानो बुढो टुनीको रुख ढलेको थियो । बिहानको समयमा भएकोले तालमा डुंगा सयर गरेका र पार्कमा बस्ने कोही नभएकोले मानवीय क्षति भएन । अको ढलेको रुखको ठुलो हाँगो पहिले ढलेको टुनीको रुख नजिकै रहेको चौताराको वरकाे रुखको हाँगा हो । वरको रुखको हाँगा पनि संयोगले बिहान नै ढल्यो र तल तिर नै ढल्यो । यसैले यस रुखको हाँगा भाँचिदा पनि संयोगले मानवीय र भौतिक क्षति हुनबाट जोगियो ।

तर यही ढलेको वरको रुखको ताल तर्फको हाँगा ढलेपनि व्यस्त सडक र होटेल रेस्टुरेन्ट तर्फको अर्को ठुलो हाँगा भने धराप थापे जस्तो भएको स्थानीय हरि भुजेलले बताए । एकातर्फका हाँगा भाँचिएर रुखमा घाउ मात्र बनेको छैन अर्को तर्फको हाँगालाई भार परेको छ । हाँगा जुन सुकै बेलामा पनि भाँचिने अवस्थामा रहेको छ । जोखिम यस्ता रुखको हाँगा देखेपछि महानगरपालिका, डिभिजन वन कार्यालय आँफै अग्रसर भएर व्यवस्थापन गर्नु पर्ने हो । तर स्थानीयले यस्ता धराप थापेजस्ता रुखको हाँगा काँटछाँट गरेर व्यवस्थापन गर्न माग गर्दा पनि सुनुवाइ नभएको भुजेलले बताए ।

स्थानीय होटेल, रेस्टुरेन्ट व्यवसायी भुजेलले एक महिना अघि टुनीको रुख ढल्दा अर्को वरको रूख पनि ढल्ने अवस्थाको रहेको र दुर्घटना हुन सक्ने भन्दै वडा कार्यालय, डिभिजन वनलाई जानकारी गराउँदा पनि बुढो रुखको व्यवस्थापन नभएको बताएका छन् । एउटै रुखको एकतिरको हाँगा भाँचिदा अर्को तर्फ लोड परेको र कुनै पनि बेला दुर्घटना हुने भन्दै बेलैमा रुखको हाँगा व्यवस्थापन गर्न हरिले पुन सम्बन्धित निकायलाई हारगुहार गरेका छन् । तर कुनै पनि निकायबाट सुनुवाइ नभएको उनले सामाजिक सञ्जालमा लेखेका छन् । धराप थापेजस्तो रुखको हाँगो कुनै पनि बेला भाँचिने र दुर्घटना भएर भौतिक तथा मानवीय क्षति हुन सक्ने भन्दै सम्बन्धित निकाय निन्द्राबाट बिउँझन र जोखिम रुखको व्यवस्थापन गर्न उनले अनुरोध गरेका छन् ।
धराप थापे जस्तो भएको गौरीघाट क्षेत्रको रुखको हाँगा व्यवस्थापनकालागि वडा कार्यालयले सबै कागजी काम पुरा गरेर महानगरपालिकालाई अनुरोध गरे पनि अहिले सम्म काम नहुँदा जोखिम बढेको पोखरा ६ का बैदामका वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले बताए ।
रुख कटान आदेशकालागि डिभिजन वनमा पत्राचार गरेका छौं स्वीकृति पाए लगतै व्यवस्थापन गछौं : वन अधिकृत पाेखरा महानगर
पाेखरा महानगरपालिकाको ग्रिन सिटी क्लिन सिटी शाखाका वन अधिकृत सन्तोष भट्टराईले जोखिम मानिएको गौरीघाटको रुखको व्यवस्थापनकालागि डिभिजन वन कार्यालय कास्कीमा पत्राचार गरी कटान आदेश माग गरेकाे बताएका छन् ।
डिभिजन वनले कटान आदेशकालागि स्वीकृति दिए लगतै जोखिम रुपमा रहेको रुखको व्यवस्थापन गर्ने वन अधिकृत भट्टराईले बताए । महानगरपालिकाले वनको स्वीकृति विना आफै व्यवस्थापन गर्न कानुन त मिल्दैन । यसैले डिभिजन वनको स्वीकृति पाए लगतै एक हप्ता भित्र जोखिम अवस्थामा रहेको रुखको व्यवस्थापन गरिने वन अधिकृत भट्टराईले बताए ।




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…