
पदमार्ग संरक्षण पर्यटनको प्रवद्र्धन भन्ने अभियानका साथ अन्नपूर्ण, मनास्लु, धौलागिरी, माछापुच्छे«, मर्दी लगायतका पदमार्गको संरक्षण, विकास र स्तरोन्नतिको लागि आवश्यक बजेट विनियोजन गरेको गण्डकी प्रदेश सभामा अर्थमन्त्री डा टकराज गुरुङले बताएका छन् ।
हिमाल आरोहण सम्बन्धी जनशक्ति उत्पादनकालागि तालिम कार्यक्रम सञ्चालन गर्ने र हिमाल आरोहण गर्ने प्रदेशबासीलाई प्रोत्साहन तथा सम्मान गर्न आवश्यक बजेट विनियोजन गरेको पनि उलने बताए ।
पर्यटकीय राजधानी पोखरा र आसपासका स्थानीय तहसँग सहकार्य तथा सहयोगमा ११ वटा पर्यटकीय स्याटलाइट गन्तव्य विकासका लागि बजेट व्यवस्था गरेको गण्डकी प्रदेश सभामा अर्थमन्त्री डा टकराज गुरुङले बताएका छन् ।