समाचार

जनकपुरमा माघ २५ गते देखि लाटोकोसेरो तथा हुचील संरक्षण उत्सव

धनुषा जिल्लाको मिथीला बिहारी नगरपालीकामा बाहा्रै सस्कंरणको ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०८१’ हुँदै छ । माघ २५ गते देखि हुने दुई दिने संरक्षण उत्सव प्रकृतिका साथीहरु नामक संस्था र मिथीला वाइल्डलाइफ ट्रष्टको आयोजनामा हुन लागेको हो । उत्सव शूरु हुनु अघि विभिन्न स्थानिय विद्यालयहरुमा लाटोकोसेरो संरक्षण चेतना शिवीरहरु सञ्चालन भएको आयोजक प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले बताए । उत्सवको दिनमा चरा तथा प्रकृतिको अवलोकन, स्थानीय लोपोन्मुख खेलहरु तथा सांस्कृतिक गित तथा नाँचको प्रर्दशनी र वन विज्ञान अध्ययन संस्थान पोखराका… पुरा पढौ

पाताले छाँगो महानगर आफैले व्यवस्थापन गर्ने

पोखरा महानगरपालिकाले पाताले छाँगो आफैले व्यवस्थापन गर्ने भएको छ । महानगरपालिकाले आह्वानमा आइतबार बसेको सर्वपक्षीय बैठकले पोखराको प्रमुख पर्यटकीय गन्तव्य पाताले छाँगोमा भइरहेको अवरोध हटाइ तत्काल नियमित सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले डेविज फल्स महानगरपालिका आफैले कानुन बमोजिम पर्यटन शुल्क उठाई सञ्चालन गर्ने, पर्यटकका लागि खुला गर्ने र महालेखा परीक्षकको कार्यालयले औँल्याएको बेरुजु फछ्यौटका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको पनि बताइएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा भएको अवस्थामा छोरेपाटन मा।वि।ले डेभिज फल्सको पर्यटन शुल्क उठाइरहेको… पुरा पढौ

पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरिया सहित ५ जना बने इन्टेग्रिटी आइकन

इन्टेग्रिटी आइकन नेपाल २०२४ बाट पोखरा महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया सहित ५ कर्मचारी सम्मानित भएका छन् । एकाउन्टबिलिटी ल्याब नेपालले सञ्चालन गर्दै आएको इन्टेग्रिटी आइकन नेपालको एघारौं संस्करणको उत्कृष्ठ ५ मा पोखरा महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया छानिएका थिए । यस वर्ष इन्टेग्रिटी आइकन नेपालका लागि देशभरिबाट ३ सय ४९ वटा मनोनयन प्राप्त भएका थिए । प्राप्त मनोनयनहरूबाट विभिन्न छनोट प्रक्रिया पूरा गरेर निर्णायक समितिले ५ जना इन्टेग्रिटी आइकन छनोट गरेको थियो । सम्मानित हुनेमा आधारभूत… पुरा पढौ

लाटोकोसेरो संरक्षणकालागि पाेखराका विद्यालयमा क्लब गठन

पोखराको हेमजाका दुई विद्यालयमा लाटोकोसेरो र जैविक विविधता संरक्षणकालागि लाटोकोसेरो क्लब गठन भएको छ । लाटोकोसेरोको अवैध व्यापार, चोरिसिकारी नियन्त्रण, वन्यजन्तु, जैविक विविधताको संरक्षण गर्न पोखरा २५ स्थित गौरीशंकर मावि र हेमजा बोडिङ्ग स्कुलमा लाटोकोसेरो क्लब गठन भएको हो । क्लब गठन गर्नु अघि भएको लाटोकोसेरो संरक्षण चेतना शिविरमा प्रकृतिका साथीहरू नामक संस्थाका लाटोकोसेरो संरक्षण दूत दीपा गुरुङले लाटोकोसेरोको महत्वको बारेमा प्रकाश पारेकी थिइन् । नेपालमा रहेका वन्यजन्तु, जैविक विविधताको महत्त्व र संरक्षण उपायहरू सम्बन्धमा लाटोकोसेरो संरक्षण दूत सुदर्शन पराजुलीले जानकारी… पुरा पढौ

जैविक विविधता संरक्षणको विषयलाई महत्व दिनुपर्छ – कांग्रेस महामन्त्री थापा

सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधता संरक्षणको विषयलाई महत्त्वका साथ उठाउनुपर्ने आवाज उठेको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कृषि विधेयकमा जैविक विविधता संरक्षणको विषयलाई महत्वका साथ उठाउनु पर्ने बताएका हुन्छ । सोमबार काठमाडौंमा आयोजित तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताहको समापन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारले कृषि विधेयक ल्याउन लागेको र कृषिको जैविक विविधताको विषय ऐनमा समेट्न अहिले राम्रो अवसर रहेको बताए । कृषि विधेयक २० गतेभित्र संसदमा दर्ता गर्ने मन्त्रालयको तयारी रहेको थापाले बाताए ।… पुरा पढौ

लाटोकोसेरो संरक्षणकालागि शिविर

मुसा खाएर अन्नबाली जोगाउन महत्वपूर्ण योगदान दिने लाटोकोसेरो संरक्षणकालागि पोखरामा सचेतना शिविर कार्यक्रम भइरहेको छ । प्रकृतिका साथीहरू नामक संस्थाको आयोजनामा पोखरा २३ वामदी स्थित वडा कार्यालयमा लाटोकोसेरो संरक्षण सचेतना शिविर भएको हो ।  स्थानीय आमा समूह, जनप्रतिनिधि  युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि गरी ५० जना भन्दा बढीको उपस्थितिमा भएको सचेतना शिविरमा लाटोकोसेरोको महत्त्व र संरक्षणमा पछिल्लो समय देखिएका चुनौतीका बारेमा जानकारी गराइएको थियो । सचेतना कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर २३ का वडा अध्यक्ष रामकाजी गुरुङले  वडामा लाटोकोसेरो… पुरा पढौ

यति एयरलाइन्सको जहाज दुर्घटनाको दुई वर्ष : आफन्तको उस्तै छ पीडा

७२ जनाको ज्यान जाने गरी यति एयरलाइन्सको जहाज दुर्घटना भएको दुई वर्ष पुगेको छ । आफन्त भने उस्तै पीडामा छन् । मंगलबार बिहानै विमान दुर्घटनामा ज्यान गुमाएकाहरूका आफन्त, साथी भाइ दुर्घटना स्थल सेती नदीको किनार पुगेर धूप बत्ती बालेर र पूजा गरेर आफन्तलाई सम्झिए । दुर्घटना स्थल पुगेका आफन्त स्मृति स्तम्भ अघि पुगेर भक्कानिएका थिए । दुई वर्ष अघि माघ १ गते पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ज्यान… पुरा पढौ

कालीगण्डकी बचाउन प्रदर्शन

पोखरा ः कालीगण्डकीको एकोहोरो दोहनका कारण नदीको दुई तिहाइ भाग क्षय भएपछि संरक्षणकालागि दवाव दिन संरक्षणकर्मीले प्रदर्शन गरेका छन् । पर्वतको मोदीवेणी धाममा कालीगण्डकी बचाऔं अभियानले मंगलबार नदी किनारमा प्रदर्शन गरेका हुन् । ‘नदीको प्राकृतिक स्रोत, विशेष गरी ढुंगा, शिला, गिटी, बालुवाको अन्धाधुन्ध दोहनले कालीगण्डकीको दिगोपनलाई गम्भीर असर पारेको छ,’ कालीगण्डकी बचाऔं अभियानका अभियन्ता आरके अदिप्त गिरीले बताए । उनका अनुसार, ‘नदीमाथि भइरहेका अनियमित उत्खनन र पर्यावरणीय विनाशलाई पूर्णतः रोक्न अब सबैले जोड दिनुपर्छ ।’ प्राकृतिक स्रोतको दोहन र संकट… पुरा पढौ

वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

चर्चित वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको सोमबार राति ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको परिवाले जनाएका छन् । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका(१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका(१ का वडा अध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे । उनका दुई छोरा र तीन छोरी छन् । लामो समयदेखि नेपाली काँग्रेसमा आबद्ध भइ राजनीतिमा… पुरा पढौ

“लुम्बिनी” न्यूयोर्क टाइम्सको विश्वका घुम्नलायक स्थानको सूचीमा

न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको विश्वका घुम्नलायक उत्कृष्ट स्थानको सूचीमा नेपालको लुम्बिनी पनि परेको छ । विश्वका उत्कृष्ट २५ गन्तव्यमध्ये लुम्बिनीलाई विश्वविख्यात पत्रिका न्यूयोर्क टाइम्सले नवौं स्थानमा राखेको हो । ‘प्राचीन तीर्थस्थलमा नयाँ मन्दिर र ध्यान केन्द्रको भ्रमण गर्नुहोस्’ भन्दै न्यूयोर्क टाइम्सले लुम्बिनीबारे संक्षिप्त परिचय समेत राखेको छ । त्यसमा लेखिएको छ( हजारौं वर्ष पहिले मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा बुद्ध सिद्धार्थ गौतमलाई जन्म दिएकी थिइन् । त्यतिबेलाका पुरातन भग्नावशेष र समकालीन बौद्ध केन्द्रहरुले भरिएको तीर्थस्थल भएको छ लुम्बिनी । विनाशकारी… पुरा पढौ