समाचार

ड्रोनको प्रयोगगरी बाघकाे खाेजी र नियन्त्रण

कञ्चनपुर दोधारा चाँदनी नगरपालिका२ की २३ वर्षीया हिरा शाहको बिहीबार बाघको आक्रमणबाट मृत्यु भएकाे छ । दोधारा कलाशा टोलमा उखु बारीमा घाँस काट्दै गर्दा बाघले आक्रमण गर्दा घट्ना स्थलमै शाहको मृत्यु भएको थियो । बाघको आक्रमणबाट एक जनाको ज्यान गएपछि शुक्लाफाँट राष्ट्रिय निकुञ्जले शाहलाइृ आक्रमण गर्ने बाघ नियन्त्रणमा लिने योजना बनायो । बाघ नियन्त्रण त गर्ने तर बाघ कहाँ छ भन्ने पत्ता लगाउन के गर्ने भन्ने विषयमा निर्णय लिने क्रममा ड्रोनको प्रयोग गर्ने निर्णयमा निकुञ्ज पुग्याे । यसरी बाघ नियन्त्रणमा… पुरा पढौ

पर्यटन प्रवर्द्धनका गर्न डुलुवा टोली कास्की देखि कन्याकुमारी यात्रामा

पोखरा : भारतका विभिन्न सहरमा पर्यटन प्रवर्द्धन गर्न डुलुवा टोली बिहीबार पोखरा (कास्की) बाट कन्याकुमारी सम्मको यात्रामा निस्केका छन् । पोखराका पर्यटन व्यवसायीको टोली पोखरा, रक्सौल, पटना, कोलकाता, चेन्नेई, रामेश्वरम, कन्याकुमारी, गोवा, मुम्बई, अहमदाबाद, जयपुर दिल्ली लगायतका विभिन्न सहरमा पर्यटन प्रवर्द्धन गर्ने गरी यात्रामा हिडेको डुलुवा टोलीका टिम लिडर योगेश भट्टराईले बताए । १९ जना सहभागी टोलीले भारतको विभिन्न सहरमा पुगेर पोखरा  र नेपालको पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिँदै नेपाल भ्रमणकालागि आमन्त्रण गर्ने कार्यक्रम रहेको टोलीका संयोजक भट्टराईले बताए । पहिलो देश… पुरा पढौ

बर्दिया राष्ट्रिय निकुञ्जमा प्रिन्स ह्यारीलाई बाघ अनुगमन बारे जानकारी गराउँदाको स्मरणीय क्षण

तराई क्षेत्रको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्ज हो । यही बर्दिया राष्ट्रिय निकुञ्जले विगतमा विश्वकै चर्चित व्यक्तिहरूलाई स्वागत गरेको छ । विशेष गरेर बाघ, गैँडा, गोही लगायत दुर्लभ वन्यजन्तुको प्रत्यक्ष अवलोकनकालागि आकर्षक गन्तव्य मानिने बर्दियामा सामान्य पर्यटक देखि बेलायती राजकुमार प्रिन्स ह्यारी, टाइटानिकका हिरो लगायत सम्म पुगेका छन् । यहाँ मैले बेलायतका राजकुमार प्रिन्स ह्यारी बर्दिया राष्ट्रिय निकुञ्ज आउँदा उहाँ संग बिताएका केही क्षणका बारेमा आफ्नो अनुभव सेयर गर्दै छु । मानव जीवनमा अध्ययन, सिकाई, नयाँ नयाँ प्रविधिको ज्ञान महत्त्वपूर्ण… पुरा पढौ

लाटोकोसेरो संरक्षणका लागि’संरक्षण दूत’ छनाैट

गण्डकी प्रदेशमा लाटोकोसेरो संरक्षणको लागि संरक्षण दूत छनौट भएका छन् । किसानको साथी लाटोकोसेरो संरक्षणकालागि पहिलो पटक संरक्षण दूत छनौट गरी संरक्षण अभियान सुरु हुन लागेको हो ।  यसकालािग ६ जना 'लाटोकोसेरो संरक्षण दूत' छनौट भएका छन्। यस क्षेत्रमा लाटोकोसेरो संरक्षणको लागि बुढा रुखहरूको संरक्षण, गुलेली प्रयोग गरी चरा मार्न रोक्ने, स्थानीय विद्यार्थी र समुदायमा संरक्षण शिविर सञ्चालन गर्ने, लाटोकोसेरो संरक्षणको लागि कृत्रिम गुँड वितरण, चोरी शिकारी नियन्त्रण गर्ने सरोकारवालाहरुको क्षमताको अभिवृद्धि कार्यको सहजीकरण गर्नका लागि संरक्षण दूतकाे छनौट गरिएको हो। लाटोकोसेरो… पुरा पढौ

जहाँ छैन बस्ती, त्यहाँ वातावरण बिगार्ने विकास किन ?

अन्नपूर्ण क्षेत्रको नियति : आम्दानीमा तीनै तहको नजर, संरक्षणमा कोही भएन अग्रसर पोखरा : अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने कास्कीको मादी गाउँपालिका ताङतिङमा डिलबहादुर गुरुङले ३० वर्ष भेडिगोठ सञ्चालन गरे। त्यहाँ प्रख्यात पर्यटकीय आकर्षण बनेका कोरी लगायतको क्षेत्रमा केही वर्षयता पानी सुक्दै गएको देखेका/भोगेका छन् उनले। हिउँदको समयमा पहिला प्रशस्त पानी पाइने क्षेत्र सुक्खा हुँदै गएको उनले बताए। पानी अभाव हुँदै गएपछि उनले भेडी गोठ बन्द गरेको ४ वर्ष भइसक्यो। भेडी गोठ छाडेपछि ६७ वर्षीय गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ पदयात्रा मार्गको… पुरा पढौ

मन्त्रीबाटै असुरक्षित ! पत्रकार सुवेदीलाई कुट्नुपर्ने अभिव्यक्ति दिएका मन्त्री मनाङेलाई कारवाही गर

पत्रकार कुट्नु पर्ने अभिव्यक्ति दिएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई कारवाही गर्न पत्रकार महासंघ र पत्रकार सम्बद्ध संघसंस्थाहरुले माग गरेका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, पत्रकार महासंघ कास्की शाखा, प्रेस युनियन गण्डकी, प्रेस चौतारी कास्की, प्रेस सेन्टर कास्की लगायत विभिन्न पत्रकार संगठनहरुले मन्त्री गुरुङलाई कारवाही गर्नु पर्ने माग गरेका हुन् । मन्त्री गुरुङले आइतबार अनलाइन खबरका गण्डकी ब्युरो प्रमुख अमृत सुवेदीको नामै किटेर मन्त्रीको कुर्सीमा बसेर कुटपिट गर्नुपर्ने अभिव्यक्ति दिएका थिए… पुरा पढौ

बँदेल मार्न थापेको धरापमा परेर गैँडा म¥यो : ४ जना पक्राउ

बँदेल मार्न थापेको विद्युतीय धरापमा परी एउटा गैँडा मरेको छ । चितवनमा विद्युतीय धरापमा परेर गैँडा मरेपछि विद्युतीय धराप थापेको आरोपमा ४ जना पक्राउ परेको छन् । स्थानीयले मकैबारीमा आउने गरेको बँदेल मार्न थापेको विद्युतीय पासोमा परेर १३ वर्षको पोथी गैँडा मरेको हो । विद्युतीय धरापमा परेर गैँडा मरेपछि त्यस कार्यमा सलग्न भएकाे आरोपमा भरतपुर महानगरपालिका २६ का स्थानीयलाई पक्राउ गर्रिएको चितवन राष्ट्रिय निकुञ्जका अधिकारीले बताएका छन् । सुरुमा गैँडा प्राकृतिक कारणले् मरेको जस्तो देखिए पनि शव परीक्षणका क्रममा धरापमा… पुरा पढौ

बिजुली बेचेर झण्डै १७ अर्ब आम्दानी

विद्युत बिक्री भएर गत आर्थिक र्वा २०८०÷०८१ मा १६ अर्ब ९३ करोड रुपैयाँ आम्दानी भएको छ । छिमेकी देश भारतका विद्युत निर्यात भएको हो । नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत भारतमा निर्यात गरी झण्डै १७ अर्ब रुपैयाँ आम्दानी गरेको हो । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको बिद्युत भारतीय उर्जा एक्सचेन्जको डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र मध्यकालीन विद्युत सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम… पुरा पढौ

पंक्षी – किसानका मित्र कि शत्रु ?

पंक्षी जन्तु जगतमा पर्ने, प्वाँख, चुच्चो र पखेटा भएका प्राणीको समुह हो । मानव जातिसँग निकटतम सम्बन्ध भएका यी प्राणी किसानका चाहिँ मित्र रैछन् कि शत्रु ? यो लेख पढेपछि निर्णय गर्ने जिम्मा तपाईंहरूको है । पंक्षीहरू जहाँ वर्षैभरि प्रशस्त खानेकुराको जोहो हुन्छ र बचेरा कोरल्न उपयुक्त स्थान हुन्छ, त्यस्ता क्षेत्रहरूमा बढी बसोबास गर्ने गर्छन् । खेतबारीमा वर्षैभरि बिउ, फल, फूल, अन्न तथा हरिया बोटविरुवा उपलब्ध हुने हुँदा धेरैजसो पंक्षीहरू खेतबारीका ओरपर बस्न रुचाउँछन् । त्यसकारण पंक्षी र किसानको गहिरो… पुरा पढौ

प्राविधिक टोली सहित सवार सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले उब्जाएका प्रश्न

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले चिन्ता बढाएको छ । जहाज उडान भर्नु अघि उडान भर्न योग्य छ कि छैन  भन्ने अध्ययन गर्ने विज्ञ टोली सहित सवार जहाज यस्तो अवस्थामा दुर्घटनामा पर्नुले नेपालको हवाई यात्रा कति सुरक्षित छ भन्ने नयाँ बहस र चिन्ता थपिएको छ । पोखरामा विमान दुर्घटना भएको डेढ वर्ष नबित्दै भएको अर्को दुःखद घटनाले थप चिन्ता थपिएको हो ।  यो घट्नाले नेपालको हवाई सुरक्षाको विषयमा अन्तर्राष्ट्रिय समुदायले कसरी मूल्याङ्कन गर्ने हो भन्ने अर्को… पुरा पढौ