बिहानै मोबाइल बज्यो। इलाका संरक्षण कार्यालय ल्वाङका कर्मचारी साथी शिव देवकोटा रहेछन्, जसको घर लुम्लेमा पर्थ्यो। ‘फेसबुकमा सर्पको फोटो पठाएको छु, हेर्नुस् त,’ उनले भने। झटपट हेरेँ, अनि सोधेँ ‘कहाँ भेटियो ?’ उनले भने, ‘राजगोमन होइन र ? जलजलामा करिब एक हप्ताबाट बसिराखेको छ रे।’ मैलै ‘सर्प राजगोमन हो, कस्तो घाइते जस्तो देखिन्छ’ भनेँ। उनले दिएको जानकारी संरक्षण क्षेत्र व्यवस्थापन समिति लुम्लेका सदस्य चूडामणि देवकोटालाई दिएर ‘अवस्था बुझ्नुस्’ भने। फोन आयो –‘यहाँ घरको आँगनमा घाम ताप्न निस्कन्छ दिउँसो दिउँसो। उद्धार…
पुरा पढौ