ब्लग

यो गिद्धले कहिल्यै पनि भनेको मान्ने भएन !

'यो गिद्धले कहिल्यै पनि भनेको मान्ने भएन l' उपरोक्त वाक्यमा प्रयोग भएको ‘गिद्ध’ शब्दले प्रकृतिका कुचीकार र  मांसाहारी चरालाई होइन, सधैँ मलाई इङ्गित गर्दथ्यो । त्यो मेरो हजुरबुवा (म उहाँलाई बा भन्छु) को थेगो हो l त्यो ‘गिद्धे’ शब्दको  हप्काइ खाएरै मेरो बाल्यकाल रामपुर, पाल्पामा बित्यो। कुरा के भने, म सानैदेखि अलि चञ्चल  र चकचके स्वभावको थिएँ । घरबाट भागेर बल खेल्ने , काली गण्डकीमा पौडिने, जङ्गलतिर गई अमारो, अमला, आँप खाने, घरकै बगैँचाको लिची, अम्बा, भूइँकटहर आदि चोरी साथीहरूसँग… पुरा पढौ

अर्घाखाँचीको एउटा त्यस्तो भीर जसको उचाइमा पुग्दा गिद्धसँग माया बस्यो

घेराभीरदेखि करिब दुई घन्टाको पैदल दुरीमा मेरो घर छ । भुमिकास्थान नगरपालिका-३, धारापानी, अर्घाखाँची l सानो छँदा भारतीय सेनाबाट अवकाशप्राप्त हजुरबुवाहरू पेन्सन लिन गुल्मी जिल्लाको सदरमुकाम तम्घास जाँदा–आउँदाको यात्रा स्मरणमा ‘घेराभीर’ को नाम कयौं पटक कयौं प्रसंगमा सुनिन्थ्यो। कोजाग्रत पूर्णिमाको मेलामा अर्घा जानेक्रममा अर्घाको मैदानबाट उत्तरमा देखिने सुन्दर र शानसँग उभिएको विशाल कालो चट्टानी पहाडसँग आँखा एकटकले जुधिरहन्थे। सिनोमा लुछाचुँडी गरिरहेका गिद्धहरू देखाउँदै हजुरबुवा भन्नुहुन्थ्यो यिनीहरू घेराभीरमा बस्छन् र त्यही बाट आएका हुन। घेरा लेकलाई घेराभीर पनि भनिन्छ । अहिले… पुरा पढौ

एकातिरको रोग अर्कोतिरको उपचार

पोखरा : लकडाउनका बेला देब्रे पैतालामा च्वास्स च्वास्स दुख्न थाल्यो । सञ्चो होलाजस्तो लाग्यो तर भएन । बरु कुर्कुच्चो झन् झन् सुनिन थाल्यो । पीडा बढ्दै गएपछि असारको १२ गते पोखरास्थित मेट्रोसिटी हस्पिटलमा डा. भरतबहादुर खत्रीलाई देखाएँ । उनले गर्नुपर्ने परीक्षण गरे । एक्सरे रिपोर्ट हेरेपछि ७ दिनको औषधि लेखिदिए । अहँ सन्चो भएन। फेरि उनलाई भेटें । सिटीस्क्यान गर्न लगाए । खुट्टाको गर्नुपर्ने सिटिस्क्यान धन्नै टाउकोको गरेका थिए l  सिटिस्क्यान समेत अन्य परीक्षणहरू पनि भए । कुर्कुच्चोमा पानी छ… पुरा पढौ

७० वर्ष अघिको त्यो अग्निकाण्ड

नयाँ वर्ष २०७८ धूमधामले मनाइ रहँदा ७० वर्ष अगाडिको नयाँ वर्षको सम्झना गर्न मन लाग्यो । अधिकांश नेवारहरू जो भक्तपुरबाट पोखरा आएका थिए ती घरहरूमा बिस्केट जात्राको खुसीयालीको तयारीमा रोटी पोल्ने र घर सफा गर्ने कार्य हुँदै थियो। विन्ध्यवासिनी मन्दिरमा चैत र असोजमा नियमित पूजा गर्ने गरिन्थ्यो । २००६ को चैतमा पनि पण्डितहरूले नियमित पूजा गर्ने तैयारी गर्दै थिए । चैत २९ गते वैशाख कृष्ण नवमी तिथि मंगलबारको साइतमा एकातर्फ विन्ध्यवासिनी देवीको पूजा अर्कोतर्फ महादेवको हवनसहित रुद्री पूजाको शुभारम्भ भयो… पुरा पढौ

यस कारण मलाई मन पर्ने चरा गिद्ध

नेपाली युवा पछिल्लाे समयमा चरा हेर्ने, चराकाे तस्बिर खिच्न तर्फ आकर्षित हुँदै गएका छन् । युवाहरु फरक फरक चराकाे तस्बिर खिच्न रुचाउँछन् । काेही युवा भने आफूलाई मनपर्ने कुनै चरा हेर्न टाढा टाढासम्म पुग्छन् । मान्छेलाई आ-आफ्नै कारणले फरक फरक चरा मन पर्छ । सबै मान्छेलाई एउटै चरा मन पर्ने कुरै भएन । विदेशी पर्यटक पनि नेपालमा चरा हेर्न आउँछन् । युराेप, अमेरिकन पर्यटक चरा हेर्न बढी रुचाउँछन् । पछिल्लाे समयमा चिनियाँ पर्यटक पनि चराकाे तस्बिर खिच्न मात्र पनि नेपालमा… पुरा पढौ

प्लास्टिकको बिगबिगी

गत हप्ता घरायसी काम विशेषले काठमाडौं जानु पर्‍यो। बिहानै पोखरादेखि काठमाडाैँको माइक्रो बस चढेँ। एक बोतल पानी किनेँ, अरू यात्रुहरूले जस्तै। तनहुँ जिल्लाको जामुनेमा बस रोकियो यात्रुहरूले चाउचाउ, कुरकुरे, पानी चकलेट इत्यादि किनेर झोलामा हाले। म माइक्रो बसको बीच भागको झ्याल नजिक बसिरहेको थिएँ। बस डुम्रे कटेर आँबुखैरेनी जाँदै थियो एकजना अधबैंसे युवाले रित्तिएको पानीको बोतल र चाउचाउको खोल बाटोमा मिल्काए, मैले नदेखे जस्तो गरेँ। चुपचाप बसेँ। मेरा लागि यो नयाँ विषय थिएन र हामी नेपाली यस्तैमा बानी परेका छाैँ।… पुरा पढौ

दरबार गुमाएकी रानीको नालीबेली

बिहानै मोबाइल बज्यो। इलाका संरक्षण कार्यालय ल्वाङका कर्मचारी साथी शिव देवकोटा रहेछन्,  जसको घर लुम्लेमा पर्थ्यो। ‘फेसबुकमा सर्पको फोटो पठाएको छु, हेर्नुस् त,’ उनले भने। झटपट हेरेँ, अनि सोधेँ ‘कहाँ भेटियो ?’ उनले भने, ‘राजगोमन होइन र ? जलजलामा करिब एक हप्ताबाट बसिराखेको छ रे।’ मैलै ‘सर्प राजगोमन हो, कस्तो घाइते जस्तो देखिन्छ’ भनेँ।  उनले दिएको जानकारी संरक्षण क्षेत्र व्यवस्थापन समिति लुम्लेका सदस्य चूडामणि देवकोटालाई दिएर ‘अवस्था बुझ्नुस्’ भने। फोन आयो –‘यहाँ घरको आँगनमा घाम ताप्न निस्कन्छ दिउँसो दिउँसो। उद्धार… पुरा पढौ

फेवाकाे पानी घट्दा मनै चसक्कै हुन्छ

फेवाताल र वरपरका दलदल सिम क्षेत्र यहाँका रैथाने पानी चराको घर त हो नै हिउँदमा साइबेरिया देखि जाडो छल्न आउने विभिन्न प्रजातिका चराको पनि घर हो । रैथाने माछा देखि आयातित माछा, भ्यागुता, जलमा र थलमा बस्ने विभिन्न प्रजातिका जीव, वनस्पतिको पनि फेवा र सिम क्षेत्र घर हो । मान्छेको पनि घर हो फेवा । फेवाताल किनारमा पुस्तौँ देखि बस्दै तालका माछा मारेर जीवन चलाउने जलारी समुदायको फेवा घर जस्तै हो । बाँध मर्मत गर्न बाँध खोल्दा तालको पानीको सतह… पुरा पढौ