
गिद्धको बारेमा सुने पनि, टाढाबाट देखे पनि, नजिकबाट अवलोकन गर्ने मौका पाइएला भन्ने उनले कहिल्यै सोचेका थिएनन्। तर पाल्पाको रामपुर पुग्ने बित्तिकै, उनको मनमा प्रकृतिप्रतिको झन् गहिरो आकर्षण पैदा भयो। रामपुर क्षेत्रमा विश्वकै दुर्लभ डङ्गर गिद्धलाई बिना दूरबिन, आँखै अगाडि देख्दा उनी दङ्ग भए। त्यसमाथि, माउ गिद्धले बचेरोलाई आहार खुवाएको दुर्लभ दृश्य अवलोकन गर्नु अझै विशेष अनुभव रह्यो।
गिद्ध अवलोकन टावरबाट झर्दा, पोखरा हेम्जाका नागरिक वैज्ञानिक तथा लाटोकोसेरो संरक्षण दूत केशव सापकोटा एकदमै उत्साहित थिए। सात दिने संरक्षण भ्रमणमा सहभागी भएका गण्डकी प्रदेशका ६ जना लाटोकोसेरो संरक्षण दूतहरू र अन्य सक्रिय संरक्षणकर्मीहरूका लागि यो भ्रमणले नयाँ ऊर्जा थपेको थियो। स्याङ्जाका संरक्षण दूत बालकुमार गुरुङ भन्छन्, यो भ्रमणले हाम्रो कार्यमा अझ प्रेरणा र जानकारी थपेको छ।

नवलपुरमा समुदायमा आधारित चोरी–सिकारी नियन्त्रण इकाई सँग छलफल गरेपछि पोखराका सुदर्शन पराजुली झनै उत्साहित देखिन्थे। युवाहरू स्वयंसेवक भएर वन्यजन्तुको चोरीसिकारी नियन्त्रणमा लागिरहेको देख्नु ठूलो सिकाइ हो उनि भन्छन् । पाल्पाको मदनपोखरामा पञ्चायत कालदेखिको विकास र स्थानीय समूहहरूको अग्रसरता देख्दा पनि उनी अझै उत्साहित भए।
म्याग्दीका सहभागी आयुष ढुङ्गाना भन्छन्, समुदायमा आधारित पर्यटन, मध्यवर्ती क्षेत्रको वन तथा वन्यजन्तु संरक्षणबारे बुझने अवर मिल्यो। पहिले सामान्य जानकारी भए पनि यस पटक गहिरिएर बुझ्ने मौका मिल्यो उनले सुनाए ।
स्याङ्जाकी दीपा गुरुङ वन सफारीका क्रममा देखिएका गैँडा, चित्तल र गिद्ध रेस्टुरेन्टबाट निकै प्रभावित थिइन्। अर्की संरक्षण दूत ज्योति शर्माले यसपटकको भ्रमण वातावरणीय, सामाजिक, धार्मिक र ऐतिहासिक दृष्टिकोणले निकै अनुभवयोग्य रहेको सुनाइन् ।
गण्डकी प्रदेशमा सञ्चालित लाटोकोसेरो संरक्षण परियोजनाअन्तर्गत हाल ६ जना स्वयंसेवक लाटोकोसेरो संरक्षण दूतहरू कार्यरत छन्। उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको ७ दिने भ्रमण पाल्पा, अर्घाखाँची, कपिलवस्तु, नवलपुर, नवलपरासी लगायत ११ जिल्लामा भएको थियो। भ्रमणका सहजकर्ता सुमन सापकोटा, संगम पौडेल र अनु पौडेल थिए।

यस अवधिमा सहभागीहरूले सामुदायिक वन, धार्मिक वन, मध्यवर्ती क्षेत्र, महत्त्वपूर्ण चरा क्षेत्र, राष्ट्रिय निकुञ्ज, सङ्ग्रहालय, वन्यजन्तु प्रजनन केन्द्र, खोरिया फडानी, लुम्बिनी लगायतका स्थानको अवलोकन गरे। साथै, सम्बन्धित स्थानीय समुदाय र संरक्षणकर्मीहरूसँग छलफलसमेत गरिएको थियो।
प्रकृतिका साथीहरू संस्थाका कार्यक्रम संयोजक सुमन सापकोटाका अनुसार, यो भ्रमणको मुख्य उद्देश्य संरक्षण दूतहरूको कार्यक्षमता अभिवृद्धि गर्नु र लाटोकोसेरो संरक्षणमा तिव्रता दिनु हो। उक्त कार्यक्रमलाई व्हिटली फन्ड फर नेचरले सहयोग गरेको थियो।





हिमालपारिका जिल्ला मनाङ र मुस्ताङ रेन स्याडो जोन अर्थात् न्यूनवर्षा हुने जिल्लामा पर्छन् । यसैले यहाँका घरहरूका छत माटोले…
हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…