
पोखरा : देशभर २२ हजार युवालाई रोजगार दिएको भाटभनेटीमाथि बाराम्बार आन्दोलन र असन्तुष्टिको निशाना बन्नु दुःखद भएको भन्दै शैक्षिक तथा व्यावसायिक उन्नयन सञ्जाल (टेकानेट) ले विज्ञप्ति जारी गरी ध्यानआकर्षण भएको जनाएको छ ।
जेन जी आन्दोलनको क्रममा भदौ २४ गते अवसरवादी, अराजक समूह घुसपैठ गरी व्यवसायिक प्रतिष्ठान भाटभटेनी सहित पर्यटक बसीररहेका होटल, ररेष्टुरेन्ट लगायतमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए । नेपालकै ठूला खुद्रा व्यावसायिक चेन भाटभटेनी सुपरमार्केटमा गरिएको तोडफोड र त्यसबाट भएको जनधनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको टेकानेटका अध्यक्ष डा हुम गरूङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
हाल बेरोजगारी र पुँजी पलायन बढ्दो अवस्थामा भाटभटेनीले देशभर २२ हजार युवालाई रोजगारी दिनुका साथै स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएको छ। भाटभटेनीका संस्थापक मीनबहादुर गुरुङले गुरुङ समुदाय मात्र नभई सम्पूर्ण नेपाली समाजका लागि उल्लेख्य योगदान गर्दै आएका छन् । उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ७२ शय्याको आकस्मिक कक्ष निर्माणदेखि ग्रामीण भेगका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन्।
२७ वटा शाखामार्फत आधुनिक सुपरमार्केटको अवधारणा नेपालभर विस्तार गरेको भाटभटेनीले निरन्तर सेवा दिँदै आएको पनि स्मरण गरिएको छ। टेकानेटका अध्यक्ष डा हुम गरूङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संसद्, सिंहदरबार, सर्वोच्च अदालत, सञ्चारगृहदेखि भाटभटेनीसम्म सार्वजनिक सम्पत्तिमाथि भएको विनाशकारी तोडफोडको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही होस् भन्ने हाम्रो जोडदार माग छ।’
गत २० वर्षदेखि गुरुङ युवाको शैक्षिक तथा पेशागत मार्गदर्शन गर्दै आएको टेकेनेटले भविष्यमा पनि यस्ता घटनाविरुद्ध सशक्त आवाज उठाइरहने जनाएको छ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…
नेपालमा तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि भएको छ । पोखराका ऋषि बरालले तिब्बती खैरो भालु (Brown Bear) को…