
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने काजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधाना गरी रातभर जाग्राम बसेर मनाइँदै छ । दसैं आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएर कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसेपछि समापन हुन्छ ।
कोजाग्रत पूर्णिमाको दिन पोखराको फेवातालको बिचमा रहेको तालबाराही मन्दिरमा पूजा गर्नेको भिड नै लाग्दछ । फेवाताल किनार बाराहीघाटमा प्रत्येक वर्ष पूर्णिमाको दिन मेला लाग्ने गर्दछ । मेला लाग्ने भएपछि व्यवसायीहरु विभिन्न सामाग्री लिएर व्यापार गर्न पुग्ने गर्दछन् । कोभिडको कारण यस वर्ष भने मेलामा सहभागी कम भएको फेवा डुंगा व्यवसायी समितिका सहसचिव रुद्ध्र भुजेलले बताए ।
फेवातालमा डुंगा सयर गर्ने, ताल वरपर टहलीनेको यस वर्ष पनि सामान्य अवस्थाको जस्तो नभए पनि बाक्लो उपस्थिती थियो । कोभिड अघि फेवाता किनारमा रोटे पिङ र लठ्ठे पिङ राखिन्थ्यो । कोरोनापछि भने यहाँ पिङ राख्न छाडीएको छ ।
तस्बिर : दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा फेवाताल किनारमा लागेको मेलामा सहभागी हुँदै र मन्दिरमा पूजा गर्न जाँदै सहभागी ।



२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…