संस्कृति

उहिले पुर्खाले वातावरण प्रति सचेत भएर पोखरी खनाए, अहिलेकाले मासे

पानी सबै सजीव प्राणीकालागि जीवन हो । पानी बिना सजीव प्राणीको कल्पना पनि गर्न सकिदैन् । यही महत्त्व बुझेका २२ से २४ राज्य काल र त्यस भन्दा अघिका पुर्खाहरूले पर्यावरण, कृषि र जैविक विविधताकाे समेत ध्यान दिएर पोखरी खनाएको पाइन्छ । पोखरी निर्माण मात्र होइन पोखरीको छेउमै वर, पिपल रोपेर चौतारी बनाएको हामीले देख्दै आएका छौं । प्रकृति पूजक विभिन्न धर्म संस्कृति मान्नेहरूले प्रकृति, वातावरण, जैविक विविधतालाई समेत ध्यानमा राखेर पोखरी, चौतारा निर्माण गरेको पाइन्छ । सनातन धर्म मान्नेहरूले यो अभ्यास बढी गरेको… पुरा पढौ

असारे रोपाइँ महोत्सवमा हिलो खेलेर रमाए पर्यटक

पोखरामा भएको असारे रोपाइँ महोत्सवमा पर्यटक हिलो खेलेर रमाएका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखराको फेवाफाँटमा भएको रोपाइँ महोत्सवमा २० देशका २ सय ५० भन्दा बढी विदेशी पर्यटकको सहभागिता रहेको अायोजना पोखरा पर्यटन परिषद् जनाएको छ ।  रोपाइँ महोत्सवमा पर्यटकहरूले हलो जोत्ने, साउने देखि हिलोले छ्यापाछ्याप गरेर रमाएका छन् । महोत्सवमा सहभागी पर्यटकहरूले हिलोमा भएको भलिबल प्रतियोगिता, डोरितान्ने प्रतियोगिता, दौड लगायत प्रतियोगितामा सहभागी भएर विभिन्न पुरस्कार पनि जिते । परम्परागत रुपमा गोरुको प्रयोग गरेर गरिएको कृषि पहिलो पटक देख्दा नयाँ अनुभव लिएको… पुरा पढौ

ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको दोश्रो संस्करण भदौ दोश्रो साता हुने

पोखरामा भदौ दोश्रो साता ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा आगामी भदौ १४ र १५ गते खुल्ला ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । दुई दिनसम्म हुने कार्यक्रम पोखरा सभागृहमा हुने जनाइएको छ । ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक हर्कराज गुरुङ (भाई)ले जानकारी दिए ।… पुरा पढौ

सुरज सरको सम्झनामा स्मृति सभा

पोखरा : अन्नपूर्ण माध्यामिक विद्यालय सिक्लेसका पूर्व प्रधानध्यापक सुरज कुमार गुरुङको सम्झनामा मंगलबार स्मृति सभा गरिएको छ । २०७९ पुस १७ गते आफ्नै घरमा आगलागीमा परि मृत्यु भएका गुरुङको स्मृतिमा स्मृति सभा गरिएको हो । कार्यक्रममा मादी गाउँपालिका १ का संस्थापक वडा अध्यक्ष समेत रहेका अन्नपूर्ण माविका पूर्व प्रधानध्यापक गुरुङले सामाजिक क्षेत्र र शिक्षा क्षेत्रमा पुर्‍याउनु भएको योगदानका विषयमा चर्चा गरिएको थियो । गुरुङ लालीगुराँस छात्रवृत्ति कोषका संस्थापक हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर गुरुङको अध्यक्षतामा भएको स्मृति सभामा प्रधानध्यापक शंकर… पुरा पढौ

मुस्ताङको कला बारेमा अन्तरक्रिया

पोखरा : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परम्परागत चित्रकला विभागको आयोजनामा बिहीबार मुस्ताङका कलाका बारेमा अन्तरक्रिया भएको छ । मुस्ताङका कलाकार छिरिङ फोन्जो गुरुङले पावरप्वाइन्ट प्रिजेन्टेसनमार्फत त्यहाँका गुम्बा, चैत्य, गुफादेखि घर–सम्पदामा रहेका कलाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै कलाकार छिरिङले नेपालको हिमाली भेगका कलालाई खोज–अनुसन्धान र प्रवर्धन गर्न जरुरी रहेको उल्लेख गर्दै कलामार्फत पर्यटन विकास गर्न राज्यले ध्यान दिनुपर्ने बताए । नेपालको हिमाली क्षेत्रमा छुट्टै विशेषता बोकेका विभिन्न चाडपर्वहरूका बारेमा चर्चा गर्दै मौलिक कला संस्कृतिको जगेर्ना गर्न युवापुस्ता सक्रिय हुनुपर्ने… पुरा पढौ

पोखरामा 1974 AD व्याण्डले लाइभ कन्सर्ट गर्दै

पोखरा : नेपाली रक ब्याण्ड 1974 AD व्याण्डले पोखरामा लाइभ कन्सर्ट गर्ने भएको छ ।  पोखराको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा मंसिर २३ गते लाइभ कन्सर्ट गर्ने भएको हो । कन्सर्टमा नयाँ तथा पुराना गीत सुनाउँदै व्याण्डले चिसो मौसममा संगितको माध्यमबाट न्यानो माहोल तयार गर्ने भएको छ ।   पोखरामा ज्ञढठद्ध ब्म् को लाइभ कन्सर्ट हुने भएपछि फ्यान उत्साहित भएछन् । व्याण्डमा एड्रियन प्रधान, सञ्जय श्रेष्ठ, फिरोज स्याङदेन, निराकार याक्यथुम्बा र मनोजकुमार केसी रहेका छन् । यो व्याण्ड १९९० को प्रारम्भमा… पुरा पढौ

गण्डकी प्रज्ञा उत्सव : साहित्य कला क्षेत्रका पाँच जना सम्मानित

गण्डकी प्रज्ञा सम्मानबाट साहित्य, संगीत, कला र संस्कृति क्षेत्रका पाँच जना व्यक्ति सम्मानित भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित गण्डकी प्रज्ञा उत्सवको अन्तिम दिन शनिबार साहित्य, संगीत, कला र संस्कृतिको क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान समर्पण गरिएको हो । जस अनुसार गण्डकी प्रज्ञा संगीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका यादव चन्द्र भुर्तेल, गण्डकी प्रज्ञा नृत्य सम्मानबाट म्याग्दीकी धनकुमारी थापा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट नवलपुरका गोविन्द विनोदी, गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट… पुरा पढौ

सँस्कृतिकर्मी मेनकाजी गुरुङ स्मृतिकोषमा ३५ लाख संकलन

वरिष्ठ लोक संस्कृतिकर्मी, शिक्षासेवी, समाजसेवी, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ स्मृतिकोषमा ३५ लाख २६ हजार ३४३ रुपैया संकलन भएको छ।हिमाली साँस्कृतिक परिवारले पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। वरिष्ठ सस्कृतिकर्मी गुरुङको गतवर्ष कोरोना महामारीका कारण गुमाउनुपरेकाले हिमाली साँस्कृतिक परिवारले संस्थाका मानार्थ सदस्य एवम सल्लाहकार रुद्रकुमारी गुरुङ मैनाको संयोजकत्वमा गठित स्मृतिकोष समितिले उक्त रकम संकलन गरेको हो। स्वर्गीय गुरुङको योगदानको चिरकाल स्मरणका अक्षयकोष स्थापित गरी वरिष्ठ लोकसँस्कृतिकर्मीहरुलाई सम्मान, सकृय कलाकारहरुलाई पुरस्कृत र लोक सँस्कृति संरक्षण एवम विकास गर्ने उद्धेश्यले… पुरा पढौ

मरिशस फुटबल टिमको सम्मानमा रात्री भोज

नेपालमा मैत्रीपूर्ण खेलका लागि रहेको अफ्रिकी मुलुक मरिशसको राष्ट्रिय फुटबल टिमको सम्मानमा बुधबार रात्री भोजको आयोजना गरिएको थियो । नेपाल – मरिशस बिजनेश काउन्सिलले नेपालका लागि मरिशसका महाबाणिज्यदूत श्री गणेश कार्कीको प्रमुख आतिथ्यतामा मैत्रीपूर्ण खेलका दौरान नेपालमा रहेको मरिशसको राष्ट्रिय फुटबल टिमलाई रात्रीभोजका साथै विविध कार्यले सम्मान गरेको हो । सो क्रममा बोल्दै महाबाणिज्यदूत कार्कीले नेपालमा मरिशसको फुटबल टिमलाई स्वागत तथा सम्मान गर्न पाउँदा निकै हर्ष महशुस भएको भन्दै यस कार्यले नेपाल र मरिशसको मैत्रीपूर्ण सम्वन्ध कायम गर्नुका साथै दुई… पुरा पढौ

थारु समुदायको नयाँ वर्ष : माघी पर्व मनाउँदै 

थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधाम साथ मनाउँदै छन् । नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रम गरेर माघी पर्व मनाउन सुरु भइसकेको छ । स्थान, दान एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् ।  सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । नयाँ वर्षको पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ ।  नवलपुरमा माघी पर्वको… पुरा पढौ