वैदिककालदेखि सुरु भएको नाग पूजा शुक्रबार देशभर नागको पूजा अर्चना गरी नागपञ्चमी मनाइँएको छ । नागदह, कुण्ड, मन्दिरमा रहेका नाग, गाउँ र परिवारले बनाएका नागस्थानमा पूजाआजा गरी गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगाउतका परिकार प्रसादको रुपमा चढाएर नागपञ्चमी मनाइँएको हो । नागको पूजा अर्चना गरेपछि घरका मूलढोकामा नागको चित्र टाँसेर नागपञ्चमी मनाइँन्छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइँन्छ । यसरी नागपञ्चमी मनाइँउदा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुको साथै अग्नि, मेघ र चट्याङको भयबाट…
पुरा पढौ