
हिमालपारीको जिल्ला उपल्लो मुस्ताङमा यार्तुङ पर्वको तयारी भइरहेको छ । वर्खा यामको बिलाइ र हिउँद यामको स्वागतकालागि मुस्ताङमा यार्तुङ पर्व मनाउन परम्परा छ । वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामेदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका विष्ट, गुरुङ र लोवा जानीले यो पर्व मनाउँदै आएका छन् ।
यो पर्व हिमाली जिल्ला मनाङ, मुस्ताङ र डोल्पा लगायत जिल्लामा मनाइने चलन छ । यार्तुङ तिब्बती भाषबाट उत्पति भएको शब्द हो । यार्तुङ पर्व हिमाली जिल्लाको सांस्कृतिक पर्व हो । बर्खा सकिएर हिउँद लाग्न थालेपछि हरेक वर्ष प्राकृतिक पिवद्, रोगब्याधी र अप्रिय घनटना नहोस भन्ने कामना सहित यो पर्व मनाउने चलन छ । यार्तुङमा खेतीबाली राम्रो होस भनेर लामाहरुले देवी देवताको पुजाआजा गर्छन । घोडचड कौशल देखाउने उत्सवको रुपमा लिइने यार्तुङ मा स्थानीय सेब्रु नाच, सांस्कृतिक कार्यक्रम आयोजना गर्ने चलन छ । यो पर्व सामाजिक सद्धभाव काम राख्नकालागि पनि महत्वपूर्ण रहदै आएको छ ।
यार्तुङ मनाएपछि खेतीबाली भित्रयाउने र लगाउन थाल्छन् । उवा, जौ, फापर बाली भित्रयाएपछि चिसो शुरु नहुँदै उपल्लो मस्ताङका बासिन्दा जाडो छल्न पोखरा, काठमाडौं, चितवन, बुटवल लगायत देशका विभिन्न सहरमा जाने गर्दछन् । फागुनमा गर्मी शुरु भएपछि जाडो छल्न बेसी झरेका मुस्ताङ्गीहरु भर फर्कन्छन् ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…