संस्कृति

सम्पन्नताकी देवीको पूजा आरधाना गरी यस वर्षको दसैं सकियाे

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने काजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधाना गरी रातभर जाग्राम बसेर मनाइँदै छ । दसैं आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएर कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसेपछि समापन हुन्छ । कोजाग्रत पूर्णिमाको दिन पोखराको फेवातालको बिचमा रहेको तालबाराही मन्दिरमा पूजा गर्नेको भिड नै लाग्दछ । फेवाताल किनार बाराहीघाटमा प्रत्येक वर्ष पूर्णिमाको दिन मेला लाग्ने गर्दछ । मेला लाग्ने भएपछि व्यवसायीहरु विभिन्न सामाग्री लिएर व्यापार गर्न पुग्ने गर्दछन् । कोभिडको कारण यस वर्ष भने… पुरा पढौ

दसैंमा पिङ

नेपालीकाे चाड दसैंमा पिङको धेरै नै महत्त्व छ । वर्षमा एकपटक जमिन छोड्नु पर्छ भन्ने मान्यताले पनि दसैंमा पिङ खेलेर रमाइलो गर्ने परम्परा चल्दै आएको छ । पिङ केटाकेटी मात्र होइन आमा, बुवा, हजुरआमा, हजुरबाले टीकोको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेलेर रमाइलो गर्ने चलन छ । दसैंमा पिङ मुख्यत दुई प्रकारका पाइन्छन् लिङ्गे र रोटे । लिङ्गे पिङ दुई तिर दुई दुईवटा बास गाडेर बिचमा बाँस तेसारेर लठ्ठो बाँधेर पिङ बनाइन्छ । पहिले पहिले बाबियाको लठ्ठो बुन्ने चलन… पुरा पढौ

दसैं : अमेरिकी राजदूत बेरीले लगाए टीका र जमरा

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले दसैं मनाएका छन् । महाराजगञ्जस्थित अमेरिकी दूतावासमा रेन्डीले दसैंको टीका लगाएका हुन् । आफूले टीका तथा जमरा ग्रहण गरेपछि उनले बालबालिका तथा अन्य व्यक्तिलाई पनि टीका लगाइदिएका छन् । आफूले टीका लगाएको र बालबालिका तथा अन्य व्यक्तिलाई पनि टीका लगाइदिएको तस्बिर राजदूत बेरीले समाजिक सञ्जालमा राखेका छन् ।आज देशभर नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैंको टीका बिहान १० बजेर २ मिनेटमा लगाउन सुरु गरेर मान्यजनबाट शीर्वादसहित टीका तथा जमरा लगाउन क्रम चली रहेको छ… पुरा पढौ

टीकाको साइत शुक्रबार १० बजेर २ मिनेटमा

नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको उत्तम साइत सार्वजनिक गर्दै असोज २९ गते शुक्रबार बिहान १० बजे र २ मिनेटमा परेको जनाएको छ । पञ्चांग निर्णायक समितिका अनुसार त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दर्गाभवानीको प्रसाद लगाउन सकिन्छ । बिहीबार मानवमी पर्व मनाइन्छ । वियजादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाको दिनदेखि पूजा आराधना गरिएकी देवीलाई विसर्जन गरिने साइत रहेको बताइएको छ । पुरा पढौ

वीरगञ्जमा दशैं मेलाको चहलपहल

दुई वर्षदेखि कोरोना महामारीको कारण प्रभावित भएको दशैं मेला वीरगञ्जमा भव्यताका साथ यसपालि मनाइँदै छ । वीरगञ्जमा यसपालिको चहलपहल र मेलाको धूमधडाका बढेको देखिएको छ । वीरगञ्जको घण्टाघरस्थित बिपी उद्यानमा रमाइलो दशैं मेला शुरू भइसकेको छ भने वीरगञ्जका शक्तिपीठहरू गहवामाई मन्दिर, अलखिया मन्दिर, गीता मन्दिर, महावीर मन्दिर, बिर्तामाई मन्दिर, काली मन्दिर, रानीघाटको कुमारी माई मन्दिर लगायतमा दर्शन गर्ने श्रद्धालुहरुको भीडभाड देखिएको छ । हिन्दूहरूको महान् चाडपर्वको रूपमा मनाइने दशैँ, तिहार र छठ पर्वको अवसरमा वीरगञ्जमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन… पुरा पढौ

दसैंमा चंगा उडाएर रमाए अमेरिकी राजदूत बेरी : सामाजिक सञ्जालबाट दिए दसैंकाे शुभकामना

नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले चंगा उडाएर दसैंमा रमाएका छन् । दसैंको सातौ दिन फूलपातीमा चंगा उडाएर दसैंको सुरुवात गरेका हुन् । सामाजिक सञ्जालमा चंगा उडाएको तस्बिर राखेर राजदूत ¥यान्डीले दसैं मनाएको बताएका छन् । उनले आप्नो साथीहरु र बच्चाहरु सँग मिलेर चंगा उडाएको उनले सामाजिक सञ्जालमा पाेष्ट गरेकाे तस्बिरमा देखिन्छ । दसै मनाउन उनले नेपाली तथा अमेरिकी सहकमीैहरु र उनका बच्चहरुलाई दूतावास बोलाएको सामाजिक सञ्जालमा लेखेका छन् । समाजिक सञ्जाल मार्फत उनले सबैलाई दसैंको धेरै शुभकामना पनि दिएका… पुरा पढौ

सप्तऋषिको पूजासँगै सकियो तीज

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । सप्तऋषिको पूजासँगै यस वर्सषकाे तीज पर्व सकिएकाे छ । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने परम्परा अनुसार पर्व मनाए । पाेखराकाे सेती नदी, कालीगण्डकी, वाग्मती, मनोहरालगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन… पुरा पढौ

दशैँ भित्र्याउन चथाः मनाउँदै नेवार समुदाय

गणेश चतुर्थीका अवसरमा आज नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामनासाथ आउँदो दशैँ भित्र्याउन चथाः गणेश र चन्द्रमाको पूजा गरी चथाःपर्व मनाउँदै छन् । भगवान् गणेशको जन्मदिन मानिएको चतुर्थीका दिन नेवार समुदायले बिहानै घरलाई चोख्याएर बेलुका पूजा गर्न चथाः गणेशको तस्वीरसहित पूजामा चाहिने सामग्री भित्र्याउने गर्छन् । गणेश चतुर्थीलाई नेवार समुदायले दशैँ भित्र्याउने चाडका रूपमा समेत लिने भएकाले यस दिनलाई दशैँको प्रारम्भ पर्वका रूपमा लिइन्छ । यस दिन विशेष गरी घरघरमा मासु भित्र्याउने चलन छ । नेवार समुदायमा चथाः… पुरा पढौ

पोखरामा यसरी मनाइयो तीज

तीजको दोस्रो दिन पोखरामा नेपालली हिन्दू महिलाहरुले व्रत वसी मन्दिरमा पुजा आजा गरी मनाएका छन् । कोभिड महामारी बावजुद पोखराका विभिन्न मन्दिरमा भगवान शिवको पूजा गर्न महिलाहरुको भिड लागेको छ । पोखराको फेवाताल किनार केदारेश्वर मन्दिरमा पूजा गर्ने र नाचगानमा पोखरेली दिदी बहिनी रमाएका छन् । पूजा आराधानाको साथै मन्दिर परिसरमा तिर्थालुहरुले नाचगान गरेर रमाएका हुन् । स्वास्थ्य मापदण्ड पालना गरी यसरी पोखरामा तीज मनाइयो । पाेखराकाे केदारेश्वर मन्दिरमा पूजा गरेर फर्कदै भक्तजन । पाेखराकाे केदारेश्वर मन्दिरमा पूजा गर्दै भक्तजन… पुरा पढौ

हरितालिका (तीज) सुरु : आज दर खाने भोली व्रत बसेर नाचगानमा रमाउने

पोखरा : हरितालिका (तीज) पर्व बुधबार देखि सुरु भएको छ । आज दर खाएर तीज मनाइँदै छ । दर खाने दिनसँगै चार दिन तीज पर्व नेपाली महिलाले मनाउँछन् । माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा अनुसार माइतीमा गएर दर खान यति बेला चेलीबेटीलाई हतारो छ । कोरोना सङ्क्रमण अझै नहराएको र झन् छिटो फैलने नयाँ भेरियन्टको भाइरस फैलिएकोले स्वास्थ्य सतर्कता अपनाएर चेलीबेटीले तीज मनाउनु पर्नेछ ।  तीजमा दिदी बहिनी, आमाहरूले वर्ष दिनभर आफूलाई परेको दुःख, पिर, मर्कालाई गीतका माध्यमबाट पोख्ने गर्दछन् ।… पुरा पढौ