
नेपालमा पहिलोपटक गठन गरिएको ‘लाटोकोसेरो क्लब’ले आफ्नो रचनात्मक सुरुवातसँगै वातावरण संरक्षणको सन्देश फैल्याउन सुरु गरेको छ । पोखरा–२५ स्थित हेमजा बोर्डिङ स्कुलमा क्लबको नेतृत्व र ‘प्रकृतिका साथीहरू’ संस्थाको सहकार्यमा आयोजित संरक्षण चित्रकला प्रतियोगिता र सरसफाइ अभियानले बिधार्थी माझ नयाँ ऊर्जा थपेको हो ।
कार्यक्रमबारे क्लब अध्यक्ष सलिन गौतम भन्छन्, “चित्रकला जस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई सिर्जनात्मक अभिव्यक्तिसँगै जैविक विविधता र वन्यजन्तु संरक्षणप्रतिको गहिरो चेतना प्रदान गर्छ।” बालमैत्री तरिकाबाट संरक्षण चेतना फैलाउन यस्ता गतिविधिहरू निकै प्रभावकारी हुने प्रकृतिका साथीहरू नेपालकी लाटोकोसेरो संरक्षण दूत दीपा गुरुङले बताइन् । यस्ता कार्यक्रमले भविष्यका उत्तरदायी नागरिक तयार पार्न सहयोग पुग्ने पनि उनले सुनाइन् ।

कार्यक्रममा क्लबका सल्लाहकार सरोज कुइकेलले विद्यार्थीको गहिरो भावनात्मक र बौद्धिक विकाससँग जोडेर गरिने चित्रकलाजस्ता सिर्जनात्मक कार्यक्रमले बालबालिकाको प्रतिभा उजागर गर्नुका साथै उनीहरूमा जैविक विविधता र वन्यजन्तु संरक्षणप्रतिको समझदारी गहिरो बनाउने बताए । लाटोकोसेरो क्लब र जुनियर रेडक्रस सर्कलको संयुक्त पहलमा विद्यालय परिसरदेखि विष्णुपादुका माईको थान, वडा कार्यालय हुँदै विद्यालयसम्म सरसफाइ कार्यक्रम समेत सञ्चालन गरिएको थियो। विद्यार्थीहरूले प्लेकार्ड, ब्यानर र बोरा बोकेर “हाम्रो भविष्य, हाम्रो वातावरण” र “प्रकृति जोगाऔँ, जीवन बचाऔँ” जस्ता नारासहित फोहोर सङ्कलन गरे।
विद्यालयका प्रधानाध्यापक तथा क्लब संरक्षक केशव शरण पौडेलले वातावरणीय चेतनाका यस्ता कार्यक्रमले बालबालिकाको नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। क्लबका सचिव रश्विन थापाका अनुसार क्लबले प्रत्येक महिना संरक्षणसँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। “आगामी तीन महिनाका लागि हाजिरी जवाफ, निबन्ध लेखन प्रतियोगिता लगायतका चेतनामूलक शैक्षिक गतिविधिहरूको तालिका तयार गरिएको पनि उनले बताए ।

कार्यक्रममा कक्षा २ देखि ९ सम्मका ३९४ विद्यार्थीले भाग लिएको चित्रकला प्रतियोगितामा सहभागीहरूले लाटोकोसेरोलाई केन्द्रमा राखी चित्रहरू तयार पारे।चित्र प्रतिस्पर्धामा प्राथमिक तहमा बुद्धि गुरुङ प्रथम, मेक्सन नेपाली द्वितीय र उत्कृष्ट भुजेल तृतीय भए । माध्यमिक तहमा निश्चल गौतमले प्रथम स्थान हासिल गर्दा रिद्धम नेपाली दोस्रो र रेजिना परियार तेस्रो स्थानमा रहे। विजेताहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरियो ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…