
पोखरा ः“सिङ्गो पृथ्वी र मानव स्वास्थ्यकालागि योग” भन्ने नाराका साथ विश्वभर योग दिवस मनाइएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा पनि योग दिवस मनाइएको छ । भारतीय दूतावासको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय योग दिवस योग अभ्यास गरेर शनिबार मनाइएको हो ।
पोखरा रङ्गशालाको फुटबल मैदानमा योग दिवस मनाउन ठूलो संख्यामा पोखरेली सहभागी भएका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा पर्यटन विकासमा योग पर्यटन पनि एक महत्त्वपूर्ण रहने बताए । पछिल्लो समय खानपान, व्यवहारले स्वास्थ्यमा असर गरिरहेको अवस्थामा योगले स्वास्थ्य रहन सहयोगी हुने पनि उनले सुनाए ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा सात सय क्षेत्र भन्दा बढी क्षेत्रमा योग अभ्यास हुँदै आएको बताए । महानगरपालिकाले क्यालेन्डरमै राखेर प्रत्येक वर्ष योग दिवस मनाउँदै आएको पनि उनले बताए । पोखरा प्राकृतिक रुपमा सुन्दर भएकोले पोखरा योगको माध्यमाबाट पर्यटन प्रवर्द्धन गर्न सकिने भारतीय राजदूत नवीन श्रीवास्तवले सुनाए । भारतीय पर्यटकको आगमन प्रत्येक वर्ष बढेको बताउँदै पोखरा र गण्डकी प्रदेशलाई योग संग जोड्न सके पर्यटकको आगमन थप बढ्ने विश्वास गरे । भारतीय पर्यटक आफ्नै सवारी साधन दिएर आउने क्रम बढेको पनि उनले बताए ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ को डिसेम्बर ११ का दिन पारित प्रस्ताव अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु भएको हो ।पर्यटकीय राजधानी पोखरामा पर्यटकहरू योग कालागि पनि आउने गर्दछन् । पोखराको फेवाताल किनार, विभिन्न होटेल, गाउँमा पुगेर प्राकृतिक वातावरणमा पर्यटकले योग अभ्यास गरिरहेका हुन्छन् । पछिल्लो समयमा पोखराको फेवाताल किनारमा पर्यटकले एक्रोबेटिक योगा गर्ने गर्दछन् ।



भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
पोखरा : जेन जी आन्दोलनको दोस्रो दिन देशभर तोडफोड, लुटपाट र आगजनी भए । प्रदर्शनकारीले राजधानी काठमाडौं सहरका प्राय…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…
पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले…
पोखरा : पशु उपचारमा प्रयोग गरिने भेटेरिनरी औषधीका कारण ९० को दशकमा दक्षिण एशिसामा ठूलो संख्यामा घटेका गिद्ध संरक्षण कार्यक्रम पछि स्थिर अवस्थामा आएको…