
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखरामा आइपुगेका छन् । काठमाडौंबाट पोखराको पुरानो विमानस्थलमा जहाजबाट ओर्लेका पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न पोखरेलीको भिड विमानस्थल परिसरमा लागेको थियो । विमानस्थलमा पूर्व राजा ज्ञानेन्द्रलाई रातो कार्पेट ओछ्याएर स्वागत गरिएको थियो ।
स्वगत गर्न पुगेका स्थानीयले राजा आउँ देश बचाउ भन्ने नारा लगाएका थिए । जनआन्दोलनको बलमा राजतन्त्र फ्याँकेर गणतन्त्र आएपछि जनचाहाना अनुसार विकास निर्माण र जनताको जीवनस्तर सुधार्ने कुनै काम पार्टीहरूबाट हुन नसकेको पूर्व राजालाई स्वागत गर्न पुगेका स्थानीयले बताएका छन् । त्यही असन्तुष्टिका कारण बरु राजा नै ठिक भन्ने भाष्य निर्माण हुन थालेको पनि सहभागीले बताएका छन् ।
उत्पादनमा जोड, उद्योगहरूको स्थापना र रोजगारका अवसर सृजना गर्न प्रजातन्त्र प्राप्ति देखि गणतन्त्र हुँदै अहिले सम्म कुनै काम हुन नसक्दा जनतामा निराशा छाएको पूर्व राजालाई स्वागत गर्न पुगेका स्थानीय बताउँछन् । यसैको फाइला उठाउँदै पूर्वाराजा समर्थकहरूले राजा आउँ देश बचाउ भन्ने नरा लाएका हुन् । गण्डकी प्रदेशमा रहेका विभिन्न धार्मिक क्षेत्र भ्रमण र भेटघाटकालागि शाह पोखरा आएका हुन् । उनी रुपा गाउँपालिकामा रहेको रुपाकोट रिपोर्टमा बसेका छन् ।



भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
पोखरा : जेन जी आन्दोलनको दोस्रो दिन देशभर तोडफोड, लुटपाट र आगजनी भए । प्रदर्शनकारीले राजधानी काठमाडौं सहरका प्राय…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…
पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले…
पोखरा : पशु उपचारमा प्रयोग गरिने भेटेरिनरी औषधीका कारण ९० को दशकमा दक्षिण एशिसामा ठूलो संख्यामा घटेका गिद्ध संरक्षण कार्यक्रम पछि स्थिर अवस्थामा आएको…