
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखरामा आइपुगेका छन् । काठमाडौंबाट पोखराको पुरानो विमानस्थलमा जहाजबाट ओर्लेका पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न पोखरेलीको भिड विमानस्थल परिसरमा लागेको थियो । विमानस्थलमा पूर्व राजा ज्ञानेन्द्रलाई रातो कार्पेट ओछ्याएर स्वागत गरिएको थियो ।
स्वगत गर्न पुगेका स्थानीयले राजा आउँ देश बचाउ भन्ने नारा लगाएका थिए । जनआन्दोलनको बलमा राजतन्त्र फ्याँकेर गणतन्त्र आएपछि जनचाहाना अनुसार विकास निर्माण र जनताको जीवनस्तर सुधार्ने कुनै काम पार्टीहरूबाट हुन नसकेको पूर्व राजालाई स्वागत गर्न पुगेका स्थानीयले बताएका छन् । त्यही असन्तुष्टिका कारण बरु राजा नै ठिक भन्ने भाष्य निर्माण हुन थालेको पनि सहभागीले बताएका छन् ।
उत्पादनमा जोड, उद्योगहरूको स्थापना र रोजगारका अवसर सृजना गर्न प्रजातन्त्र प्राप्ति देखि गणतन्त्र हुँदै अहिले सम्म कुनै काम हुन नसक्दा जनतामा निराशा छाएको पूर्व राजालाई स्वागत गर्न पुगेका स्थानीय बताउँछन् । यसैको फाइला उठाउँदै पूर्वाराजा समर्थकहरूले राजा आउँ देश बचाउ भन्ने नरा लाएका हुन् । गण्डकी प्रदेशमा रहेका विभिन्न धार्मिक क्षेत्र भ्रमण र भेटघाटकालागि शाह पोखरा आएका हुन् । उनी रुपा गाउँपालिकामा रहेको रुपाकोट रिपोर्टमा बसेका छन् ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…