
दसैं र तिहार पर्व नेपालीले मनाए संगै अर्को पर्व छठ सुरु भएको छ । सोमबारदेखि छठ पर्व सुरु भएको हो । सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने, सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा छठ पर्वलाई लिइन्छ ।
तराईमा धुमधामका साथ छठ पर्व मनाइन्छ । कात्तिक शुक्लपक्षमा चार दिन सम्म मनाइने छठ पर्वको पहिलो दिनलाई ‘नहाए खाएके दिन’ पनि भन्ने गरिन्छ । छठको पहिलो दिन छठका व्रतादुहरुले खोला, नाला, नदी, पोखरी, तलाउलगायतका जलाशयमा नुहाइधुवाइ गरेर शुद्ध भइ लसुन, प्याज नभएको शाकाहारी खाना खाने गर्दछन् ।
दोस्रो दिनलाई खरना भनिन्छ । खरनाको दिनदेखि नै व्रतालुहरुले निराहार व्रत सुरु गर्छन् । छठको तेस्रो दिन षष्ठी तिथी छठको मुख्य दिन मानिन्छ । त्यस दिन ब्रतालु महिलाले नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउँदो सूर्यलाई र भोलिपल्ट सप्तमी तिथीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवनरुपमा समापन हुन्छ ।
पोखरामा पनि पछिल्लो समयमा छठ पर्व मनाउन थालिएको छ । पोखरामा बस्ने तराईका नेपाली दाजुभाई र भारतीयले यहाँ छठ पर्व मनाउछन् । अनुशरण गर्दै पोखरेलीले पनि पछिल्लो समयमा छठ पर्व मनाउन थालेका छन् । पोखराको फेवाताल किनार, सेती नदीमा छठ पर्व मनाइन्छ । पाेखराकाे केदारेश्वर मन्दिर नजिकै फेवाताल किनार छठ पूजाकालागि झकिझकाउ बनाइन्छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…