कृषि

अत्यावश्यक वस्तुको मनपरि मूल्य

लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरि मूल्य लिने गरेको पाइएको छ । न्यूरोड, त्रिभुवनचोक, सुर्खेतरोड, अस्पताल क्षेत्र, गणेशमान चोकमा रहेका विशेषतः खाद्य वस्तुका पसलले सामानको कृत्रिम अभाव देखाएर बढी मूल्य लिने गरेको उपभोक्ताहरु बताउँछन् । बढी मूल्य लिएको गुनासो गर्ने उपभोक्तालाई सामान नदिएर खाली हात फर्काउने गरेको नेपालगञ्ज–१३ लक्ष्मण केसीले बताउनुभयो । उहाँका अनुसार लकडाउनअघिसम्म डेरीबाट रु एक हजार लिटरमा पाउँदै आएको घ्यूलाई प्रतिलिटर अहिले रु एक हजार ६० मा बिक्री गर्ने गरिएको छ… पुरा पढौ

सीमानाका बन्द हुँदा याक बढे

पछिल्लो समय ताप्लेजुङमा याकका सङ्ख्यामा वृद्धि भएको छ । हिमाली क्षेत्रका बासिन्दाले पुर्खौली पेसाका रुपमा यसलाई पालन गर्दै आएका छन् । पछिल्लो दुईवर्षदेखि याकको कोरोनाका कारणले चीनतर्फ निर्यात भएको छैन । सीमानाका बन्द भएसँगै यसका सङ्ख्यामा वृद्धि भएको बताइएको छ । फक्ताङलुङ गाउँपालिका–७ याङमाका कान्दे ग्याबु शेर्पासँग दुई वर्ष अगाडि ३२ याक थियो । अहिले उहाँसँग ६४ छन् । उहाँले भन्नुभयो, “दुई वर्ष भयो ,याक बिक्री भएको छैन । कोरोनाका कारणले चीनसँगको नाका बन्द छ ।” यसैगरी फिन्चो शेर्पाले गोठबाट… पुरा पढौ

गाईभैँसीलाई पोषण भत्ता !

जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकालाई पशुपालनको माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सञ्चालन गरेको ब्याएका गाईभँैसीलाई पोषण भत्ता दिने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कृत्रिम गर्भाधानबाट गाईभँैसीको नश्ल सुधार गरी उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको हो । गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख दीपक श्रेष्ठले कृत्रिम गर्भाधान सेवाप्रति आकर्षण बढाएर पाडापाडी र बाछाबाछी पाल्नेलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम सञ्चालन गरेको जानकारीदिनुभयो । “कृत्रिम गर्भाधान गराएका गाईँभैसीबाट जन्मिएका पाडापाडी… पुरा पढौ

किटनाशक विषादीको विकल्पमा ‘जैविक विषादी’

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ का स्थानीय किसान देविका खड्काले अचेल कृषि बालीमा किटनाशक विषादी प्रयोग गर्न छाड्नुभएको छ । उहाँले एग्रोभेटको सुझावअनुसार भिटामिन प्रयोग गरे पनि किटनाशक विषादीको स्थानमा जैविक विषादी प्रयोग गर्दै आउनुभएको छ । “बालीमा कीरा वा रोग लागे सोअनुसार तितेपाती, क्यातुके, गाईको गहुँत मिसाएर २२ दिनसम्म पकाएर कालो कपडाले छोपी हावा जान नदिएर बनाएको स्थानीय विषादी प्रयोग गर्छु । रसायनिक किटनाशक विषादी हालेको तरकारी आफू पनि खान्न, अरुलाई खुवाउनुहुँदैन”, उहाँले भन्नुभयो । सूर्यविनायक नगरपालिका–७ कै अर्का किसान सुमित्रा… पुरा पढौ

रानीखेत रोगले मर्न थाले कुखुरा

दैनिक १५ कुखुरा मर्ने गरेपछि किसानको कुखुरा फार्म खोल्ने धोको अधुरै रहने भएको छ । सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा रानीखेत र निमोनिया रोगले धमाधम कुखुरा मर्ने गरेपछि सो ठाउँका किसानको कुखुरा फार्म खोल्ने रहर अधुरै रहेको हो । लामो समयदेखि कुखुरापालन व्यवसायी गरी आर्थिक आम्दानी गर्ने स्रोत कुखुरापालन थियो तर किसानले जानकारी नै नपाएको रोग आएपछि आफ्नो व्यवसाय गरेर मनग्य आम्दानी गर्ने योजना चौपट भएको स्थानीय किसान बाँचबहादुर सुनारले दुःखेसो पोख्नुभयो । सुनारले भन्नुभभयो,“सदरमुकाम सिमकोटसँगै जोडिएको वडा हुँदा पनि… पुरा पढौ

कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु

कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको यहाँ निर्माण सुरु गरिएको छ । करिब रु आठ करोड लगानीमा सरकारी स्वमित्वको प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिनुभयो । भेरी नगरपालिका–३ को राताचौरमा निर्माण सुरु गरिएको यो प्रशोधन केन्द्र कर्णाली प्रदेशकै पहिलो रहेको उहाँले बताउनुभयो । बुधबार भवनको औपचारिकरुपमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गर्नुभयो । जडीबुटी तथा पर्यटन र खनिजको राम्रो सम्भावना रहेको कर्णालीमा यो केन्द्र स्थापनासँगै सर्वसाधारण जडीबुटीको बजार घर नजिकै आएको… पुरा पढौ

तनहुँमा औषधिजन्य बिरुवा खेतीको विस्तार

तनहुँमा व्यावसायिक रुपमा औषधिजन्य बिरुवा खेतीको विस्तार भइरहेको छ । चार दशकअघि व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रबाट शुरु भएको औषधिजन्य बिरुवा खेती विगत दश वर्षयता जिल्लाको दुले र मादी नदी किनार आसपास हुँदै पर्वत जिल्लाको जलजले गाउँपालिका क्षेत्रसम्म विस्तार भएको छ । व्यास नगरपालिका–५ पाटनका ८६ वर्षीय केबी गुरुङले जागीर छोडेर २०३६ सालदेखि जडीबुटी बिरुवाको व्यावसायिक उत्पादन सुरु गर्नुभयो । उहाँले अहिले तनहुँलगायत पर्वत जिल्लाको जलजले गाउँपालिका–९ मा जडीबुटीका लाखौँ बिरुवाको व्यावसायिक उत्पादन गर्नुभएको छ । एक दुई हजार जडीबुटीका… पुरा पढौ

कास्कीका पशुलाई खोप

महामारीका कारण हुने आर्थिक क्षति र खाद्य सुरक्षामा पर्ने असर न्यूनीकरण गरी पशुको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित जिल्लाका सबै पशु चौपायालाई खोप दिइने भएको छ । ‘स्वस्थ पशु, समृद्ध किसान, पूर्ण खोप अभियान’को लक्ष्यसहित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रोगका कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षाका लागि गाई, भैँसी, बाख्रा, बङ्गुर र भेडामा यस वर्ष पूर्ण खोप कार्यक्रम सञ्चालनको योजना बनाएको छ । गत वर्ष माछापुच्छ«े र रुपा गाउँपालिकामा पुशमा पूर्ण… पुरा पढौ

कृषिका विद्यार्थीको प्रयोगात्मक केन्द्र बन्दै रामपुर

रोल्पाको लिवाङ नगरपालिका– २ स्थित लोकतान्त्रिक चोक निवासी कृतिका डाँगीले रामपुरलाई कृषि सिकाइ अध्ययन केन्द्रका रुपमा लिएकी छिन् । उनलाई रोल्पादेखि पाल्पाको रामपुर आउनजान सहज त छैन, तर आफ्नो कृषि बाली विज्ञान अध्ययनसँगै प्रयोगात्मक तालिमका लागि भने उनले रामपुरलाई नै रोजिन् । पाल्पा जिल्लामै ठूलो क्षमताको उच्च प्रविधि (हाइटेक) को तरकारी टनेलमा प्रयोगात्मक ज्ञान लिन पाइने भएपछि डाँगीले रामपुरमा नै नयाँ प्रविधि सिक्दै छिन् । “घर टाढा छ भन्ने मात्रै हो, यहाँ आइपुगेपछि धेरै प्रविधि सिक्न पाइएको छ, यहाँ सिकेको… पुरा पढौ

कृषिमा राज्यकाे सहुलियतपूर्ण कर्जा : छैन अनुगमन

राज्यले कृषिमा लगानी बढाउँदै लगेको भए पनि लगानीअनुसारको प्रतिफल प्राप्त हुनसकेको छैन । गत असार मसान्तसम्म ४६ हजार ५७ व्यक्तिले राज्यबाट रु एक खर्ब छ अर्ब ९८ करोड सहुलियतपूर्ण कर्जा प्राप्त गरेका छन् । सो रकम कृषि क्षेत्रमा विनियोजन गरिएको कूल बजेटको झण्डै पाँच प्रतिशत हुन आउँछ । चालु आर्थिक वर्षका लागि कृषि क्षेत्रमा रु ४५ अर्ब नौ करोड रकम विनियोजन गरिएको छ । त्यसो त राज्यले कृषि क्षेत्रमा क्रमशः लगानी बढाउँदै गएको देखिन्छ । आर्थिक वर्ष २०७८/७९को कृषि बजेट… पुरा पढौ