कृषि

कोदोमा जरा कुहिने रोग

पोखरा : कोदो बालीमा देखिएको जरा तथा फेद कुहिने र पहेँलो हुँदै जाने रोगका कारण पोखरा २३ तल्लो सिधानेमा कोदो उत्पादन ७० प्रतिशत बढी घटेको स्थानीय किसानले बाएका छन् । सिधाने पोखराको कोदो बालीका लागि पकेट क्षेत्र मानिन्छ । पकेट क्षेत्रमै रोगका कारण कोदो उत्पादन कम हुन थालेपछि किसान चिन्तित छन् । कोदोमा रोगको प्रकोप देखिएपछि पोखरा महानगरपालिकाको प्राविधिक टिमले नमुना ल्याएर  बाली संरक्षण प्रयोग शालामा परीक्षण गर्दा जरा तथा फेद कुहिने रोग पुष्टि भएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर… पुरा पढौ

जग्गा वर्गीकरणबिनै कित्ताकाट खोल्ने निर्णय: नीतिगत अस्थिरता

जग्गाको वर्गीकरण नगरेका स्थानीय तहले आगामी असारसम्म कित्ताकाट गर्न पाउने गरी सङ्घीय सरकारले गरेको निर्णयलाई कतिपय विज्ञ र स्थानीय तहकै नेतृत्वकर्ताले 'नीतिगत अस्थिरता' भनेर आलोचना गरेका छन्। मन्त्रिपरिषद्ले यसै साता पारित गरेको भूउपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ मा हालसम्म जग्गा वर्गीकरण नगरेका स्थानीय तहले आगामी असारसम्म कित्ताकाट गर्न पाउने व्यवस्था गरिएको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्‌का निर्णयहरू सार्वजनिक गर्दै उक्त नियमावली संशोधनको जानकारी दिएका थिए।तर सरकारले कित्ताकाटका सम्बन्धमा पटकपटक फरकफरक नीतिहरू लिएको भन्दै… पुरा पढौ

वन पैदावर सामग्रीमा लगाएको ३० प्रतिशत कर तत्काल लागु नगर्न आदेश

गण्डकी प्रदेश सरकारले वन पैदावर सामग्रीमा लगाएको ३० प्रतिशत कर तत्काल लागु नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । गण्डकी प्रदेश सरकारले वन ऐन बनाएर सामुदायिक वनमा रहेका वन पैदावर सामग्री बाहिर बिक्री गर्दा ३० प्रतिशत कर लगाउने प्रावधान बनाएपछि सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश खारेजीको माग गर्दै सर्वोच्च अदालत गएको थियो । गण्डकी प्रदेश सरकारलाई विपक्षी बनाएर महासंघले हालेको रिटमा सर्वोच्चका प्रधानन्यायाधीस विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधिसहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक… पुरा पढौ

लाटोकोसेराेकाे अवैध व्यापार नियन्त्रणकालागि सुरक्षाकर्मीलाई तालिम

मुसा खाएर किसानले उत्पादन गरेका अन्नबाली जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने लाटोकोसेरो संरक्षणकालागि पोखरामा सुरक्षाकर्मी, वन मन्त्रालय, डिभिजन वन कार्यालय कास्की लगायतका कर्मचारीलाई तालिम दिइएको छ ।  लाटोकोसेरोको अवैध व्यापार, चोरीसिकारी हुनबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने सुरक्षाकर्मी, वन मन्त्रालय, डिभिजन वन कार्यालयका कर्मचारीलाई तालिम दिइएको हो । तालिममा लाटोकोसेरोको महत्त्व र अवैध व्यापार किन हुन्छ लगायतका विषयमा तालिममा जानकारी गराइएको थियो ।प्रकृतिका साथीहरू नामक संस्थाको आयोजनामा भएको तालिममा हालै कास्की जिल्लाका विभिन्न वडा प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधि समेत… पुरा पढौ

कृषि तीज प्रतियोगिताको तयारी

  पोखरामा सातौं कृषि तीज प्रतियोगिताको तयारी गरिएको छ । तीज प्रतियोगिताको ग्राण्ड फिनाले भाद्र १४ गते पोखरामा हुने आयोजकले बताएका छन् । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय पोखराको संयुक्त आयोजनामा आयोजित सातौं कृषि तीज गीत प्रतियोगिता हुन लागेको हो । गण्डकी प्रदेशका ११ जिल्लाबाट कृषि ज्ञान केन्द्रले पठाएको जिल्लाको उत्कृष्ट टिमहरू बिच पोखरा उद्योगबाणिज्य संघको सभाहलमा ग्राण्ड फिनाले हुने छ । प्रदेश स्तरीय प्रतियोगितामा प्रथम हुने जिल्लाले नगद ३५ हजार साथमा प्रमाण पत्र र दित्तिय हुने जिल्लाले २०… पुरा पढौ

पंक्षी – किसानका मित्र कि शत्रु ?

पंक्षी जन्तु जगतमा पर्ने, प्वाँख, चुच्चो र पखेटा भएका प्राणीको समुह हो । मानव जातिसँग निकटतम सम्बन्ध भएका यी प्राणी किसानका चाहिँ मित्र रैछन् कि शत्रु ? यो लेख पढेपछि निर्णय गर्ने जिम्मा तपाईंहरूको है । पंक्षीहरू जहाँ वर्षैभरि प्रशस्त खानेकुराको जोहो हुन्छ र बचेरा कोरल्न उपयुक्त स्थान हुन्छ, त्यस्ता क्षेत्रहरूमा बढी बसोबास गर्ने गर्छन् । खेतबारीमा वर्षैभरि बिउ, फल, फूल, अन्न तथा हरिया बोटविरुवा उपलब्ध हुने हुँदा धेरैजसो पंक्षीहरू खेतबारीका ओरपर बस्न रुचाउँछन् । त्यसकारण पंक्षी र किसानको गहिरो… पुरा पढौ

पोखराका सुन्तला किसानलाई २५ लाख बराबरको अनुदान प्रदान

पोखरा महानगरपालिकाले सुन्तला किसाानहरूलाई अनुदान प्रदान गरेको छ । नगर प्रमुख धनराज आचार्यले किसानहरूलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रम अन्तर्गत नगद २५ लाख रुपैयाँ बराबरको अनुदान प्रदान गरेका हुन् । नगरप्रमुख आचार्यले किसानहरूलाई व्यवसायीकरण गर्दै उत्पादन वृद्धि र पेसाप्रतिको आकर्षण बढाउनका लागि महानगरपालिकाको तर्फबाट अनुदान सहायता प्रदान गरिएको बताए। वडा स्तरमा सुन्तलाको पकेट कार्यक्रम सञ्चालन गरी कृषकहरूलाई व्यवसायीकरण र उत्पादन वृद्धिमा महानगरले जोड दिएको उनले सुनाए । सुन्तला किसानहरूलाई विगत पाँच वर्षदेखि अनुदान उपलब्ध गराउँदै आएको पाेखरा महानगरपालिकाका कृषि महाशाखा… पुरा पढौ

चट्याङ लागेर १४ भेडा मरे

कालीकोट जिल्लाकाे खाँडाचक्र नगरपालिका ६ चुलीको लेकमा चट्याङ लागेर १४ वटा भेडा मरेका छन् । चट्याङ लागेर स्थानीय निराजन शाही सामान्य घाइते भएको प्रहरीले जनाएको छ । भेडीगोठमा चट्याङ पर्दा आइतबार १४ वटा भेडा मरेका हुन् । चट्ङलागेर २० वटा भेडा घाइते भएका छन् । खाँडचक्र नगरपालिका ६ का स्थानीय लङ्क शाही र खम्मा शाहीका भेडा मरेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । कालीकोट लगायतका बिभिन्न जिल्लाका लेकमा भेडाबाख्रा, च्याङ्ग्रा चराउने चलन छ । उच्च हिमाली क्षेत्रका लेकमा भने… पुरा पढौ

असार १५ मा हिलाेमा रमाए पर्यटक

पाेखरा पर्यटन परिषद्काे अायाेजनामा असार १५ मा पाेखराकाे फेवा फाँटमा भएकाे राेपाइँ महाेत्सवमा पर्यटकहरु हिलाेमा रमाएका छन् । पर्यटकहरु हिलाेमा दाैडेर हिलाे खेलेर रमाएका हुन् । महाेत्सवमा सहभागी पर्यटकले हालाे पनि जाेतेर अाफ्नाे देशमा अहिले हराइ सकेकाे परानाे परम्परागत कृषिमा रमाएका बताएका छन् । यसरी पर्यटक असार १५ मा रमाए । पुरा पढौ

फेवा किनारमा धान रोप्ने चटारो

पोखराको फेवाताल किनार फेवा फाँटमा धान रोप्ने चराटारोमा किसान । ताल किनारका सिमखेत, दलदल क्षेत्रमा जेठ महिनाको दोस्रो हप्ता देखि नै धान रोप्न सुरु हुन्छ ।तस्बिर : कृष्णमणि बराल पुरा पढौ