
पोखरामा सातौं कृषि तीज प्रतियोगिताको तयारी गरिएको छ । तीज प्रतियोगिताको ग्राण्ड फिनाले भाद्र १४ गते पोखरामा हुने आयोजकले बताएका छन् । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय पोखराको संयुक्त आयोजनामा आयोजित सातौं कृषि तीज गीत प्रतियोगिता हुन लागेको हो ।
गण्डकी प्रदेशका ११ जिल्लाबाट कृषि ज्ञान केन्द्रले पठाएको जिल्लाको उत्कृष्ट टिमहरू बिच पोखरा उद्योगबाणिज्य संघको सभाहलमा ग्राण्ड फिनाले हुने छ । प्रदेश स्तरीय प्रतियोगितामा प्रथम हुने जिल्लाले नगद ३५ हजार साथमा प्रमाण पत्र र दित्तिय हुने जिल्लाले २० हजार नगद र प्रमाण पत्र तितृय हुनेले १० हजार र सान्त्वनाले नगद पाँच हजार सहित प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक घनश्याम पाण्डेयले बताउनु भयो ।कल्चर र एग्रिकल्चर सँगसँगै अगाडि बढाउने उद्देश्य सहित अहिले आफूहरू सातौं संस्करण सम्म आइपुगेको पाण्डेले बताए ।
कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरूको गीत मार्फत प्रचार प्रसारमा योगदान पु¥याउन प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताले कृषिको महत्त्व र यसको विविध पक्षहरूको बारेमा जनमानसलाई थप जानकारी दिन मद्दत गर्ने विश्वास गरिएको छ । किसानहरूको सफलतासँग सम्बन्धित प्रतियोगिताले अन्य किसानहरूलाई प्रेरित गर्छ भने यसले नयाँ विधिहरू अपनाउन र कृषि उत्पादनमा सुधार ल्याउन उत्प्रेरित गर्ने कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मीले बताए ।
उक्त कार्यक्रमको पोखरा टेलिभिजन र टेलिभिजनको फेसबुक पेज लगायतबाट प्रत्यक्ष प्रसारण गरिने कार्यक्रम पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरुले बताए । अहिले जिल्ला जिल्लामा टिम छनोट भइरहेको कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत विनोद शर्माले जानकारी दिए । कृषि गीत प्रतियोगिताले जिल्ला जिल्लामा कृषक समूहहरूमा उत्साह थपेको बताइएको छ । प्रतियोगिता सन्देश मूलक हुने भएकोले पनि जिल्लामा धेरै मेहनत गरेर टिम छनोट भइरहेको बताए । गत वर्षको ग्राण्ड फिनालेमा म्याग्दी प्रथम, तनहुँ द्धित्तिय र कास्कीले तितृय स्थान हासिल गरेका थिए ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…