
पाेखरा : गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ पुन: मुख्यमन्त्री नियुक्त भएर शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीतादेवी पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराइन् ।
गत २६ वैशाखमा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गरेकी थिइन् ।
यसअघि प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै नेपाली कांग्रेस ससदीय दलका नेता कृष्णचन्द्र नेपाली पाेखरेलले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । तर आवश्यक बहुमत ३१ सदस्यकाे समर्थन नपुगेकाे भन्दै संविधानकाे धारा १६८ (३) अनुसार पृथ्वीसुब्बा गुरुङलाई नै मुख्यमन्त्री नियुक्ति गरेकी हुन् ।
मुख्यमन्त्री गुरुङले एक महिनाभित्रमा प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…