कृषि

किसान जाेडीको लाेभलाग्दाे मेहनत : तरकारीकाे आम्दानीबाट छोरी डाक्टर र छोरा इन्जिनियर

पोखरा ११ फूलबारीकी भगवती १८ वर्षको उमेरमा हेम्जाका युवा कृष्ण बजगाईँसँग नाता जोड्दै घर सम्हाल्न आइपुगिन्। यसपछि यी जोडी पढाइसँगै खेती किसानीमा पनि जुटे। घर परिवार सम्हाल्दै तरकारीका बिरुवा रोप्ने, धान, मकै लगायतका फसल उत्पादनमा निरन्तर सङ्घर्ष गरिरहेका छन्। जोमसोम लगायत, अन्नपूर्ण पदयात्रा जाने पर्यटक सराङकोट र हेम्जा भएर जान्थे । २०४२ सालमा चीन सरकारको सहयोगमा पोखरा-बागलुङ राजमार्गकाे  ट्रयाक खुल्यो । त्यसपछि बल्ल पोखरा र बागलुङ सँग सडक सञ्जालमा जोडिएको हो हेम्जा। २०४८ सालमा सडक कालोपत्रे बनेपछि पोखरासँगको सम्पर्क थप… पुरा पढौ

पशुपन्छी क्षेत्रमा अनुसन्धानका कार्य शुरु

काठमाण्डाै : अन्तराष्ट्रिय पशुपन्छी अनुसन्धान संस्था(आइएलआरआई) को नेपालमा सम्पर्क कार्यालय स्थापना भएको छ ।  गत शुक्रबार ललितपुरको होटल हिमालयमा कार्यक्रम गर्दै पशुपन्छी क्षेत्रमा अनुसन्धान कार्य शुरु भएको घोषणा गरिएको हाे । पशुपालन क्षेत्रमा ‘अनुसन्धान र विकास’ को अवधारणासहित विश्वका विभिन्न देशहरुमा कार्य गरिरहेको अन्तर्राष्ट्रिय कृषि अनुसन्धानमा परामर्श समूह (CGIAR) अन्तर्गतको संस्था हाे। यस संस्थाले विकासोन्मुख देशहरुमा चुस्त, सुरक्षित र दिगो पशुपालन मार्फत खाद्य तथा पोषण सुरक्षा र गरिबी निवारणका क्षेत्रहरुमा कार्य गर्दै आएको छ।  नेपाल सरकारसँगको सहकार्यमा ऋन्क्ष्ब्च् अन्तर्गत विभिन्न… पुरा पढौ

स्याङजाको पकान फाँटमा आलु महोत्सव

आलुको बजारीकरण र प्रवद्र्धन गर्ने उदेश्यले भीरकोट नगरपालिका ५ पकान फाँटमा आलु महोत्सवको आयोजना गरिएको छ । ‘सुन्दर ठाँउ पकान जाउँ, आलुको परिकार खाँउ’ भन्ने नाराका साथ जिल्लामै पहिलो पटक भीरकोटले आलु महोत्सव भएको हो ।  दुई दिने महोत्सवमा ५० टन आलुको कारोबार भएको आयोजकले बताएका छन् । महोत्सव १५ हजारभन्दा बढीले अवलोकन गरेका छन्। महोत्सवमा सहभागीले आलुका १८ किसिमका परिकारका स्वाद लिने गरी परिकार तयार गरिएको थियो । आलुका परिकार बनाउन सीप तथा आलु बिक्री तथा प्रर्दशनीसहित प्रतियोगिता समेत… पुरा पढौ

गण्डकीमा किसान सूचीकरण

गण्डकी प्रदेशमा किसान सूचीकरण तयारी सुरु भएको छ। किसान सूचीकरणको तयारीका क्रममा पोखरामा मंगलबारदेखि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सुरु भएको हो। नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजना र गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा पोखरामा किसान सूचीकरणका लागि अभिमुखीकरण कार्यक्रम सुरु भएको हो। कृषि क्षेत्रका योजना तथा कार्यक्रम वैज्ञानिक, पारदर्शी र प्रभावकारी बनाउन किसानको तथ्यांक संकलन महत्त्वपूर्ण छ।  नेपालको संविधान धारा ३६ खाद्यसम्बन्धी हकको व्यवस्था कार्यान्वयनका लागि पनि सूचीकरण महत्त्वपूर्ण हुने कार्यक्रमका सहभागीले बताए। कार्यक्रममा बोल्दै… पुरा पढौ

यसरी हुन्छ मह सिकार

जङ्गली मौरी (भीर मौरी) चट्टानी भीरमा बस्ने गर्दछन् । आफूलाई सुरक्षित राख्न पहाडका भीरपाखा जङ्गली मौरीको रोजाइँ हुने गर्दछ । बाँदर लड्ने भीरमा महुरीले जम्मा गरेकाे मह पनि सिकारीले छाड्दैनन् ।   कास्कीको मादी गाउँपालिका ७ थाकको जंगलमा मह सिकार गर्दै । तस्बिरहरु : कृष्णमणि बराल त्यस्ता डरलाग्दो भीरमा मह सिकारी डोरीको भर्‍याङ्को सहायतामा मह सिकार गर्न मौरीसँग पौठेजोरी खेल्छन् । कास्कीको मादी गाउँपालिका ७ थाकको जंगलमा मसिरकाे तेस्रो साता मह सिकार गर्नेको मेला नै लाग्यो । थाक गाउँबाट २… पुरा पढौ

कास्कीको तरकारीको पकेट क्षेत्रमा गाँठे रोगको संक्रमण

महानगरपालिका वडा नम्बर २५ हेम्जा किसान विश्वराज कुँवरको आम्दनीको स्रोत नै तरकारी उत्पादन हो । तीन वर्ष अघि सम्म उनले ५ रोपनी क्षेत्रमा काउली, बन्दा, ब्रोकाउली लगाएर राम्रो आम्दानी गर्दथे । दुई छोरा, छोरी, भान्जाको पढाई देखि घर खर्चको आधार नै तरकारी उत्पादन हो । बन्दा, काउली, ब्रोकाउली उत्पादनबाट एक सिजनमा १ लाख बढी बचत हुन्थ्यो । पछिल्लो ४ वर्ष देखि काउली, बन्दा, ब्रोकाउलीको जरामा गाँठे रोगको संक्रमण बढेपछि ठाडै तरकारीका बिरुवा ओइलाएर मर्न थालेपछि आम्दानी स्वात्तै घटेको कुँवरले सुनाए… पुरा पढौ

बेगनासका किसानकाे दैनिकी

धान थन्क्याउने चटाराेमा बेगनासका किसान : पाेखरा ३१ बेगनासका किसान दाइँ राखिसकेपछि धान बाेकेर घरमा लग्दै । पृष्ठभूमीमा बेगनास ताल । पुरा पढौ