
महानगरपालिका वडा नम्बर २५ हेम्जा किसान विश्वराज कुँवरको आम्दनीको स्रोत नै तरकारी उत्पादन हो । तीन वर्ष अघि सम्म उनले ५ रोपनी क्षेत्रमा काउली, बन्दा, ब्रोकाउली लगाएर राम्रो आम्दानी गर्दथे । दुई छोरा, छोरी, भान्जाको पढाई देखि घर खर्चको आधार नै तरकारी उत्पादन हो । बन्दा, काउली, ब्रोकाउली उत्पादनबाट एक सिजनमा १ लाख बढी बचत हुन्थ्यो । पछिल्लो ४ वर्ष देखि काउली, बन्दा, ब्रोकाउलीको जरामा गाँठे रोगको संक्रमण बढेपछि ठाडै तरकारीका बिरुवा ओइलाएर मर्न थालेपछि आम्दानी स्वात्तै घटेको कुँवरले सुनाए ।
हेम्जाकी पार्वती बजगाईको भनाइ पनि कुँवरको जस्तै छ । ८ रोपनी क्षेत्रफल सम्ममा बन्दा, काउली, ब्रोकाउली लगाइन्थ्यो । दुःख गरी हुर्काएकाे तरकारी बिक्री गर्ने बेलामा बन्दा, काउलीका बिरुवा ओइलाएर मर्ने गरेकाे उनले सुनाइन् । भएका काउली, बन्दा पनि सानाे हुँदा उचित मूल्य नपाउने गरेकाे उनले बताइन् । मुल्य पाउँदा खर्च कटाएर २ लाख बढि सम्म बच्थ्यो । गत वर्ष देखि काउली, बन्दा, ब्रोकाउलीमा गाँठे रोगको कारण पात ओइलाउँदै जाने, सुक्ने र मर्ने गरेको उनले सुनाइन् । मरेको बिरुवा उखेलेर हेर्दा जरामा आलुको जस्ता गाँठो देखिने गरेको उनले बताइन् । यो रोग तोरी, रायोको सागमा पनि देखापरेको किसानले बताएका छन् ।
काउली, बन्दाबाट थोरै मेहनतमा आलुको भन्दा तेब्बर बढी आम्दानी हुने इन्द्र प्रसाद बजगाईले बताए । तर बन्दा, काउली जातका तरकारीनै सखाप हुने गरी गाँठे रोग फैलिएपछि किसान चिन्तित भएको उनले सुनाए । हेम्जामा ८० प्रतिशत भन्दा बढी तरकारी उत्पादन गर्ने किसान छन् । त्यसमा ३० प्रतिशत भन्दा बढी तरकारीबाटै जीवन निर्वाह गर्ने किसान रहेको स्थानीयले बताएका छन्।
हेम्जा मात्र २ सय ५० हेक्टर क्षेत्रफलमा बन्दा, काउँली, ब्रोकाउली लगाइने पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । वडा नम्बर २५ मा मात्र १८ करोड बराबरको वार्षिक तरकारी उत्पादन भएर बिक्री वितरण हुँदै आएको छ । हेम्जा कास्कीको आलु उत्पादनको पनि पकेट क्षेत्र हो । यहाँ ४ सय ५० हेक्टर क्षेत्रफलमा आलु लगाइन्छ । पोखरामा उत्पादन हुने ३० प्रतिशत तरकारी हेम्जामा उत्पादन हुने पनि उनले बताए ।
महानगरको तरकारी उत्पादनको पकेट क्षेत्र हेम्जा फाँटमा काउली, बन्दा, ब्रोकाउलीमा गाँठे रोगको संक्रमण देखापरेपछि पोखरा महानगरको कृषि तथा पशु विकास महाशाखाको आयोजनामा किसान संग बुधबार माटो, बाली, बिउँ बिज्ञहरु समेतको सहभागीतामा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा गण्डकी प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युत प्रसाद ढकालले १३ औं शताब्दीमा युरोपमा पहिलो पटक बन्दा, काउलीको जरामा लाग्ने गाँठे रोग देखापरेको बताए । नेपालमा पहिलो पटक भक्तपुरमा सन् १९९३ मा किसानले लगाएको बन्दा, काउलीमा यो रोग देखापरेको थियो ।
यस रोगको रोगथाम नै नभएको उनले बताए । एक पटक यो रोग माटोमा देखा परेपछि १८ देखि २० वर्ष सम्म रही रहने उनले सुनाए । यस रोगको व्यवस्थापन गर्न भने सकिने उनले सुनाए । माटोको स्वास्थ्य सुधार गर्न चुनको प्रयोग गर्ने, धेरै भन्दा धेरै प्राङ्गारिक मल प्रयोग गर्न र चक्रीय बाली लगाउन उनले किसानलाई सुझाए । प्राङ्गारिक मलको बढि प्रयोगले माटो खुकुलो हुने र उत्पादन पनि बढ्ने उनले बताए । रोग भित्रिसकेकोले यसको व्यवस्थापन नभए कास्कीका अन्य क्षेत्रमा पनि फैलन्छ ।
यो रोग भएको स्थानको माटो, बिरुवा, मलको साथै संक्रमण भएको क्षेत्रमा सिचाई गरेको खेतबारीबाट बगेको पानीले पनि स्वच्छ माटो भएको क्षेत्रमा राेग फैलने पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख कडरियाले बताए । त्यसैले गाँठे रोग लागेको काउली, बन्दा, ब्रोकाउली जातका तरकारीको संक्रमित जराको भाग जथाभाबी फ्याँक्न नहुने उनले बताए । यसरी फाल्दा अन्यत्र पनि सर्ने भएकोले उचित किसिमले व्यवस्थापन गर्नु पर्ने उनले किसानलाई सुझाए । संक्रमण भएको जमिनमा खनेका औजारबाट पनि रोग सर्ने उनले बताए । बन्दा, काउली, ब्रोकाउलीको विकल्पमा कोसेबाली लगाउन पनि विज्ञहरुले किसानलाई सुझाएका छन् ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…
नेपालमा तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि भएको छ । पोखराका ऋषि बरालले तिब्बती खैरो भालु (Brown Bear) को…