
जलवायु परिवर्तनको असर महासागरमा देखिन थालेको विभिन्न अध्ययनहरूले देखाएका छन् । विश्वमा तापक्रम वृद्धिले नेपालका हिमाल कालापत्थरमा परिणत हुने क्रम बढेको छ ।
हिमतालहरू पग्लने, विस्फोट हुने क्रम तीव्र मात्र भएको छैन यसले हिमाली जनजीवनमा पनि प्रभाव पार्न थालेको छ । पानीका स्रोत सुक्दा बस्ती नै अन्यत्र सर्नु पर्ने अवस्था पनि मुस्ताङ लगायत हिमाली जिल्लाका साझा समस्याको रूपमा देखा पर्दै गएको छ । यस्तै समस्या महासागरमा पनि पर्दै गएको हालै युरोपेली सङ्घ अन्तर्गत जलवायु निगरानी निकायले बताएका छन् ।
तापक्रम वृद्धिले विश्वका महासागरको सतही तापक्रम हालैका दिनमा अत्यन्त उच्च स्तरको नजिक पुगेको भन्दै युरोपेली सङ्घ अन्तर्गत जलवायु निगरानी निकायले चेतावनी दिएको छ ।वैज्ञानिकहरूको भनाइ अनुसार अहिलेको अवस्था सन् २०२४ मा देखिएको सबैभन्दा तातो समुन्द्री तापक्रमको रेकर्डभन्दा थोरै मात्र क्रम छ र आगामी केही दिन वा हप्ताभित्रै नयाँ कीर्तिमान बन्न सक्ने अवस्था बलियो बनेको बताइएको छ । युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्रले बताए अनुसार महासागरको सतह निरन्तर तातिँदै गएको र यसले विश्व जलवायु प्रणालीमा ठुलो परिवर्तनको सङ्केत दिएको जनाएको छ ।
मे महिनामा मात्र पनि समुन्द्री तापक्रमको नयाँ ऐतिहासिक रेकर्ड तोड्ने अवस्था देखिएको युरोपेली सङ्घ अन्तर्गत जलवायु निगरानी निकायले जनाएको छ । यो हालसम्म मापन गरिएको दोस्रो सबैभन्दा उच्च स्तरमा पुगेको पुष्टि गरेको छ । विशेष गरी प्रशान्त महासागरदेखि उत्तर अमेरिकासम्म फैलिएको क्षेत्रमा समुन्द्री तातो लहर अत्यधिक रूपमा बढेको छ । यसले जलवायु असन्तुलन सिर्जना गरेको बताइएको छ । अप्रिल महिनामा विश्वको औसत तापक्रम औद्योगिक क्रान्तिभन्दा पहिलेको (सन् १८५० देखि १९००) स्तरभन्दा १.४३ डिग्री सेल्सियस बढी मापन गरिएको थियो ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…