कृषि

कृषिका विद्यार्थीको प्रयोगात्मक केन्द्र बन्दै रामपुर

रोल्पाको लिवाङ नगरपालिका– २ स्थित लोकतान्त्रिक चोक निवासी कृतिका डाँगीले रामपुरलाई कृषि सिकाइ अध्ययन केन्द्रका रुपमा लिएकी छिन् । उनलाई रोल्पादेखि पाल्पाको रामपुर आउनजान सहज त छैन, तर आफ्नो कृषि बाली विज्ञान अध्ययनसँगै प्रयोगात्मक तालिमका लागि भने उनले रामपुरलाई नै रोजिन् । पाल्पा जिल्लामै ठूलो क्षमताको उच्च प्रविधि (हाइटेक) को तरकारी टनेलमा प्रयोगात्मक ज्ञान लिन पाइने भएपछि डाँगीले रामपुरमा नै नयाँ प्रविधि सिक्दै छिन् । “घर टाढा छ भन्ने मात्रै हो, यहाँ आइपुगेपछि धेरै प्रविधि सिक्न पाइएको छ, यहाँ सिकेको… पुरा पढौ

कृषिमा राज्यकाे सहुलियतपूर्ण कर्जा : छैन अनुगमन

राज्यले कृषिमा लगानी बढाउँदै लगेको भए पनि लगानीअनुसारको प्रतिफल प्राप्त हुनसकेको छैन । गत असार मसान्तसम्म ४६ हजार ५७ व्यक्तिले राज्यबाट रु एक खर्ब छ अर्ब ९८ करोड सहुलियतपूर्ण कर्जा प्राप्त गरेका छन् । सो रकम कृषि क्षेत्रमा विनियोजन गरिएको कूल बजेटको झण्डै पाँच प्रतिशत हुन आउँछ । चालु आर्थिक वर्षका लागि कृषि क्षेत्रमा रु ४५ अर्ब नौ करोड रकम विनियोजन गरिएको छ । त्यसो त राज्यले कृषि क्षेत्रमा क्रमशः लगानी बढाउँदै गएको देखिन्छ । आर्थिक वर्ष २०७८/७९को कृषि बजेट… पुरा पढौ

जुम्लाकाे काँचो स्याउ बजारमाः पहिचान गुम्ने खतरा

खलङ्गा : यहाँका स्याउ किसानले नपाक्दै स्याउ बजारमा लैजान थालेपछि गुणस्तर खस्कने खतरासमेत बढेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १० गते अगावै स्याउ नटिप्न आग्रह गरे पनि स्याउ व्यापारी र किसानले धमाधम बगैँचामा स्याउ टिप्न थालेका छन् । केही किसानले व्यापारीलाई बगैँचामै प्रतिकेजी रु ५० का दरले स्याउ बेचेका छन् । काँचो स्याउ कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत, नेपालगञ्जका बजारसम्म पुगिसकेको छ । स्याउ पूर्ण रुपमा कलर वा परिपक्का भएको छैन । गुलियोको मात्रा पनि कम छ… पुरा पढौ

ऊनको बजार सुनिश्चित भएपछि मुस्ताङी खुसी

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले मुस्ताङको दामोदरकुण्ड लोघेकर गाउँपालिकाको चराङमा च्याङ्ग्राको भुवा सङ्कलन केन्द्र स्थापना गरेपछि ऊनले बजार पाउने सुनिश्चित भएको हो । खेर गइरहेको च्याङ्ग्राको ऊनको सदुपयोग हुने, कृषकले आम्दानी लिने र पस्मिनाको कच्चापदार्थ आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।    नेपाल पस्मिना उद्योग सङ्घले स्वदेशी कच्चापदार्थ (ऊन प्रशोधन) प्रयोग गरेर पस्मिना बनाउने धागो उत्पादन गर्न चराङमा भुवा (ऊन) सङ्कलन केन्द्र स्थापना गरेको… पुरा पढौ

कोदो फल्ने बारी थलिएको छ

गलेश्वर, म्याग्दी : खेतका फाँटमा धानका गाभा भरिन थालेका छन् । धान रोपिसकेर सिँचाइ गर्नका लागि खेतमा पुगेका किसान खेतका गरामा धानसँगै उम्रिएका झार उखेल्न र खेतका आली थुनेर पानीको प्रबन्ध मिलाउन व्यस्त छन् । हरिया भएका धानका बिरुवा डुबाउने गरी खेतका गरामा भरिएको पानीले फाँटको सौन्दर्य नै बेग्लै बनेको छ ।     धानखेतीका लागि यति महत्व दिएर मरिमेट्ने म्याग्दीका किसानले नजिकको बारीमा भने कोदोखेती गरेका छैनन् । घर अगाडि र वरिपरिकै बारीमा कोदो रोपिएको छैन । कसैकसैले बारीका कान्ला र गरामा… पुरा पढौ

‘डोको बुन्ने र बाख्रा पाल्नेका हातमा १० लाख दिन्छौँ’

वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले अति निम्न किसानको हातमा रु १० लाख दिएर उद्यमी बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ ।     मन्त्रालयले हेटौँडामा आयोजना गरेको कार्यक्रममा उहाँले उक्त लगानीले कोरानाका कारण गाउँ गएका र हातमा सीप भएका विपन्न वर्गको आर्थिकस्तर उकास्ने बताउनुभयो । यस्ता लगानी साना पौरखी हातका लागि भएकाले उहाँले उक्त रकम मान्द्रो, डोको, ठेकी बनाउनेलाई उद्यमी बनाउनेतर्फउन्मुख हुनेमा जोड दिनुभयो ।    ठूलो रकम ऋण लगानी गर्दा टाठाबाठाको हातमा मात्र पुग्ने र लक्षित वर्ग प्रभावित नहुने कारण… पुरा पढौ

पोखराका ५० किसानलाई  भैँसी खरिदमा अनुदान  

पोखराका ५० किसानलाई  भैँसी खरिदमा अनुदान वितरण गरिएकाे छ । २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार लागत साझेदारीमा भैँसी प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० जना कृषकलाई जनही ३४ हजार १ सय २४ का दरले भैँसी खरिदमा अनुदान वितरण गरिएको हाे।  अनुदान वितरण  कार्यक्रममा बाेल्दै गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बरालले कृषि क्षेत्र अझै पनि परम्परावादी भएको बताए । पोखरा महानगरपालिका पशु सेवा शाखाले आइतबार पोखरामा आयोजना गरेको भैँसी खरिदमा अनुदान कार्यक्रममा अनुदान वितरण गर्दै मन्त्री बरालले कृषिलाई आधुनिकीकरण र व्यवसायीक बनाउनु पर्नेमा जाेड… पुरा पढौ

चीनको नाका बन्द हुँदा याक बिक्री भएन : आर्थिक सङ्कटमा याङ्मावासी

चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ याङ्मा क्षेत्रका गोठबाट दुई वर्षयता याकहरुको बिक्री भएको छैन । कोभिडका कारण चीनसँगको नाका बन्द भएसँगै याक बिक्री नहुँदा त्यहाँका बासिन्दाले आर्थिक सङ्कट खेप्नुपरेको छ । फक्ताङ्लुङ–७ याङ्मावासी कान्दे ग्याबु शेर्पा परिवारको दिन याकगोठमा बित्छ । उहाँको पुख्र्यौली पेशा नै हो याकपालन । शेर्पासँग ६० वटा डी (याकको माउ) छन् । याक गोठमै ६५ वर्ष बिताएकाे अनुभव छ । याङ्मागाउँमा ११ घरपरिवारको बसोबास छ । सबैको मुख्य पुर्ख्यौली पेशा याकपालन हो। यहाँका याक चीनको… पुरा पढौ

कञ्चनपुरमा उखु र धान रोपेको जग्गा बगाउन थालेपछि स्थानीयवासी चिन्तित

शुक्लाफाँटा नगरपालिका–१२ तिलकी पट्टिमा दोदा नदीले जग्गा कटान तीव्र पारेको छ । लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढेसँगै जग्गा कटान तीव्र बनाएको हो । स्थानीय किसानले लगाएका उखु र धानबालीमा नदीले क्षति पुर्‍याउन थालेको स्थानीयवासी मङ्गलप्रसाद चौधरीले बताउनुभयो।        ‘दुई दिनको अवधिमै नदीले जग्गा कटान गरी एक बिघाभन्दा बढी जग्गामा लगाएको धान र उखु बाली बगाएर लगेको छ’, उहाँले भन्नुभयो, ‘जग्गा कटान रोक्नका लागि पहल नगरिए बस्ती नै जोखिमा पर्ने देखिएको छ ।‘ उहाँका अनुसार नदीले चुन्नु चौधरीको पाँच, रामदास रानाको… पुरा पढौ

धान गोड्ने बेला पनि छैन मल, किसान चिन्तित

धानखेतका लागि रासायनिक मलखाद नपाउँदा कञ्चनपुरका किसान चिन्तित बनेका छन् । महेन्द्रनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा मलखादका लागि दैनिकजसो किसानको भीड लागे पनि मल नपाउँदा रित्तो हात फर्किनुपर्छ । कृषि सामग्री कम्पनी लिमिटेडले भने किसानको मागअनुसारको मलखाद उपलब्ध गराउन नसकेको बताएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख बलबहादुर शाहले किसान मलखादका लागि आउने गरेका भए पनि रित्तै फर्काउनु परेको जानकारी दिए । “मात्रै मलखाद चाहियो भनेर किसानले कार्यालय नै घेराउ गर्नसमेत पछि पर्दैनन्”, कार्यालय प्रमुख शाहले भने, “माथिबाटै… पुरा पढौ