पोखराका ५० किसानलाई  भैँसी खरिदमा अनुदान  


     नेचर न्युज    
     श्रावण १० गते २०७८ मा प्रकाशित


पोखराका ५० किसानलाई  भैँसी खरिदमा अनुदान वितरण गरिएकाे छ । २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार लागत साझेदारीमा भैँसी प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० जना कृषकलाई जनही ३४ हजार १ सय २४ का दरले भैँसी खरिदमा अनुदान वितरण गरिएको हाे। 

अनुदान वितरण  कार्यक्रममा बाेल्दै गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बरालले कृषि क्षेत्र अझै पनि परम्परावादी भएको बताए । पोखरा महानगरपालिका पशु सेवा शाखाले आइतबार पोखरामा आयोजना गरेको भैँसी खरिदमा अनुदान कार्यक्रममा अनुदान वितरण गर्दै मन्त्री बरालले कृषिलाई आधुनिकीकरण र व्यवसायीक बनाउनु पर्नेमा जाेड दिए ।  कृषिमा देश आत्मनिर्भर बनाउन कृषि  विशिष्टीकृत हुन आवश्यक भएकोले त्यसै अनुसार वैज्ञानिक कृषि कर्ममा जानु पर्न बरालले बताए।

 किसानलाई प्रोत्साहन गर्न पोखरा महानगरपालिकाले किसानलाई अनुदान दिने कार्यक्रम सहित कृषक परिचय पत्र समेत वितरण गरिरहेकाे पाेखरा महानगरपालिकाका उपमेयर मञ्जु देवी गुरुङले बताइन्।