कृषि

सिताके च्याउ प्रोटिनकाे भण्डार

सिताके च्याउमा प्रचुर मात्रमा प्रोटिन , आइरन , भिटामिन बि , डी , जिन्क , पोटासियम लगाएतका पौष्टिक त्तत्व रहन्छ । यसैले याे च्याउ क्यान्सर , मधुमेह , उच्च रक्तचाप जस्ता रोग भएकालाई समेत फाइदा पुग्ने विज्ञले बताएका छन् । नेपालमा ८ सय मिटर देखि २ हजार ५ सय मिटरसम्म लगाउन सकिने यो च्याउको बजार मुल्य अहिले प्रति केजी ६ सय देखि १ हजार सम्म रहेको छ । यति महत्वकाे च्याउ खेती सम्बन्धी प्रविधि , उत्पादन, बजारीकरण , महत्व तथा… पुरा पढौ

दाइँ राख्दै किसान

पोखराको बिरौटा फाँटमा बुधबार दाइँ राख्दै किसान । पछिल्लो समयमा गोरुको सट्टा ट्याक्टर र थ्रेसरको प्रयोग बढे पनि केही किसानले अझै पनि गोरुको प्रयोग गर्दै आएका छन् । तस्बिर : कृष्णमणि बराल पुरा पढौ

धान थन्क्याउने चटारो

धान थन्क्याउने चटारो : धान काट्दै पोखराको पुरन्चौरका किसान । दसैं र तिहार सकिए संगै पोखराका किसानलाई धान थन्क्याउने चटारो छ । पुरा पढौ

तीन दिनको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

वेमौसमी वर्षा रोकीएपछि यति बेला पहाडी क्षेत्रका किसान धान थन्क्याउने चटारोमा छन् । जल तथा मौसम विज्ञान विभागले नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएपनि पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाबाट जारी मौसम बुलेटिनमा शुक्रबार दिउँसो देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम समान्यतया सफा रहने बताइएको छ । पहाडी भू—भागका एक—दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपानको सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ… पुरा पढौ

वर्षा रोकियो : कृषकलाई धान भित्र्याउन चटाराे

पोखरा :  वर्षा रोकिएपछि पोखराका किसानलाई धान काट्ने चटारो सुरु भएको छ । बेमौसमी वर्षाको कारण चाडै पाक्ने हाइब्रिड धान काट्न ढिलाभएको थियो ।  एक हप्ता अघि काटीसक्नु पर्ने धान झरीको कारण काट्न ढिलाइभएको कारण खेतमै झर्न सुरु भएको पोखरा २५ हेमजाकी किसान विष्णुमाया तिमिल्सिनाले बताइन् ।बेमौसमी वर्षाको कारण पोखरा महानगरपालिकामा ५ सय रोपनी क्षेत्रफलको धान काटेर खेतमा सुकाएको अवस्थामा झरीले भिज्दा क्षति पुगेको छ । पाेखरा २५ हेमजामा धान काट्न व्यस्त किसान । यसै गरी जेठोबुढो, गुर्द्धी लगायत १२ यस… पुरा पढौ

आगामी २४ घण्टाको मौसमी अवस्था : कृषिजन्य कार्य गर्दा सावधानी अपनाउन सुझाव

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको मौसमी अवस्था सार्वजनिक गर्दै कृषिजन्य कार्य गर्दा सावधानी अपनाउनु सुझाएको छ ।आगामी २४ घण्टामा देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ । विभागले शुक्रबार सार्वजनिक गरेको मौसम विश्लेषणमा कृषिजन्य कार्य गर्दा सावधानी अपनाउन विभागले सुझाएको हो । शुक्रबार दिउँसो प्रदेश १, प्रलेश २, बागमनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य… पुरा पढौ

बेमौसमी वर्षाले तनावमा किसान (फाेटाे फिचर)

बेमौसमी वर्षाको कारण देशभर मानवीय, भौतिककाे साथै पशु चौपायामा पनि क्षति पुगेको छ । बाढी, पहिरो र डुबानका कारण देशभर यस्तो क्षति पुगेको हो । पहिरोको कारण सडक र हवाई यातायातसमेत प्रभावित भएका छन् । वर्षाको कारण विराटनगरको विमानस्थल डुबानमा परेपछि उडानहरू हुन सकेको छैन ।  बेमौसमी वर्षाको कारण धान खेतमा क्षति पुगेकाे छ । यसैले देशभरका किसान तनावमा परेका छन् । तराईमा काटेको, भित्रयाउन ठिक्क परेको धान डुबानमा परेपछि अन्नको भण्डारकाे रुपमा परिचिच क्षेत्रका किसान चिन्तामा छन् । देशभरका… पुरा पढौ

धान थन्क्याउने बेलामा अधिकांस भू–भागमा वर्षा : पाकेकाे र काटेकाे धानलाई क्षति

धान भित्रयाउने बेलामा देशको अधिकांश क्षेत्रमा वर्षा हुँदा काट्न ठिक्क परेको धानलाई क्षति पुर्‍याएको छ । धान उत्पादनको मुख्य क्षेत्र तराई देखि पहाड सम्म नै मंसिरको झरीले धानलाई क्षति पुर्‍याएको हो ।  रुपन्देहीको तिलोत्तमा, आमसतिया, सियारी लगायतका क्षेत्रमा पानीले धान डुबानमा परेर नष्ट गरेको किसानले बताएका छन् । यसै गरी तराईका विभिन्न जिल्लाको साथै पहाडी जिल्लामा पनि बेमौसमी वर्षाले भित्रयाउन ठिक्क परेको धानलाई क्षति पु¥याएको हो । कास्की जिल्लाको हेमजा, लेखनाथ क्षेत्रमा चाँडो पाक्ने धानलाई क्षति पुर्‍याएको छ । हाइब्रिड धान… पुरा पढौ

पोखरामा हिमाली बाख्रा (च्याङ्ग्रा) किन्नेको मेला (फोटो फिचर)

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरी दसैं सुरु हुन्छ । दसैंमा घर, घर वरपर सफा गरिन्छ । अरू बेलामा फुर्सद नभए पनि दसैंमा घरमा रङ् रोगन गरेर चिटिक्क पारिन्छ । पहिले पहिले पुराना नेपाली परम्परागत घरमा रातो माटोले लिपेर चिटिक्क पारिन्थ्यो । अहिले नयाँ कंक्रिट भवनले सहर बजारमा मात्र होइन गाउँमा समेत त्यो स्थान लिए छन् । दसैंमा मिठो, स्वादिलो खाने चलन पहिले देखिकै हो । यति बेला देशभरका बजारमा घुइँचो लागेका छन् । बजारमा मान्छेको घुइँचो… पुरा पढौ

गण्डकी प्रदेशका सबै उच्च पहाडी क्षेत्रमा टिमुर खेती विस्तार गरौं : मन्त्री थापा

गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले यस प्रदेशका सबै उच्च पहाडी क्षेत्रमा व्यवसायिक टिम्मुर खेतीको विस्तार गर्नुपर्ने बताएका छन् ।  व्यवसायिक टिम्मुर खेतीले किसानलाई स्वरोजगार बनाउनुका साथै वैदेशिक मुद्रा आर्जनमा सहयोग पुग्ने भएकोले व्यवसायिक टिमुर खेती गर्न मन्त्री थापाले सुझाएका हुन् ।  मन्त्री थापा स्याङ्जाको पञ्चमुुलमा गरिएको व्यवसायिक टिमुर खेतीको अवलोकन गरेका थिए ।  टिमुर खेतीको अवलोकन पछि  डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालयका अधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री थापाले टिमुर खेतीका जोड दिएका हुन् । … पुरा पढौ