
नेपाल कृषि प्रधान देश हो भनेर सरकारले विद्यालयबाटै साना बालबालिकालाई घोक्दै र घोकाउँदै आएको छ । तर सरकारले भू उपयोग नीति अझै लागु नगर्दा र कृषि भूमी जोगाउन नसक्दा कृषि भूमि बर्सेनि खुम्चिँदै गएको छ । परनिर्भरता बर्सेनि बढ्दो क्रममा छ । देशका कृषि योग्य समथर भूमि कङ्क्रिट जङ्गल बन्दै सहरीकरण हुँदै गएका छन् । पहाडी खेती योग्यभूमी गाउँ रित्तिँदै गएसंगै जङ्गलमा परिणत भएका छन् । यसैले बर्सेनि नेपालका कृषि भूमि कङ्क्रिट जङ्गलमा परिणत हुँदै गएका छन् ।
आज असार १५ देश भर रोपाइँ महोत्सव भए । तर कृषि भूमि संरक्षणका विषयमा न सरकारले केही नयाँ निर्णय गर्न सक्यो । न त कृषि विज्ञले कृषि भूमि जोगाउन सरकारलाई दबाब दिन कुनै कार्यक्रम नै गरे । वर्षमा एक पटक कर्मकाण्डको रुपमा धान दिवसको रुपमा असार १५ मनाउन बाहेक अन्य कुनै प्रगति यस वर्षको असार १५ मा पनि मिलेन ।
नेपालीको आधा खाना चामल नै हो भने अर्थतन्त्रमा पनि धानको मात्र झन्डै ७ प्रतिशत र कृषि क्षेत्रमा १६ प्रतिशत योगदान छ आर्थिक वर्षको जेठसम्मको भन्सार विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार नेपालले करिब १४ लाख ४३ हजार टन बराबरको धान आयात गरेको देखिन्छ भने गत आर्थिक वर्षमा १७ लाख ५९ हजार टन धान आयात भएको देखिन्छ । गत वर्षकै परिमाणमा आयात हुने अनुमान गरे पनि उक्त आयात परिमाणको ३० प्रतिशत कम गर्न करिब ५ लाख २८ हजार टन ज्यादा धान फलाउनु पर्ने छ ।
नेपालको अहिलेको धानको उत्पादकत्व ३।४७ टन प्रतिहेक्टर नै कायम भएमा थप १ लाख ५२ हजार हेक्टरमा धान खेती गर्नुपर्ने हुन्छ । यदि पछिल्लो दश वर्षको उत्पादकत्वको औसत वृद्धिदर ९२।८८ प्रतिशत० ले बढ्ने अनुमान गर्ने हो भने पनि ३।९९ टन प्रतिहेक्टर उत्पादकत्वले पनि करिब १ लाख ३२ हजार हेक्टर थप खेतमा धान लगाउनु पर्छ । धान क्षेत्र विस्तारको ठुलो चुनौती भनेको कृषि भूमि बचाउन नसक्नु हो । त्यसको साथै भएका कृषि भूमिमा सिँचाइको व्यवस्था गर्न नसक्नु हो । जुन अहिलेसम्म जम्मा १५ लाख १२ हजार हेक्टर छ । यस्तै धानलाई आवश्यक पर्ने रासायनिक मल पनि उत्पादनको प्रमुख निर्धारक हो । जुन प्रायस् धानलाई आवश्यक पर्ने समयमा अभाव नै हुन्छ । १५ लाख हेक्टरमा धान खेती गर्ने हो भने पूर्ण मात्रामा रासायनिक मलको प्रयोग गर्दा २ लाख ६० हजार टन युरिया, ८५ हजार टन डीएपी र ६५ हजार टन पोटास आवश्यक पर्छ ।
२०३६ सालसम्म पनि नेपालको चामल निर्यात भएर सार्क मुलुकमा मात्रै हैन, दक्षिण कोरिया, चीन, मलेसियादेखि अमेरिकी बजारसम्म पुग्थ्यो । तर, अन्य खाद्यान्नको साटो भात खाने संस्कार बढ्दै गएपछि नेपालले अहिले वर्षमा करिब आधा खर्बको धान चामल र यसको बिउ आयात गर्ने अवस्थामा आइपुगेको छ ।भन्सार विभागको तथ्यांकअनुसार नेपालले दैनिक औसत करिब साढे १३ करोडको धान र चामल आयात गरिरहेको छ । बितेको ११ महिनामा नेपालमा ४५ अर्ब २९ करोड रुपैयाँको धान–चामल र धानको बिउ आयात भएको छ ।
२८ अर्ब ५० करोड रुपैयाँको चामल, १५ अर्ब ९२ करोडको धान र ८७ करोड ५ लाख रुपैयाँको धानको बिउ नेपाल भित्रिएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ । विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा मात्रै झन्डै ५ लाख ३८ हजार मेट्रिक टन धान नेपाल भित्रिएको छ । धान मात्रै ५ लाख ४० हजार मेट्रिक टन आयात भएको छ ।भन्सार विभागका अनुसार ०३६ सालसम्म पनि नेपालको चामल विदेशी बजारसम्म पुग्दै थियो । आर्थिक वर्ष ०३५र३६ मा नेपालले २४ करोड ३८ लाख ६३ हजार मूल्यको चामल निर्यात गरेको तथ्याङ्क छ ।तर, पछिल्लो समयमा स्वदेशी धान र चामललाई भारतीय उत्पादनले नेपालमै भित्रिएर चुनौती दिँदैछन् ।
सरकारी अनुदानमा उत्पादित भारतीय प्रिमियम किसिमका चामल नेपाली बजारमा छ्यापछ्याप्ती पाइन्छन् ।नेपालमा मागअनुसार उत्पादन नहुने र बाढी, मल अभाव र प्रकोप लगायतका कारणले उत्पादन घट्ने अवस्था देखिएको छ । कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७र७८ मा १४ लाख ७३ हजार ४ सय ७४ हेक्टरमा रोपाइँ हुँदा ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको थियो ।२०७८र७९ मा १४ लाख ७७ हजार ३ सय ७८ हेक्टरमा धान रोपाइँ हुँदा समेत ८।७४ प्रतिशतले घटेर ५१ लाख ३० हजार ६ सय २५ टनमा झरेको छ ।
कृषि प्रधान मुलुकमा धानकै नाममा एक दिन विशेष उत्सव मनाउनु आफैमा सकारात्मक विषय हो । तर धान मात्र होइन सबै खाले कृषि उत्पादन बढाउन यस सँग अन्तर सम्बन्धित वर्षौंदेखिका मुद्दालाई सम्बोधन गर्ने दिशामा कुनै पाइला नचाली खालि तामझामका साथ दिवस मात्रै मनाउनुको चाहिँ कुनै अर्थ छैन । यस वर्षको धान दिवसले आगामी दिनमा सरकारले कृषि भूमि जोगाउन र किसानलाई आवश्यक सेवा सुविधा दिन सक्ने गरी नीति बनाउन प्रेरणा मिलोस् शुभकामना ।