
कृषि गणनाको सार कृषि योजनाको पूर्वाधार नाराका साथ कृषिप्रधान मुलुक नेपालमा कृषि गणना सुरु भएको छ । कृषिले अर्थतन्त्रमा गरिरहेको योगदानलाई तथ्यांकमा देखाउन गणना सुरु भएको हो ।
कृषि गणनामा नेपालका प्रत्येक जिल्लाको कृषि संरचना, गतिविधि तथा कृषि उत्पादनसँग सम्बन्धी विवरण संकलन गरिने छ । राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि राष्ट्रिय कृषि गणना सुरु भएको हो । मंगलबार देखि ४५ दिनसम्म फिल्डमा खटिएर गणकले तथ्यांक संकलन गर्ने छन् ।
कृषि गणनाका लागि देशभर गणक र सुपरिवेक्षक गरि ६ हजार ४ सय ६३ जना फिल्डमा खटिएका छन् ।
राष्ट्रिय गणना र कृषि गणना हरेक दश दश वर्षमा हुँने गर्दछ । नेपालमा पहिलो पटक २०१८ सालमा कृषि गणना गरिएको थियो । त्यसैलाई निरन्तरता दिन राष्ट्रिय गणना सकिएको ६ महिनापछि राष्ट्रिय कृषि गणना हरेक दश दश वर्षमा हुँने गर्दछ । कृषि गणनामा लिइएका व्यक्तिगत विवरण गोप्य राखि तथ्यांक सार्वजनिक गर्ने बताइएको छ । कृषि गणना १९ जेठ सम्म चल्ने विभागले जनाएको छ । विभागका अनुसार देशभरका साढे ३ लाख घर परिवारलाई प्रतिनिधिमुलक घरका रुपमा छानेर विवरण लिइने छ ।
त्यसरी प्राप्त हुने तथ्यांकलाई औसतमा निकालेर तथ्यांक विश्लेषण गरिने बताइएको छ । विभागका अनुसार जनगणनामा करीव ४१ लाख कृषक परिवारको सूचिकृत भएको छ । कृषि गणनामा जनगणनाबाट प्राप्त कृषक परिवारबाट छानिएका ३ लाख ५० हजार परिवारमा पुगेर गणकले फारम भराउने बताइएको छ । यसरी गणना गरिदा महिलाको सहभागितासम्बन्धी छुट्टै विवरण आउने छ । नेपालको कृषि प्रणालीमा महिलाको बढ्दो सहभागितालाई ध्यानमा राखी महिलाको अगुवाईमा भइरहेका खेतिपातीको विवरण कृषि गणनामा संकलन गरिने बताईको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…