
पूर्व नवलपरासीको पेलेगा डाँडामा निस्किरहेको धुवाँ विषाक्त ग्यास (कार्बन मोनोअक्साइड) रहेको विज्ञले बताएका छन् । विषाक्त ग्यास भएकोले नजिक नजान विज्ञहरुले सुझाएका छन् । धुवाँ आएको स्थानमा हेर्न जानेहरुको भीड लाग्ने क्रम बढेपछि त्यस तर्फ नजान विज्ञले सुझाएका हुन् । लामो समयदेखि हुप्सेकोट गाउँपालिका ६ पेलेडा डाँडाको घाँगी भीरमा निस्किरहेपछि खानी तथा भूगर्भ विभागको टोलीले बुधाबर स्थलगत अध्ययन गरेर विषाक्त ग्यास भएको बताएको हो ।
स्थलगन अध्ययन तथा त्यहाँका नमुनाहरुको प्ररम्भिक परीक्षणपछि चट्टानबाट निस्किरहेको धुवाँ कार्बन मनोअक्साइड रहेको पत्ता लगेको हो । खानी तथा भूगर्भ विभागका अधिकारीले त्यहाँको चट्टान, निस्किरहेको धुवाँको रङ र गन्धसमेत अध्ययन गर्दा उक्त धुवाँ बाक्लो कार्बन मनोअक्साइडयुक्त रहेको पाइएको बताए । अधिकारीहरुले धुवाँ निस्किरहेको कार्बनयुक्त चट्टानभित्रको पाइराइट खनिज अक्सिजनसँग मिसिएपछि सल्फर डाइअक्साइड ग्यास निस्किएको र त्यही ग्यास निस्किने बेलामा उत्पन्न भएको तापले कार्बनयुक्त चट्टानलाई बल्न मद्दत गरेको हुनसक्ने बताएका छन् ।
पाइराइट कसरी बन्छ ?
फलाम र सल्फरको समिश्रणबाट पाइराइट बन्ने विज्ञले बताउँछन् । ढुंगामा हिर्काउँदा वा घोट्दा झिल्का निस्कन्छ । पाइराइट अक्सिजनसँग मिसिएपछि सल्फर डाइअक्साइड ग्यास निकाल्छ र ग्यास निस्किने बेलामा उत्पन्न हुने तापले कार्बनयुक्त चट्टानलाई बाल्न मद्दत गर्ने विज्ञ बताउँछन् । पाइराइट अक्सिजनसँग मिसिएर कार्बन जल्न थालेपछि धुवाँ निस्कीएको विज्ञले बताएका छन् । धुवाँमा सल्फर गन्ध आइरहेको स्थानीयले बताएका छन् ।
स्थनीय नारायण शर्माले सामाजिक सञ्जालमा लेखेर पूर्व नवलपरासीको पेलेगा डाँडामा निस्किरहेको धुवाँ विषाक्त ग्यास (कार्बन मोनोअक्साइड) रहेको बताउँदै नजिक नजान सुझाएका छन् । स्थानीय निकासले सचेत रहन अनुरोध गरेका छ । विज्ञले धुवाँ नजिक नजान, नसुँघ्न र पानी प्रयोग नगर्न अनुरोध गरेका छन् ।

कार्बन मोनोअक्साइडले मानिसहरुमा टाउको दुख्ने, रिँगटा लाग्ने, जीउ झुम्म हुने, श्वास फेर्न गाहे हुने, छाती दुख्ने र बेहोस समेत हुने स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् । यस्तो ग्यासका कारण बेहोस भएर मृत्युसमेत हुन सक्ने पनि अधिकारीले बताएका छन् । मानिसलाई मात्र होइन यस्तो ग्यासले जनावर र चराचुरुङ्गीहरुलाई पनि असर पर्ने र मृत्यु पनि हुन सक्ने बताएका छन् । यस स्थानमा पहिले पनि धुवाँ आउने गरेको स्थानीयले बताएका छन् । गण्डकी प्रदेशमा पर्ने हुप्सेकोट गाउँपालिका पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीबाट ९ किलोमिटर उत्तरपश्चिम पर्छ । यस क्षेत्रमै नेपालकै ठूलो फलाम खानी समेत रहेको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…