
वेत्रावती बजार ऐतिहासिक बजार हो । यो बजार, धार्मिक महत्त्व त छदै छ, नेपाल तिब्बत युद्धकाल संग पनि जोडिएको छ । पवित्र नदीको रूपमा मानिने यहाँ बग्ने वेत्रावती नदी उत्तर गया धामका रूपमा धार्मिक महत्त्व बोकेको छ । यहाँको राम मन्दिर किनारमा कुशे औसीमा वेत्रावती मेला लाग्थ्यो । ।
धार्मिक महत्वको साथै नेपाल – तिब्बत युद्ध रोकिएको स्थानको रूपमा पनि वेत्रावती बजार चिनिन्छ । रसुवा र नुवाकोटको सिमानामा रहेको वेत्रावती बजार विसं १७९२ मा यसै स्थानमा आएर नेपाल -तिब्बत (चीन) सम्झौता भएर युद्ध रोकिएको इतिहास छ । वेत्रावती सन्धिको शिला यही बजार क्षेत्रमा रहेको विश्वास पनि गरिन्छ ।

नेपाल – चीन व्यापारिक केन्द्रको रूपमा पछिल्लो समय केरुङ नाका विकास हुँदै गएपछि यस बजारमा पनि बाक्लो बसोबास हुन थालेको थियो । धादिङको गल्छीबाट त्रिशूली, वेत्रावती हुँदै केरुङ नाका जाने पर्यटक, व्यवसायी, धार्मिक तीर्थ यात्रीको लर्को लाग्थ्यो । चीन संगको व्यस्त व्यापारिक नाकाको रूपमा विकास भएको यस क्षेत्रमा भदौ १० गते आएको हिमसुनामीले दिनभरमै वेत्रावती बजार मात्र होइन यस क्षेत्रमा पर्ने सबै गाउँ, बजारलाई छिनभरमै बगरमा परिणत ग¥यो । बाढी प्रभावित क्षेत्रमा पुग्ने जोकोहीको मन पनि भक्कानिएर आउँछ ।
विश्वमा तापक्रम वृद्धि संगै हिमालय क्षेत्र जोखिममा पर्दै गएका छन् । बाक्लो हिउँ जम्ने हिमाल बिस्तारै काला पत्थरमा परिणत हुँदै गएका छन् । ग्ल्यासियरहरु पग्लने, हिमचट्टानहरु तापक्रम वृद्धिले चोइटिएर झर्ने र हिमताल फुटेर अकल्पनीय बाढी आउने जोखिम बढ्दै गएको छ । यसको मारमा नेपाल जस्तो तापक्रम वृद्धि गर्न कुनै भूमिका नरहेको हिमालयको देशलाई पर्दै गएको छ ।

नुवाकोट स्थित विदुर ७ चाँपकोफेदबाट वेत्रावती बजारको क्षति अवलोकन गर्दै स्थानीय र राहात सामाग्री लिएर गएका पोखरेली । भदौ १० गतेको भोटेकोशी बाढीले केरुङ नाका क्षेत्रबाट सुरु भएको विनास रसुवा, नुवाकोट, धादिङ , गोखा, तनहुँ जिल्लामा समेत क्षति पु¥याएको छ ।
तस्बिर : कृष्णमणि बराल

नुवाकोट विदुर ७ स्थित त्रिशुली नदी किनारमा बाढीले बगाएर ल्याएको जनावरको सिनोमा रोग फैलनबाट रोक्ने औषधी छर्कदै हिमालयन पशु उद्धार समूहका प्रतिनिधि । तस्बिर : कृष्णमणि बराल

भोटेकोशी बाढीले क्षति पु¥याएको वेत्रावती बजार ।
तस्बिर : कृष्णमणि बराल

भोटेकोशी बाढीले क्षति पु¥याएको आफ्नो घर हेर्दै नुवाकोट ७ का बालिकाहरु ।
तस्बिर : कृष्णमणि बराल

भोटेकोशी बाढीले क्षति पु¥याएको त्रिशुली नदी किनार वेत्रावती बजार क्षेत्रका घरहरु ।
तस्बिर : कृष्णमणि बराल

तस्बिरमा वेत्रावती र आसपासका बजार ।
तस्बिरहरू : कृष्णमणि बराल



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…