कृषि क्षेत्रमा १ खर्ब ४५ अर्ब विनियोजन


     नेचर न्युज    
     जेठ १५ गते २०७९ मा प्रकाशित


सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटमा कृषि क्षेत्रकालागि १ खर्ब ४५ अर्ब रुपौयाँ विनियोजन गरेको छ । निर्वाचनको मुखमा आएको बजेटले कृषि, वन, मत्स्यपालन र सिँचाइ कार्यक्रमकालागि उक्त रकम छुन्याएको हो ।

अघिल्लो बजेटले यो क्षेत्रकालागि १ खर्ब ३ अर्ब रुपैयाँ छुट्याएको थियो । सरकराले संघ, प्रदश र स्थानीय तहको लागत साझेदारीमा सञ्चालन हुने कृषि उत्पादन कार्यक्रम कार्यान्वयन गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । कृषिको रुपान्तरण अभियानमा उत्कृष्टता हासिल गर्ने प्रत्येक प्रदेशका तीनवटा स्थानीय तहलाई ५ करोड रुपैयाँका दरले प्रोत्साहन अनुदान उपलब्ध गराउने बजेट वक्तव्यमा छ ।