
वेमौसमी वर्षा रोकीएपछि यति बेला पहाडी क्षेत्रका किसान धान थन्क्याउने चटारोमा छन् । जल तथा मौसम विज्ञान विभागले नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएपनि पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाबाट जारी मौसम बुलेटिनमा शुक्रबार दिउँसो देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम समान्यतया सफा रहने बताइएको छ । पहाडी भू—भागका एक—दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपानको सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ ।
शनिबार देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहने उल्लेख छ । पहाडी भू—भागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू—भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको बताइएको छ ।
शनिबार राति देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू—भागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपानको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाकालागि चेतावनी तथा परामर्श भन्दै मौसम विज्ञान विभागले देशका पहाडी भू—भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू—भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेकोले उक्त क्षेत्रका वासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउन अनुरोध पनि गरेको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…