
जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको मौसमी अवस्था सार्वजनिक गर्दै कृषिजन्य कार्य गर्दा सावधानी अपनाउनु सुझाएको छ ।
आगामी २४ घण्टामा देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ ।
विभागले शुक्रबार सार्वजनिक गरेको मौसम विश्लेषणमा कृषिजन्य कार्य गर्दा सावधानी अपनाउन विभागले सुझाएको हो । शुक्रबार दिउँसो प्रदेश १, प्रलेश २, बागमनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहेन विभागले जनाएको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेका छ ।
शुक्रबार राति देशभर आंशिक देखि समान्य बदली रहने उल्लेख छ । बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार आइतबार सम्म देशभर आंशिक देखि सामान्य बदली रहेने बताइएको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…