कृषि

जुम्लाकाे काँचो स्याउ बजारमाः पहिचान गुम्ने खतरा

खलङ्गा : यहाँका स्याउ किसानले नपाक्दै स्याउ बजारमा लैजान थालेपछि गुणस्तर खस्कने खतरासमेत बढेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १० गते अगावै स्याउ नटिप्न आग्रह गरे पनि स्याउ व्यापारी र किसानले धमाधम बगैँचामा स्याउ टिप्न थालेका छन् । केही किसानले व्यापारीलाई बगैँचामै प्रतिकेजी रु ५० का दरले स्याउ बेचेका छन् । काँचो स्याउ कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत, नेपालगञ्जका बजारसम्म पुगिसकेको छ । स्याउ पूर्ण रुपमा कलर वा परिपक्का भएको छैन । गुलियोको मात्रा पनि कम छ… पुरा पढौ

ऊनको बजार सुनिश्चित भएपछि मुस्ताङी खुसी

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले मुस्ताङको दामोदरकुण्ड लोघेकर गाउँपालिकाको चराङमा च्याङ्ग्राको भुवा सङ्कलन केन्द्र स्थापना गरेपछि ऊनले बजार पाउने सुनिश्चित भएको हो । खेर गइरहेको च्याङ्ग्राको ऊनको सदुपयोग हुने, कृषकले आम्दानी लिने र पस्मिनाको कच्चापदार्थ आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।    नेपाल पस्मिना उद्योग सङ्घले स्वदेशी कच्चापदार्थ (ऊन प्रशोधन) प्रयोग गरेर पस्मिना बनाउने धागो उत्पादन गर्न चराङमा भुवा (ऊन) सङ्कलन केन्द्र स्थापना गरेको… पुरा पढौ

कोदो फल्ने बारी थलिएको छ

गलेश्वर, म्याग्दी : खेतका फाँटमा धानका गाभा भरिन थालेका छन् । धान रोपिसकेर सिँचाइ गर्नका लागि खेतमा पुगेका किसान खेतका गरामा धानसँगै उम्रिएका झार उखेल्न र खेतका आली थुनेर पानीको प्रबन्ध मिलाउन व्यस्त छन् । हरिया भएका धानका बिरुवा डुबाउने गरी खेतका गरामा भरिएको पानीले फाँटको सौन्दर्य नै बेग्लै बनेको छ ।     धानखेतीका लागि यति महत्व दिएर मरिमेट्ने म्याग्दीका किसानले नजिकको बारीमा भने कोदोखेती गरेका छैनन् । घर अगाडि र वरिपरिकै बारीमा कोदो रोपिएको छैन । कसैकसैले बारीका कान्ला र गरामा… पुरा पढौ

‘डोको बुन्ने र बाख्रा पाल्नेका हातमा १० लाख दिन्छौँ’

वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले अति निम्न किसानको हातमा रु १० लाख दिएर उद्यमी बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ ।     मन्त्रालयले हेटौँडामा आयोजना गरेको कार्यक्रममा उहाँले उक्त लगानीले कोरानाका कारण गाउँ गएका र हातमा सीप भएका विपन्न वर्गको आर्थिकस्तर उकास्ने बताउनुभयो । यस्ता लगानी साना पौरखी हातका लागि भएकाले उहाँले उक्त रकम मान्द्रो, डोको, ठेकी बनाउनेलाई उद्यमी बनाउनेतर्फउन्मुख हुनेमा जोड दिनुभयो ।    ठूलो रकम ऋण लगानी गर्दा टाठाबाठाको हातमा मात्र पुग्ने र लक्षित वर्ग प्रभावित नहुने कारण… पुरा पढौ

पोखराका ५० किसानलाई  भैँसी खरिदमा अनुदान  

पोखराका ५० किसानलाई  भैँसी खरिदमा अनुदान वितरण गरिएकाे छ । २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार लागत साझेदारीमा भैँसी प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० जना कृषकलाई जनही ३४ हजार १ सय २४ का दरले भैँसी खरिदमा अनुदान वितरण गरिएको हाे।  अनुदान वितरण  कार्यक्रममा बाेल्दै गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बरालले कृषि क्षेत्र अझै पनि परम्परावादी भएको बताए । पोखरा महानगरपालिका पशु सेवा शाखाले आइतबार पोखरामा आयोजना गरेको भैँसी खरिदमा अनुदान कार्यक्रममा अनुदान वितरण गर्दै मन्त्री बरालले कृषिलाई आधुनिकीकरण र व्यवसायीक बनाउनु पर्नेमा जाेड… पुरा पढौ

चीनको नाका बन्द हुँदा याक बिक्री भएन : आर्थिक सङ्कटमा याङ्मावासी

चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ याङ्मा क्षेत्रका गोठबाट दुई वर्षयता याकहरुको बिक्री भएको छैन । कोभिडका कारण चीनसँगको नाका बन्द भएसँगै याक बिक्री नहुँदा त्यहाँका बासिन्दाले आर्थिक सङ्कट खेप्नुपरेको छ । फक्ताङ्लुङ–७ याङ्मावासी कान्दे ग्याबु शेर्पा परिवारको दिन याकगोठमा बित्छ । उहाँको पुख्र्यौली पेशा नै हो याकपालन । शेर्पासँग ६० वटा डी (याकको माउ) छन् । याक गोठमै ६५ वर्ष बिताएकाे अनुभव छ । याङ्मागाउँमा ११ घरपरिवारको बसोबास छ । सबैको मुख्य पुर्ख्यौली पेशा याकपालन हो। यहाँका याक चीनको… पुरा पढौ

कञ्चनपुरमा उखु र धान रोपेको जग्गा बगाउन थालेपछि स्थानीयवासी चिन्तित

शुक्लाफाँटा नगरपालिका–१२ तिलकी पट्टिमा दोदा नदीले जग्गा कटान तीव्र पारेको छ । लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढेसँगै जग्गा कटान तीव्र बनाएको हो । स्थानीय किसानले लगाएका उखु र धानबालीमा नदीले क्षति पुर्‍याउन थालेको स्थानीयवासी मङ्गलप्रसाद चौधरीले बताउनुभयो।        ‘दुई दिनको अवधिमै नदीले जग्गा कटान गरी एक बिघाभन्दा बढी जग्गामा लगाएको धान र उखु बाली बगाएर लगेको छ’, उहाँले भन्नुभयो, ‘जग्गा कटान रोक्नका लागि पहल नगरिए बस्ती नै जोखिमा पर्ने देखिएको छ ।‘ उहाँका अनुसार नदीले चुन्नु चौधरीको पाँच, रामदास रानाको… पुरा पढौ

धान गोड्ने बेला पनि छैन मल, किसान चिन्तित

धानखेतका लागि रासायनिक मलखाद नपाउँदा कञ्चनपुरका किसान चिन्तित बनेका छन् । महेन्द्रनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा मलखादका लागि दैनिकजसो किसानको भीड लागे पनि मल नपाउँदा रित्तो हात फर्किनुपर्छ । कृषि सामग्री कम्पनी लिमिटेडले भने किसानको मागअनुसारको मलखाद उपलब्ध गराउन नसकेको बताएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख बलबहादुर शाहले किसान मलखादका लागि आउने गरेका भए पनि रित्तै फर्काउनु परेको जानकारी दिए । “मात्रै मलखाद चाहियो भनेर किसानले कार्यालय नै घेराउ गर्नसमेत पछि पर्दैनन्”, कार्यालय प्रमुख शाहले भने, “माथिबाटै… पुरा पढौ

हराउँदै असारे संस्कृति

धान रोप्न असारको तयारी  बैसाख,  जेठ महिनाबाटै हुन्थ्यो । धनी मानिसका गोठमा १ जोडी हल गोरु हुन्थे l  एकमानोसम्म  खान पुग्ने घरमा पनि एउटा गोरु पालिन्थ्यो । छिमेकमा परेली लगाएर बाली लगाइन्थ्यो। परेली लगाउँदा गोरुहरूको चालढाल, उचाइ, उमेर, फुर्तिलोपन तथा हिँडाइको ख्याल गरेर मिलाइन्थ्यो l  गोरुको मात्र परेली नभै बाउसे¸ रोपारहरूको समेत हलपछि हिँड्नु पर्ने हुँदा हित्तचित्त मिलेको ग्रह मिलेको हुन जरुरी थियो । ताकी सानो-तिनो भारापर्म लेनदेन उचनिचमा चित्त नफाटोस्। बर्षदिन खेत पाखो गर्नुपर्ने र मंसिरमा एकमुष्ठ धान खलोमै… पुरा पढौ

केराका कुरा : स्थानीय जातहरु लोपोन्मुख अवस्थामा

‘असल मुङ्ग्रे केरा कि त मही हवस् बेस अमिलोकिता सेता मूला कि त बरु हवस् साग उसकोअसल हुन्थ्यो धूप्मा नतर यसरी खानु कसरीभुटी ल्यायौ थाल्मा मकइ तिमीले क्यान यसरी !’  –आदिकवि भानुभक्त आचार्य माथि उल्लेखित आदिकवि भानुभक्त आचार्यका कविताका पङ्क्तिले त्यति बेलाको पहाडी खाजाको स्वादको वर्णन गरेको छ । मुङ्ग्रे केरा, मही, मूला, साग, मकै उति बेलाका खाजा हुन्। यसैभित्रको एक हो मुङ्ग्रे केरा। मलेखु चांबासको केरा पसलको शृङ्खलाले यात्रुहरूलाई मनै लोभ्याउँछ। भात खान दसैँ पर्खन पर्ने पाखो खोस्रेको घैया,… पुरा पढौ