
जेठोबुढो धान झुल्ने पोखराका फाँटहरू कङ्क्रिट जङ्गलमा परिणत हुँदै गएका छन् । यहाँका बिरुवा फाँट, कुँडहर फाँट, चाउथेफाँट यस अघि नै कङ्क्रिट जङ्गलमा परिणत भइसकेका छन् । पोखराको फेवा किनारको खहरे फाँट, खपौदी पनि उसै गरी कङ्क्रिट जङ्गल बनीसके । सेदीफाँट पनि अब भरिने क्रममा छ ।
पोखरामा अहिले सम्म जोगाउन सकिने भनेको फेवा फाँट हो । यहाँ पनि प्लटिङको रोग लागेको छ । यहाँको हर्पन खोला किनारमै पामे नजिकै प्लटिङ गरिएको छ । यसै गरी चंखपुर, भकुन्डे क्षेत्रमा पनि प्लटिङ भइरहेका छन् । फेवातालको अस्तित्व सँग जोडिएको फेवा फाँट प्लटिङ हुँदा, सिमसार पुरिदा पटक पटक सञ्चार माध्यममा समाचार आउँदा पनि महानगरपालिका, प्रदेश सरकार र सङ्घ सरकारले संरक्षणमा चासो दिएको छैन । फेवाताल जोगाउने हो भने तालको मुहानमा रहेको फेवा फाँट र सिमसार जोगाउनु पर्ने सिमसार विद्ध दीपेन्द्र जोशी बताउँछन् । सिमसार क्षेत्र भनेका तालका पानीका स्रोतहरू हुन् ।

सिमसार क्षेत्र तालको मिर्गौला पनि हो । वर्षा यामहोसकी हिउँद महिना सिमसार क्षेत्रले फोहोर हिलो, गेगर सोसेर स्वच्छ पानी तालमा पु¥याउन मद्यतगर्दछ । तर पछिल्लो समयमा फेवाको अस्तित्व नै नासिने गरी फेवाको सिरानमा दलदल क्षेत्र पुरेर प्लटिङ भइरहेको छ । फेवा जोगाउने हो भने सरकारले फेवा फाँट र सिमसार क्षेत्र अधिग्रहण गरेर संरक्षण गर्नु पने सिमसार विज्ञ बताउँछन् । तत्काल अधिग्रहण गर्न नसकिने हो भने पनि सिमसार क्षेत्र संरक्षणकालागि सरकारले कृषि भूमि घोषण गरेर धान, गहुँ, आलु, माछा पालन लगायतका कृषि उत्दान मात्र गर्ने व्यवस्था मिलाउनु पर्ने सिमसार विज्ञको सुझाव छ ।
यसकालागि सरकारले स्थानीय किसानको चित्त बुझने गरी खेती वा माछापालनकालागि पोखरी निर्माणमा आर्थिक सहयोग गर्नु पर्ने पनि विज्ञ जाेशीकाे सुझाव छ । सिँचाइ सुविधा भएका उत्पादनसिल फाँट भरिदै गएकोमा पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले चिन्ता व्यक्त गरेका छन् । पोखराका कृषि योग्य भूमि संरक्षणकालागि भू उपयोग ऐन र नियमावली अनुसार कृषि र गैह्र कृषि जग्गा वर्गीकरण गर्नु पर्ने अवस्था आएको उनले बताएका छन् । यसकालागि राज्यले कृषि क्षेत्र भनी छुट्टाइने जग्गामा मात्र सेवा सुविधा दिने र त्यस्ता किसानले मात्र यस्तो सेवा उपयोग गर्न पाइने व्यवस्था हुनुपर्नेमा कडरियाले जोड दिएका छन् । यदि फेवा फाँट जोगाउन नसकिए फेवा केही वर्षमै दुर्गन्धित पोखरीको रुपमा परिणत हुने प्रति संरक्षणकर्मी चिन्तित छन् । पोखराको फेवा फाँट लगायत फाँट यसरी मासिँदै छन् । हेर्नुहाेस तस्बिर ।





ढलको उचित निकास बिनाको अव्यवस्थित बस्तीले पोखराको बजार हुँदै फेवामा मिसिने फिर्के खोला जस्तै प्रदूर्षणको चपेटामा तालको मुख्य पानीको स्रोत हर्पन खोला पनि हुने निश्चित छ । यसो भएमा फेवाताललाई कसैले प्रदूर्षण हुनबाट जोगाउन सक्ने छैन ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…