कृषि

दशैं नजिकिए सँगै मुस्ताङका स्याउ पाेखरामा

असोज लागे संगै मुस्ताङका स्याउ पोखरामा बिक्रीका गर्न झरिएकाे छ । स्याउ नपाक्दै टिप्ने अवस्था नआओस भनेर यस अघि स्याउको पकेट क्षेत्र मुस्ताङमा असोज १ गते अघि स्याउ टिप्न नपाईने नियम बनाएको थियो । दशैं नजिकिए सँगै झर्ने मुस्ताङका स्याउ तिहारपछिकाे एक महिना सम्म रहने व्यवसायीले बताएका छन् । असोज लागे संगै अहिले मुस्ताङका स्याउ धमाधम टिपेर पोखरा लगायतका बजारमा व्यापारीले लग्न थालेका छन् । मुस्ताङका स्याउ पोखरा, काठमाडौं लगायतका सहरमा बिक्री हुन्छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस… पुरा पढौ

मनाङका स्याउ बजार पु-याउन सकस

यसवर्ष जिल्लामा उत्पादित स्याउ बजारमा पुग्न सकिरहेका छैनन् । विगतका वर्षमा भदौ महिना लाग्नासाथ स्याउ बजारमा पु-याउन सुरु गरिन्थ्यो । साउनकाे पहिलाे साता परेकाे अविरल वर्षा पछिकाे बाढीले सडक, पुल ध्वस्त पारेपछि याे समस्या आएको हो । नासों गाउँपालिका–९ स्थित दानाक्यु एग्रो फार्म प्रालिका सञ्चालक राजु गुरुङले सडक नहुँदा यसवर्ष स्याउ टिप्न र बजारसम्म पु-याउन ढिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो “विगतका वर्षमा यतिखेर स्याउ टिप्न चटोरो हुन्थ्यो । यसवर्ष स्याउ टिप्न र बजार लैजान सक्ने अवस्था छैन । कतै… पुरा पढौ

खाद्य अधिकार ऐन र नियमावलीमा मात्र होइन व्यवहारमै कार्यान्वयन हुनु पर्छ —प्रमुख सचिव रेग्मी

पोखरा : खाद्य अधिकार, खाद्य सम्प्रभुता र खाद्य सुरक्षाका लागि नीतिगत सुधार गर्दै कार्यान्वयन पक्षमा सरोकारवालाले जोड दिएका छन् । पोखरामा सोमबार भएको खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन कार्यान्वयन तथा नियमावली तर्जुमा सम्बन्धी अभिमुखीकरण तथा परामर्श गोष्ठीमा ऐन, नियमावली र कानुन बन्ने तर कार्यान्वयन नहुने गरेको भन्दै कार्यान्वयन पक्षमा सरोकारवालाले जोड दिए ।  गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढाले ऐन बनेको तीन वर्षपछि बल्ल खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन कार्यान्वयन तथा नियमावली तर्जुमा… पुरा पढौ

मुस्ताङको स्याउः असोजमा मात्रै बजारमा

भदौ लागेपछि मुस्ताङमा व्यापारीको चहलपहल बढेको छ । कोही स्याउका बगान हेरेर फर्किएका छन् भने कोही बैंदो लगाएर । किसान र व्यापारीको भेट भइरहेको भएपनि मुस्ताङको स्याउ बजारमा आउन अझै केही दिन लाग्ने स्थानीवासीको भनाइ छ । कोरोना भाइरस सङ्क्रमण त्रासका कारण जारी निषेधाज्ञा केही खुकुलो भएपछि स्याउ बगान खरिद गर्न बाहिरी जिल्लाबाट व्यापारी मुस्ताङ पुगेका छन् । निरन्तरको वर्षा र बाढीपहिराले पनि व्यापारी यस वर्ष ढिलो गरी मुस्ताङ पुगेका हुन् । मुस्ताङको स्याउ तीज अघि नै बजारमा ल्याउने व्यापारीको… पुरा पढौ

मजदुर आन्दोलनले गाई भैँसी भोकै

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा कार्यरत दैनिक ज्यालादारी मजदुरले आन्दोलन गरेपछि त्यहाँ पालिएका गाई भैँसी भोकै भएका छन् । गोठमा काम गर्ने करार र स्थायी मजदुरलाई पनि आन्दोलनरत मजदुरले नियमित काम गर्न नदिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयमा ११५ जना दैनिक ज्यालादारीमा काम गर्ने मजदुर रहेका छन् । उनीहरुको माग करार नियुक्ति पाउनुपर्ने छ । आन्दोलनरत मजदुरले यही भदौ २० गते विश्वविद्यालयको केन्द्रीय कार्यालय, डिन, सहायक डिन र प्रशासकको कार्यकक्षमा तालाबन्दी गरेर आन्दोलन थालेका हुन् । विश्वविद्यालयको पशुविज्ञान, पशुचिकित्सा… पुरा पढौ

अत्यावश्यक वस्तुको मनपरि मूल्य

लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरि मूल्य लिने गरेको पाइएको छ । न्यूरोड, त्रिभुवनचोक, सुर्खेतरोड, अस्पताल क्षेत्र, गणेशमान चोकमा रहेका विशेषतः खाद्य वस्तुका पसलले सामानको कृत्रिम अभाव देखाएर बढी मूल्य लिने गरेको उपभोक्ताहरु बताउँछन् । बढी मूल्य लिएको गुनासो गर्ने उपभोक्तालाई सामान नदिएर खाली हात फर्काउने गरेको नेपालगञ्ज–१३ लक्ष्मण केसीले बताउनुभयो । उहाँका अनुसार लकडाउनअघिसम्म डेरीबाट रु एक हजार लिटरमा पाउँदै आएको घ्यूलाई प्रतिलिटर अहिले रु एक हजार ६० मा बिक्री गर्ने गरिएको छ… पुरा पढौ

सीमानाका बन्द हुँदा याक बढे

पछिल्लो समय ताप्लेजुङमा याकका सङ्ख्यामा वृद्धि भएको छ । हिमाली क्षेत्रका बासिन्दाले पुर्खौली पेसाका रुपमा यसलाई पालन गर्दै आएका छन् । पछिल्लो दुईवर्षदेखि याकको कोरोनाका कारणले चीनतर्फ निर्यात भएको छैन । सीमानाका बन्द भएसँगै यसका सङ्ख्यामा वृद्धि भएको बताइएको छ । फक्ताङलुङ गाउँपालिका–७ याङमाका कान्दे ग्याबु शेर्पासँग दुई वर्ष अगाडि ३२ याक थियो । अहिले उहाँसँग ६४ छन् । उहाँले भन्नुभयो, “दुई वर्ष भयो ,याक बिक्री भएको छैन । कोरोनाका कारणले चीनसँगको नाका बन्द छ ।” यसैगरी फिन्चो शेर्पाले गोठबाट… पुरा पढौ

गाईभैँसीलाई पोषण भत्ता !

जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकालाई पशुपालनको माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सञ्चालन गरेको ब्याएका गाईभँैसीलाई पोषण भत्ता दिने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कृत्रिम गर्भाधानबाट गाईभँैसीको नश्ल सुधार गरी उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको हो । गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख दीपक श्रेष्ठले कृत्रिम गर्भाधान सेवाप्रति आकर्षण बढाएर पाडापाडी र बाछाबाछी पाल्नेलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम सञ्चालन गरेको जानकारीदिनुभयो । “कृत्रिम गर्भाधान गराएका गाईँभैसीबाट जन्मिएका पाडापाडी… पुरा पढौ

किटनाशक विषादीको विकल्पमा ‘जैविक विषादी’

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ का स्थानीय किसान देविका खड्काले अचेल कृषि बालीमा किटनाशक विषादी प्रयोग गर्न छाड्नुभएको छ । उहाँले एग्रोभेटको सुझावअनुसार भिटामिन प्रयोग गरे पनि किटनाशक विषादीको स्थानमा जैविक विषादी प्रयोग गर्दै आउनुभएको छ । “बालीमा कीरा वा रोग लागे सोअनुसार तितेपाती, क्यातुके, गाईको गहुँत मिसाएर २२ दिनसम्म पकाएर कालो कपडाले छोपी हावा जान नदिएर बनाएको स्थानीय विषादी प्रयोग गर्छु । रसायनिक किटनाशक विषादी हालेको तरकारी आफू पनि खान्न, अरुलाई खुवाउनुहुँदैन”, उहाँले भन्नुभयो । सूर्यविनायक नगरपालिका–७ कै अर्का किसान सुमित्रा… पुरा पढौ

रानीखेत रोगले मर्न थाले कुखुरा

दैनिक १५ कुखुरा मर्ने गरेपछि किसानको कुखुरा फार्म खोल्ने धोको अधुरै रहने भएको छ । सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा रानीखेत र निमोनिया रोगले धमाधम कुखुरा मर्ने गरेपछि सो ठाउँका किसानको कुखुरा फार्म खोल्ने रहर अधुरै रहेको हो । लामो समयदेखि कुखुरापालन व्यवसायी गरी आर्थिक आम्दानी गर्ने स्रोत कुखुरापालन थियो तर किसानले जानकारी नै नपाएको रोग आएपछि आफ्नो व्यवसाय गरेर मनग्य आम्दानी गर्ने योजना चौपट भएको स्थानीय किसान बाँचबहादुर सुनारले दुःखेसो पोख्नुभयो । सुनारले भन्नुभभयो,“सदरमुकाम सिमकोटसँगै जोडिएको वडा हुँदा पनि… पुरा पढौ