
धान भित्रयाउने बेलामा देशको अधिकांश क्षेत्रमा वर्षा हुँदा काट्न ठिक्क परेको धानलाई क्षति पुर्याएको छ । धान उत्पादनको मुख्य क्षेत्र तराई देखि पहाड सम्म नै मंसिरको झरीले धानलाई क्षति पुर्याएको हो ।
रुपन्देहीको तिलोत्तमा, आमसतिया, सियारी लगायतका क्षेत्रमा पानीले धान डुबानमा परेर नष्ट गरेको किसानले बताएका छन् । यसै गरी तराईका विभिन्न जिल्लाको साथै पहाडी जिल्लामा पनि बेमौसमी वर्षाले भित्रयाउन ठिक्क परेको धानलाई क्षति पु¥याएको हो । कास्की जिल्लाको हेमजा, लेखनाथ क्षेत्रमा चाँडो पाक्ने धानलाई क्षति पुर्याएको छ ।
हाइब्रिड धान उपज, युएस ११२ लगायतका धानमा वर्षाले क्षति पुर्याएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । लेखनाथको फाँटमा किसानले दसैं अघि नै काटेर खेतमा सुकाएको धाने वर्षाको कारण डुबानमा परेको स्थानीय किसान कमल अधिकारीले बताए । हेमजामा पनि काटेर खेतमा सुकाएको हाइब्रिड धानलाई पानीले क्षति पुर्याएको स्थानीय किसानले बताएका छन् । पोखराको रैथाने पोखरेली जेठोबुढो धान भने कार्तिक दोस्रो साता देखि काट्न सुरु हुन्छ । वर्षा र हावाहुरीले जेठोबुढो धान पनि ढल्ने समस्या आएको किसानले बताएका छन् ।
देशको अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षा भइरहेको जनाएको छ । देशका उच्च हिमाली भूभागहरूका केसी स्थानमा हल्का देखि मध्यम र बाँकी हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपात समेत हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
समाचार तस्बिर : पानी परेपछी काटेकाे धानमा पुगेकाे क्षति अवलाेकन गर्दै पाेखराकाे लेखनाथकी किसान । तस्बिर : कमल अधिकारी ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…