
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरी दसैं सुरु हुन्छ । दसैंमा घर, घर वरपर सफा गरिन्छ । अरू बेलामा फुर्सद नभए पनि दसैंमा घरमा रङ् रोगन गरेर चिटिक्क पारिन्छ । पहिले पहिले पुराना नेपाली परम्परागत घरमा रातो माटोले लिपेर चिटिक्क पारिन्थ्यो ।
अहिले नयाँ कंक्रिट भवनले सहर बजारमा मात्र होइन गाउँमा समेत त्यो स्थान लिए छन् । दसैंमा मिठो, स्वादिलो खाने चलन पहिले देखिकै हो । यति बेला देशभरका बजारमा घुइँचो लागेका छन् । बजारमा मान्छेको घुइँचो लागेपनि कोरोनाका कारण आम्दानी घटेपछि व्यापार भने पहिलेका वर्ष जस्तो नभएको व्यवसायीले बताएका छन् । पोखरामा दसैंको अर्को मुख्य विशेषता हिमाली बाख्रा (च्याङ्ग्रा) हो । दसैंको घटस्थापना देखि हिमाली भेडा, च्याङ्ग्रा पोखरामा भित्रिन सुरु हुन्छ ।

दसैंमा च्याङ्ग्रा पहिलो रोजाईमा पर्छ । हिमाली क्षेत्रमा जडीबुटी खाएका च्याङ्ग्रा स्वास्थ्यकालागि पनि लाभदायक हुन्छ भन्ने मान्यताले पोखरेलीले वर्षमा एक पटक पोखरा भित्रिने च्याङ्ग्रा पहिलो रोजाईमा पर्दै आएको हो । च्याङ्ग्राको मासु नआएसम्म दसैं आएजस्तो नहुने पोखरेलीमाझ भनाइ नै छ । यतिबेला पोखराको पुरानो टुँडिखेल, जौबारी, याम्दी, हेम्जाको सडक खण्डको करिव ६ किलोमिटर सडक खण्डको छेउछाउ च्याङ्ग्रामय भएका छ । च्याङ्ग्रा किन्नेको मेला नै लागेको छ । यति बेला पोखरामा दसैं लक्षित गरेर आइतबार सम्म ८२ सय भेडा च्याङ्ग्रा भित्रिएको पोखरा महानगरपालिकाका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिए । ७ हजार च्याङ्ग्रा र १२ सय भेडा आइतबार सम्म पोखरामा भित्रिएको हो ।

पोखरामा भेडा च्याङ्ग्रा भित्रिने क्रम नवमी सम्म हुने गर्दछ । गत वर्ष दसैं भरि २५ हजार भेडा च्याङ्ग्रा भित्रिएको पनि उनले बताए । मुस्ताङ, दार्चुला, डोल्पा, बझाङ लगायतका हिमाली क्षेत्रबाट पोखरामा भेडा च्याङ्ग्रा भित्रिएको अधिकारीले जानकारी दिए । खसी, बोका भने अहिले सम्म दसैंकालागि ६५ सय भित्रिएको र भित्रिने क्रम जारी रहेको अधिकारीले बताए ।यस वर्ष भेडा च्याङ्ग्रा किनेर खानै नसक्ने गरी महँगो भएको भेडा च्याङ्ग्रा किन्न पुगेका उपभोक्ताले बताएका छन् । गत वर्ष प्रति च्याङ्ग्रा रोजेर ३१ हजार रुपैयाँ सम्म पाइएकोमा यस वर्ष मूल्य बढेर रोजेर किन्दा ४५ हजार रुपैयाँ पुगेको पोखरा लामाचौरका गुप्त बहादुर थापाले बताए ।
यही मूल्य हिसाब गर्दा च्याङ्ग्राको मूल्य प्रति किलो २ हजार रुपैयाँ बढी बस्ने उनले सुनाए । पोखरेलीको दसैंमा च्याङ्ग्रा खाने संस्कृति महँगीको मारमा परेको उनले बताए । १० वर्ष अघि प्रति गोटा सम्म ६÷७ हजारमा पाइने च्याङ्ग्रा प्रत्येक वर्ष मूल्य वृद्धि हुँदै अहिले त किनेर खानै नसक्ने गरी मूल्य बढेको पोखरा ८ सिमलचौरका गमबहादुर पुनले बताए । मुस्ताङमा च्याङ्ग्रा खरिदमै यस वर्ष महँगो भएकोले मूल्य बढेको व्यवसायी ईन्द्र प्रसाद ढकालले सुनाए ।
८३ वटा च्याङ्ग्रा मुस्ताङबाट ल्याउँदा १५ हजार बढी गाविस,स्थानीय क्लब, भेटनेरी लगायतलाई विभिन्न कर समेत तिर्न परेको उनले सुनाए । चीनको तिब्बतबाट मुस्ताङ हुँदै पोखरा सम्म भेडा च्याङ्ग्रा आइपुग्थे । यस वर्ष चीनबाट भेडा च्याङ्ग्रा नभित्रनुले पनि कम संख्यामा पोखरामा भित्रदा र उतै खरिद महँगो पर्न जाँदा यस वर्ष महँगो भएको व्यवसायीले बताएका छन् । रोजी च्याङ्ग्रालाई मुस्ताङमै ३८ हजार ५ सय सम्म परेको र विभिन्न ठाउँमा कर समेत तिर्नु पर्दा मूल्य बढेको उनले सुनाए ।




पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…