
गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले यस प्रदेशका सबै उच्च पहाडी क्षेत्रमा व्यवसायिक टिम्मुर खेतीको विस्तार गर्नुपर्ने बताएका छन् । व्यवसायिक टिम्मुर खेतीले किसानलाई स्वरोजगार बनाउनुका साथै वैदेशिक मुद्रा आर्जनमा सहयोग पुग्ने भएकोले व्यवसायिक टिमुर खेती गर्न मन्त्री थापाले सुझाएका हुन् ।
मन्त्री थापा स्याङ्जाको पञ्चमुुलमा गरिएको व्यवसायिक टिमुर खेतीको अवलोकन गरेका थिए । टिमुर खेतीको अवलोकन पछि डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालयका अधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री थापाले टिमुर खेतीका जोड दिएका हुन् । ‘हामीमा अझैसम्म पनि सानो सानो कृषि कर्मबाट मनग्ये आम्दानी हुन्छ भन्ने सोचको विकास हुन सकेको छैन ।’ अन्तरक्रियामा मन्त्री थापाले भने, ‘नागरिकहरू टिमुर खेतीलाई सानो कामको रूपमा लिन्छन्, तर यसको व्यवसायिक खेती र निकासीले अर्थतन्त्रको विकासमा योगदान दिईरहेको हुन्छ ।’
पछिल्लो समय गण्डकी प्रदेशका केही किसानमा व्यवसायिक टिम्मुर खेतीप्रति केही आकर्षण बढेको देखिएको मन्त्री थापाले बताए । ११ सय देखि २५ सय मिटर सम्म उचाइ भएको सबै भूगोलमा यसको खेती गर्न सके राम्रो वैदेशिक मुद्रा आर्जन गर्न सकिन्छ । यसलाई प्रशोधन गरेर तेल वा कच्चा पदार्थको रूपमा पनि विदेश निर्यात गर्न सकिने भएकोले दिगो आम्दानीको लागि उच्च पहाडी भागमा बसोबास गर्नेहरूका लागि यो वरदान साबित हुने मन्त्री थापाले बताए ।
डिभिजन बन कार्यालय स्याङ्जाले पञ्चमुलको थाप्ले क्षेत्रमा १० हेक्टर निजी जग्गामा करिब १५ हजार १५ हजार टिम्मुरका बिरुवा रोपेको छ । कार्यालयका सहायक वन अधिकृत वसन्त केशव अधिकारीका अनुसार उक्त जग्गामा लगाइएको मध्ये ९५ प्रतिशत बिरुवा राम्रो देखिएका छन् । अबको तीन वर्षपछि ती बिरुवाले उत्पादन दिने उनले बताए ।
विज्ञहरूका अनुसार एक हेक्टर जमिनमा करिब २ देखि ४ हजार केजी टिम्मुर फल्दछ । नेपालमा यसको बजार मूल्य २ देखि ३ सय रुपैंया प्रतिकेजी रहेको छ ।
अन्तरक्रियाका क्रममा डिभिजन वन कार्यालयका स्याङ्जाका प्रमुख तोयनाथ पौडेलले कार्यालयले जिल्लाका अन्य क्षेत्रमा टिमुर खेतीको लागि सम्भाव्यता अध्ययन गरिरहेको र कार्यालयले सम्पादन गरिरहेका कामहरूको बारेमा जानकारी गराएका थिए ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…