
असोज लागे संगै मुस्ताङका स्याउ पोखरामा बिक्रीका गर्न झरिएकाे छ । स्याउ नपाक्दै टिप्ने अवस्था नआओस भनेर यस अघि स्याउको पकेट क्षेत्र मुस्ताङमा असोज १ गते अघि स्याउ टिप्न नपाईने नियम बनाएको थियो । दशैं नजिकिए सँगै झर्ने मुस्ताङका स्याउ तिहारपछिकाे एक महिना सम्म रहने व्यवसायीले बताएका छन् ।
असोज लागे संगै अहिले मुस्ताङका स्याउ धमाधम टिपेर पोखरा लगायतका बजारमा व्यापारीले लग्न थालेका छन् । मुस्ताङका स्याउ पोखरा, काठमाडौं लगायतका सहरमा बिक्री हुन्छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष गत वर्षको तुलनामा मुस्ताङमा ५ प्रतिशतले स्याउ उत्पादनमा बृद्धि भएको छ । गत वर्ष ५ हजार एक सय मेट्रिक टन स्याउ फलेको बताइएको छ । मुस्ताङमा समुन्द्र सतहदेखि २ हजार सय मिटरदेखि ३ हजार ८ सय मिटरसम्म स्याउ फल्छ ।

असोजको पहिलो साता देखि पोखरामा स्याउ आउन थालेको पोखराको व्यवसायी हरि शर्माले बताए । मुस्ताङको स्याउले तीन महिना पोखराको ९० प्रतिशत सम्म बजार ओगट्ने उनले बताए । त्यती बेला पोखरामा भारतीय र चिनियाँ स्याउ थोरैमात्रामा मात्र आउने पनि उनले सुनाए । अन्य बेला भने पोखरामा चीन, भारत, युरोप लगायतबाट समेत स्याउ आइपुग्ने उनले सुनाए ।



२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…