कृषि

हराउँदै असारे संस्कृति

धान रोप्न असारको तयारी  बैसाख,  जेठ महिनाबाटै हुन्थ्यो । धनी मानिसका गोठमा १ जोडी हल गोरु हुन्थे l  एकमानोसम्म  खान पुग्ने घरमा पनि एउटा गोरु पालिन्थ्यो । छिमेकमा परेली लगाएर बाली लगाइन्थ्यो। परेली लगाउँदा गोरुहरूको चालढाल, उचाइ, उमेर, फुर्तिलोपन तथा हिँडाइको ख्याल गरेर मिलाइन्थ्यो l  गोरुको मात्र परेली नभै बाउसे¸ रोपारहरूको समेत हलपछि हिँड्नु पर्ने हुँदा हित्तचित्त मिलेको ग्रह मिलेको हुन जरुरी थियो । ताकी सानो-तिनो भारापर्म लेनदेन उचनिचमा चित्त नफाटोस्। बर्षदिन खेत पाखो गर्नुपर्ने र मंसिरमा एकमुष्ठ धान खलोमै… पुरा पढौ

केराका कुरा : स्थानीय जातहरु लोपोन्मुख अवस्थामा

‘असल मुङ्ग्रे केरा कि त मही हवस् बेस अमिलोकिता सेता मूला कि त बरु हवस् साग उसकोअसल हुन्थ्यो धूप्मा नतर यसरी खानु कसरीभुटी ल्यायौ थाल्मा मकइ तिमीले क्यान यसरी !’  –आदिकवि भानुभक्त आचार्य माथि उल्लेखित आदिकवि भानुभक्त आचार्यका कविताका पङ्क्तिले त्यति बेलाको पहाडी खाजाको स्वादको वर्णन गरेको छ । मुङ्ग्रे केरा, मही, मूला, साग, मकै उति बेलाका खाजा हुन्। यसैभित्रको एक हो मुङ्ग्रे केरा। मलेखु चांबासको केरा पसलको शृङ्खलाले यात्रुहरूलाई मनै लोभ्याउँछ। भात खान दसैँ पर्खन पर्ने पाखो खोस्रेको घैया,… पुरा पढौ

बेल्जियमबाट फर्केर तरकारी र तरबुजा खेतीमा रमाएका किसान कार्की

रोजगारको सिलसिलामा बेल्जियम पुगेका भीष्म कार्कीको सेवा सुविधा राम्रो थियो । ग्रिन कार्ड पनि पाउँदै थिए । त्यहाँको एक स्टोरमा उनी काम गर्थे । राम्रो काम देखेर उनलाई कम्पनीले राम्रै तलब दिएको थियो । बेल्जियम रहँदा उनले महिनामा अढाई लाखसम्म बचाएर घर पठाउँथे।  दुई छोरा र एक छोरीको पढाइ लेखाइ उतारे । छोराछोरी र परिवार उतै बोलाउनु भन्दा देशमै फर्केर आमाबुवाको सेवा गर्ने र परिवारका साथ बस्ने निर्णयमा उनी पुगे । २०५८ मा बेल्जियम गएको उनी ९ वर्ष बेल्जियम बसाइपछि… पुरा पढौ

चमेरालाई फलफूल सखाप पार्ने भनेर आरोप मात्र लगाउने कि जोगाउने पनि

नेपालको वहुसंख्यक जनसंख्या कृषिमा संलग्न छ र मनसुनको आवागमनसँग खेतबारीमा कामको चटारो बढेको छ। यो मौसममा धेरै किराफट्याङ्ग्रा पनि घरभित्र आउँछन्। यसैबेला राति बत्तीको उज्यालो वरिपरि चमेरा घुमेको र किराफट्याङ्ग्रा समातेको¸मकैको चाङ्गमा लाग्ने घनपुतला समातेको र झुन्डिएर खाएको परिदृश्य गाउँ घरतिर देख्न सकिन्छ। सन २०१४ को एक अध्ययनअनुसार विश्वभरि बार्षिक खाद्य उत्पादनको १८ देखि २६ प्रतिशत किराफट्याङ्ग्राले नोक्सान गर्छ जसको मूल्य ४ सय ७० अर्व डलर बराबर हुन्छ। किराफट्याङ्ग्राले खेतबारीमा बाली नोक्सान गर्छन् र बालीमा विभिन्न किसिमका रोग सार्छन् ।… पुरा पढौ

फेवा फाँट वरपरका किसानलाई राेपाइँकाे चटारो (फोटो फिचर)

मानो रोपेर मुरी उब्‍जाउने यो समयमा पाेखराका किसान धान राेप्न व्यस्त छन् । पाेखरामा जेठको तेस्रो हप्ता देखि पानी पर्न थालेपछि यहाँका किसान आली र खेल खन्न, हलाे जाेत्न र धान राेप्न व्यस्त छन्।   कोरोना संक्रमणका कारण देश लकडाउनमा भए पनि किसानको दैनिकी भने फेरिएको छैन्। किसानले सबैको बाँच्ने आधार खाद्यान्न, तरकारी, पशुपालनको काम निरन्तर रूपमा गर्दै आएका छन्। फेवा फाँटको मुहान क्षेत्रमा जेठको दोस्रो हप्तादेखि नै धान रोप्न सुरु हुन्छ। यहाँका दलदल र ढाभ तथा गैरी खेतमा अलिअलि पानी पर्न… पुरा पढौ

बढ्याे कृषिको बजेट

काठमाडौं । सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गरेका हुन् । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको हाे । चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ । सरकारले घोषणा गरेको यो बजेट रासायनिक मल खरीद गर्न दिइएको अनुदान सहित… पुरा पढौ

संरक्षण अभियान : दुई वर्षमा ३५० गाई बाछाको उद्धार

काठमाण्डौं l नेपाल भर पछिल्लो समयमा गाई, बाछा हेला भएका छन् । किसानले गाईले दूध दिइन्जेल पाल्ने र दूध दिन छाडेपछि सडकमा छाड्ने प्रचलन बढेको छ । यसै गरी गाईले बाछी पाए राख्ने, बाछो पाए दूध खाँदा खाँदैको अवस्थामा सडकमा छाड्दिने चलन बढेको छ । यसैले सहरका सडकमा साना बाछा पनि अलपत्र अवस्थामा भेटिन्छन् ।   पछिल्लो समयमा सहरका खेतबारी कङ्क्रिट जङ्गलमा परिणत भएका छन् । खेतबारी भएका  किसानले पनि गोरुको ठाउँमा ट्याक्टरको प्रयोग गर्न थालेपछि लोकल गाईका बाछा हेला हुँदै… पुरा पढौ

किसान जाेडीको लाेभलाग्दाे मेहनत : तरकारीकाे आम्दानीबाट छोरी डाक्टर र छोरा इन्जिनियर

पोखरा ११ फूलबारीकी भगवती १८ वर्षको उमेरमा हेम्जाका युवा कृष्ण बजगाईँसँग नाता जोड्दै घर सम्हाल्न आइपुगिन्। यसपछि यी जोडी पढाइसँगै खेती किसानीमा पनि जुटे। घर परिवार सम्हाल्दै तरकारीका बिरुवा रोप्ने, धान, मकै लगायतका फसल उत्पादनमा निरन्तर सङ्घर्ष गरिरहेका छन्। जोमसोम लगायत, अन्नपूर्ण पदयात्रा जाने पर्यटक सराङकोट र हेम्जा भएर जान्थे । २०४२ सालमा चीन सरकारको सहयोगमा पोखरा-बागलुङ राजमार्गकाे  ट्रयाक खुल्यो । त्यसपछि बल्ल पोखरा र बागलुङ सँग सडक सञ्जालमा जोडिएको हो हेम्जा। २०४८ सालमा सडक कालोपत्रे बनेपछि पोखरासँगको सम्पर्क थप… पुरा पढौ

पशुपन्छी क्षेत्रमा अनुसन्धानका कार्य शुरु

काठमाण्डाै : अन्तराष्ट्रिय पशुपन्छी अनुसन्धान संस्था(आइएलआरआई) को नेपालमा सम्पर्क कार्यालय स्थापना भएको छ ।  गत शुक्रबार ललितपुरको होटल हिमालयमा कार्यक्रम गर्दै पशुपन्छी क्षेत्रमा अनुसन्धान कार्य शुरु भएको घोषणा गरिएको हाे । पशुपालन क्षेत्रमा ‘अनुसन्धान र विकास’ को अवधारणासहित विश्वका विभिन्न देशहरुमा कार्य गरिरहेको अन्तर्राष्ट्रिय कृषि अनुसन्धानमा परामर्श समूह (CGIAR) अन्तर्गतको संस्था हाे। यस संस्थाले विकासोन्मुख देशहरुमा चुस्त, सुरक्षित र दिगो पशुपालन मार्फत खाद्य तथा पोषण सुरक्षा र गरिबी निवारणका क्षेत्रहरुमा कार्य गर्दै आएको छ।  नेपाल सरकारसँगको सहकार्यमा ऋन्क्ष्ब्च् अन्तर्गत विभिन्न… पुरा पढौ

स्याङजाको पकान फाँटमा आलु महोत्सव

आलुको बजारीकरण र प्रवद्र्धन गर्ने उदेश्यले भीरकोट नगरपालिका ५ पकान फाँटमा आलु महोत्सवको आयोजना गरिएको छ । ‘सुन्दर ठाँउ पकान जाउँ, आलुको परिकार खाँउ’ भन्ने नाराका साथ जिल्लामै पहिलो पटक भीरकोटले आलु महोत्सव भएको हो ।  दुई दिने महोत्सवमा ५० टन आलुको कारोबार भएको आयोजकले बताएका छन् । महोत्सव १५ हजारभन्दा बढीले अवलोकन गरेका छन्। महोत्सवमा सहभागीले आलुका १८ किसिमका परिकारका स्वाद लिने गरी परिकार तयार गरिएको थियो । आलुका परिकार बनाउन सीप तथा आलु बिक्री तथा प्रर्दशनीसहित प्रतियोगिता समेत… पुरा पढौ