
काठमाण्डाै : अन्तराष्ट्रिय पशुपन्छी अनुसन्धान संस्था(आइएलआरआई) को नेपालमा सम्पर्क कार्यालय स्थापना भएको छ । गत शुक्रबार ललितपुरको होटल हिमालयमा कार्यक्रम गर्दै पशुपन्छी क्षेत्रमा अनुसन्धान कार्य शुरु भएको घोषणा गरिएको हाे ।
पशुपालन क्षेत्रमा ‘अनुसन्धान र विकास’ को अवधारणासहित विश्वका विभिन्न देशहरुमा कार्य गरिरहेको अन्तर्राष्ट्रिय कृषि अनुसन्धानमा परामर्श समूह (CGIAR) अन्तर्गतको संस्था हाे। यस संस्थाले विकासोन्मुख देशहरुमा चुस्त, सुरक्षित र दिगो पशुपालन मार्फत खाद्य तथा पोषण सुरक्षा र गरिबी निवारणका क्षेत्रहरुमा कार्य गर्दै आएको छ।
नेपाल सरकारसँगको सहकार्यमा ऋन्क्ष्ब्च् अन्तर्गत विभिन्न विधामा चारवटा संस्था कार्यरत रहेकोमा केन्या र इथियोपियामा केन्द्रीय कार्यालय रहेको (आइएलआरआई) ले माघ ५, २०७७ (तदनुसार १८ जेनेवरी २०२१) बाट नेपालमा सम्पर्क कार्यालय स्थापना गरी कार्य प्रारम्भ गरेको छ।
अन्तर्राष्ट्रियस्तरमा पशुपन्छी तथा जनस्वास्थ्यको क्षेत्रमा तथ्यमा आधारित नीति निर्माण गर्न तथा समस्याहरुको समाधान केन्द्रित हुने गरी अनुसन्धान कार्य संचालन गर्ने यस संस्थाले नेपालमा कार्य सञ्चालन गरेपश्चात पशुपन्छीपालन, एक स्वास्थ्य तथा खाद्य स्वच्छताका क्षेत्रहरुमा अनुसन्धानका कार्यको प्रभावकारिता एवं विश्वसनियतामा वृद्धि हुने अपेक्षा गरिएको छ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…