
गण्डकी प्रदेशमा किसान सूचीकरण तयारी सुरु भएको छ। किसान सूचीकरणको तयारीका क्रममा पोखरामा मंगलबारदेखि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सुरु भएको हो। नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजना र गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा पोखरामा किसान सूचीकरणका लागि अभिमुखीकरण कार्यक्रम सुरु भएको हो। कृषि क्षेत्रका योजना तथा कार्यक्रम वैज्ञानिक, पारदर्शी र प्रभावकारी बनाउन किसानको तथ्यांक संकलन महत्त्वपूर्ण छ।
नेपालको संविधान धारा ३६ खाद्यसम्बन्धी हकको व्यवस्था कार्यान्वयनका लागि पनि सूचीकरण महत्त्वपूर्ण हुने कार्यक्रमका सहभागीले बताए। कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका मन्त्री लेकबहादुर थापाले सही तथ्यांक आउने गरी घरघरमा गएर तथ्यांक संकलन गर्नुपर्नेमा जोड दिए। अर्काको जमिनमा जीवनभर काम गर्ने भूमिहीन, ज्यालादारी, थोरै जमिन भएका साना किसान, व्यावसायिक किसान कोही पनि छुट्न नहुने मन्त्री थापाले सुझाए। वर्गीकरण गरेपछि किसान सुरक्षा कार्यक्रमअन्तर्गत कृषि पेन्सन सरकारले दिनुपर्ने उनले बताए।
गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शवनम शिवाकोटीले कृषि क्षेत्रलाई वैज्ञानिक र पारदर्शी बनाउन सूचीकरण महत्त्वपूर्ण हुने बताइन्। एकपटक सूचीकरण गरेपछि यत्तिकै छाड्ने गर्न नहुने बताउँदै नियमित रूपमा अपडेट गर्ने गरी अघि बढ्नुपर्नेमा उनले जोड दिइन्।



हिमालपारिका जिल्ला मनाङ र मुस्ताङ रेन स्याडो जोन अर्थात् न्यूनवर्षा हुने जिल्लामा पर्छन् । यसैले यहाँका घरहरूका छत माटोले…
हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…