
पोखरा : कुनै बेला जलारीले फेवातालबाट दैनिक २ हजार ३ सय किलोसम्म माछा मार्थे। त्यसबाटै करिब १ सय परिवारको रोजीरोटी चल्थ्यो। दुई चार हजारको खांँचो नै पर्दैनथ्यो। अहिले भने फेवामा माछा पाउनै मुस्किल छ। हिउँदका दिनमा पनि मुस्किलले २ सय किलोसम्म मात्रै माछा हात पर्ने गरेको उनीहरूको गुनासो छ।
फेवा पुरिँदै जानु, प्रदूषण बढ्दै जानु र माछाका चरिचरन मासिँदै जाँदा माछा कम हुँदै गएको जलारीहरू बताउँछन्। ताल पुरिँदै जाँदा र प्रदूषणको चपेटामा पर्दा जैविक विविधतामा असर गरेको छ । जैविक विविधता महासन्धि १९९२ को धारा २ अनुसार पृथ्वीको जल, स्थल र आकाशमा आफ्नो जीवनयापन गर्ने सम्पूर्ण, जीव, जन्तु, वनस्पति र मानवबिचको सहअस्तित्व तथा अन्तरसम्बन्धमा रहेको विविधता नै जैविक विविधता हो भनेको छ । तर मानवीय व्यवहारका कारण पानीका स्रोत संकटमा पर्दा पानीमा आस्रीत जैविक विविधतामा पनि असर पर्दै गएको छ ।
फेवातालमा माछा मारेर पुस्तौंदेखि जीवन निर्वाह गर्दै आएका जलारी समुदाय ताल पुरिने क्रम तीव्र भएपछि चिन्तित छन्। कतै परम्परागत पेसा नै संकटमा पर्ने त होइन भन्ने उनीहरूमा चिन्ता छ। ताल पुरिँदा र प्रदूषणको चपेटामा पर्दै जाँदा माछाको उत्पादन घट्ने र व्यवसायमा संकट उत्पन्न भएको हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारीले बताए। फेवातालको माछा मारेर ताल किनारमा बस्ने १ सय घर परिवारको दैनिकी चल्ने गरे पनि माछा उत्पादनमा कमी हुँदा समस्या पर्दै गएको उनले बताए।
तालको क्षेत्रफल घट्नु, प्रदूषण बढ्नु, माछाका चरिचरन, घोल, मासिनुलगायतका कारण तालमा माछा र हिउँदमा जाडो छल्न आउने चराको संख्या पनि घटेको अध्यक्ष ज्ञानबहादुरले बताए। २० वर्षअघि हिउँदमा दैनिक २३ सय किलोसम्म माछा तालबाट जलारी समुदायले निकाल्ने गरेकोमा पछिल्ला वर्षमा मुस्किलले २ सय किलोमात्र पर्ने गरेको उनले बताए। ०७२ सालमा वर्षायाममा तालको मुहान क्षेत्रमा गएको पहिरो सोझै माछाको पकेट क्षेत्र खपौदीमा पसेपछि माछासहितको केज नै पुरिएको थियो। त्यसबाट ठूलो नोक्सान भएको सहकारीका पूर्वध्यक्ष रामचन्द्र जलारीले बताए। त्यसपछि फेवातालमा केज कल्चर नै हराउँदै गएको पनि उनले सुनाए।
तालको मुहान क्षेत्रमा अव्यवस्थित रूपमा खनिएका सडकबाटोका कारण मुहान क्षेत्रमा वर्षायाममा जाने पहिरो तालमा सोझिँदा प्रत्येक वर्ष ताल साँघुरिँदै गएको पनि उनले बताए। आफूले जान्दा जान्दै ताल आधाभन्दा बढी पुरिइसकेको ६२ वर्षीय पूर्वअध्यक्ष रामचन्द्रले बताए। ताल किनारको मात्र होइन विन्ध्यवासिनी देखिको फोहोर फिर्के, बुलौंदी हुँदै तालमा मिसिँदा ताल प्रदूषणको चपेटामा पर्दै गएको छ। ताल किनारका होटल, रेस्टुरेन्टबाट उत्पादन हुने फोहोर पानी पनि तालमा सोझै पठाउने गरिन्छ। पछिल्लो समयमा ताल किनारमा गएर पिकनिक खाने, ड्राइफ्रुट लगेर खाने चलन बढेको छ। जथाभावी फ्यालिने प्लास्टिकजन्य फोहोर, बियरका बोतल, क्यान लगायतले तालको मुहान क्षेत्र पनि प्रदूषणको चपेटामा पर्दै गएको स्थानीय शान्ति जलारीले बताइन्। पहिले तालको पानी खाने गरेकोमा अहिले खान नहुने अवस्थामा पुगेको पनि उनले बताइन्।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…