
१३ औं संस्करणको नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव आगामी माघ २३ र २४ गते (२०२६ फेब्रुअरी ६ र ७ तारिख) मा जैविक विविधता ग्रित पार्क लमही दाङमा हुने भएको छ । अजम्बरी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा प्रकृतिका साथीहरु संस्थाले नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको हो ।
लाटोकासेरो तथा हुचिल संरक्षणकालागि जनस्तरबाटै जनजागरण जगाउन प्रकृतिका साथीहरु नामक संस्थाले विभिन्न जिल्लामा संरक्षण उत्सव गर्दै आएको छ । उत्सवमा मुसा खाएर किसानको साथीको रुपमा महत्वपूर्ण भूमिका खेल्ने लाटोकोसेरो संक्षणमा नागरिककै घर आगनमा पुगेर जनतेचना जगाउँदै आएको छ । यसले लाटोकोसेरो तथा हुचिल मात्र होइन अन्य वन्यजन्तु, वनस्पतिको संरक्षणका कार्यक्रम पनि हुँदै आएका छन् ।
नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइन्छ । लाटोकोसेरोले मुसा खाएर अन्नबाली जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले लाटोकोसेरोलाई किसानको साथी भनिन्छ । लाटोकोसेरोको एउटा जोडीले एक सिजनमा २ हजार देखि ३ हजार सम्म मुसाहरू खान सक्छ । जसले कृषि उत्पादन वृद्धि गर्न सहयोग पुग्नुको साथै जैविक विविधता र पर्यापर्यटनकालागि पनि महत्त्वपूर्ण रहने कार्यक्रमका सहआयोजक प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले बताए ।
सहरमा लाटोकोसेरोको वासस्थान हराउँदै गएपछि प्रकृतिका साथीहरू नामक संस्थाले कास्की, म्याग्दी, स्याङजा र बागलुङमा गरी १ सय कृत्रिम गुँड बनाएर सार्वजनिक चौतारा, व्यक्तिका घरवरपर, सामुदायिक घर, समाज घर लगायत क्षेत्रमा स्थानीयको सहमति र सहकार्यमा गत भदौमा कृत्रिम गुँड राखेको पनि प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक आचार्यले बताए ।
यसरी राखिएका कृत्रिम गुँडहरूमा मध्ये ४८ वटामा लाटोकोसेरो लगायत चराहरूले गुँड लगाएका छन् । जसमा पहिलो वर्ष ७ वटा कृत्रिम गुँडमा लाटोकोसेरोले गुँड लगाएका छन् । लाटोकोसेरो संरक्षण क्षेत्रमा गत तीन दर्शक देखि क्रियाशील प्रकृतिका साथीहरू नामक संस्थाले हेमजाका दुई विद्यालयमा लाटोकोसेरो क्लब स्थापना, तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र तथा गुलेली प्रतिबन्धित क्षेत्र घोषणा, लाटोकोसेरो संरक्षण दूतको छनोट लगायतका काम गरेको थियो ।
प्रकृतिका साथीहरुका निर्देशक आचार्यले सरकारले लागू गरेको दश वर्षे लाटोकोसेरो कार्ययोजना निर्माण र कार्यान्वयनमा प्रभावकारी काम गरेका थिए । आचार्यले लाटोकोसेरोको अवैध सिकार तथा व्यापार र वासस्थान जोगाउन मार्ग निर्देश गरेका छन् । आचार्यले गत वैशाखमा ५० हजार पाउन्डको ह्वीटली फन्ड फर नेचर पुरस्कारबाट पुरस्कृत भएका थिए । यो बेलायतको प्रसिद्ध ह्वीटली पुरस्कार हो ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…