
पोखरा : सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको पोखरा २१ दोपहरेमा पहिलो सुन्तला महोत्सव भएको छ । किसानलाई सुन्तला खेतीमा लाग्न प्रोत्साहन गर्न सुन्तला महोत्सवको आयोजना भएको हो । महोत्सवमा किसानहरूले आफूले उत्पादन गरेको सुन्तला बिक्रीकालागि राखेका थिए । आफ्नो घर आँगनबाटै सुन्तला सोझै उपभोक्तालाई बिक्री गर्न पाएकोमा किसान खुशी भएको थिए ।
आफ्नै गाउँमा सुन्तलाबाट राम्रो आम्दानी हुनेभएपछि दोपहरेका धेरै जसो विदेशका काम छाडेर घर फर्केर सुन्तला खेती गर्दै आएका छन् । स्थानीय कृषक समूहका अध्यक्ष इन्द्रप्रसाद सुवेदी सुन्तला खेतीबाट राम्रो आम्दानी हुने बताउँछन् । किसानलाई सुन्तला खेती तर्फ लाग्न थप प्रेरणा मिलोस् र सुन्तला खेती गर्न चाहानेलाई सुन्तलाबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने सन्देश दिन सुन्तला महोत्सव गरिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

सुन्तला महोत्सवमा १२ देखि १५ लाखको कारोबार भएको पनि उनले बताए । महोत्सवमा ग्रेडिङको आधारमा सुन्तला प्रति केजी ५० देखि १०० रुपैयाँमा बिक्री गरिएको थियो । नेपालको राष्ट्रिय फल सुन्तला ः उपभोग, स्थानीय उत्पादन, पर्यटन र अर्थतन्त्रमा सहयोग भन्ने नाराका साथ महोत्सव भएको हो । पोखरामा ३ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएका छ । पोखराको वडा नम्बर २१ र २२ मा मात्र ३ सय हेक्टर सुन्तला उत्पादन हुन्छ । पोखरामा ४५० देख ५ सय जना सुन्तला खेती गर्ने किसान छन् ।
३० हजार देखि २० सम्म एउटै किसानले आम्दानी गर्छन । पोखरामा ३५ सय देखि ४ हजार मेट्रिक टन सुन्तला उत्पादन हुन्छ । सुन्तलाका सुन्तलाले उचाई लिँदै गर्दा कास्कीका पहिले सुन्तला खेती राम्रो हुने धेरै क्षेत्रमा सुन्तला मासिएको छ । जतिमा उत्पादन हुँदै आएको छ त्यसमा प्रति इकाई उत्पादन बढेको कृषि महाशाखाले जनाएको छ । पोखरामा वार्षिक १० करोड बढीको सुन्तलाको कारोबार हुने गर्दछ । महोत्सव सुन्तला उत्पादक किसानलाई प्रोत्साहन मात्र होइन प्राविधिक ज्ञान सिक्ने थलोको रुपमा विकास गर्ने उद्देश्यले भएको बताइएको छ । यसको साथै ताजा सुन्तला उपभोक्ताले सस्तो मूल्यमा पाउने र सुन्तला कस्तो ठाउँमा फल्छ भन्ने ज्ञान सुन्तला खेती गर्न चाहाने नयाँ पुस्ताले पनि पाउने वातावरण भएको पनि कृषि महाशाखा प्रमुख कडरियाले बताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले किसानलाई आवश्यक प्राविधिक सहयोग, अनुदानमा आवश्यक कृषि सामाग्री महानगरले दिँदै आएको बताए । उत्पादन बढाउन आवश्यक सहयोग महानगरपालिकाले निरन्तर उपलब्ध गराउने पनि उनले बताए । महानगरपालिकाले सुन्तला बगैँचा व्यवस्थापनमा ७ वर्षमा १ करोड बडी अनुदान पोखरा २१ का किसानलाई उपलब्ध गराएको बताइएको छ ।
सुन्तला उत्पादक किसान सम्मानित

उत्कृष्ट सुन्तला उत्पादन गर्ने किसान सुन्तला महोत्सवमा सम्मानित भएका छन् । यसरी सम्मानित हुनेमा पोखरा २१ फेदीपाटनकी प्रभा पौडेल प्रथम भएर १० हजार रुपैयाँ पुरस्कार पनि पाएकी छन् । उनले ४० रोपनी क्षेत्रफलमा ७ सय बोट सुन्तला लगाएर राम्रो उत्पादन लिँदै आएकी छन् । यसै गरी पोखरा २१ स्यारतङका दिपेन्द्रराज आचार्य दोस्रो भएर ७ हजार रुपैयाँ पुरस्कार सहित प्रमाण पत्र पाएका छन् ।
उनले १२ रोपनी क्षेत्रफलमा २४० वटा सुन्तलाका बोट लगाएर आम्दानी लिइरहेका छन् । यसै गरी पोखरा २१ दोपहरेका विजय सुवेदी तेस्रो पुरस्कार पाएका छन् । उनको १३ रोपनी क्षेत्रफलमा १९० वटा सुन्तलाको बोटबाट आम्दानी लिँदै आएका छन् ।



पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…