राजनीति

वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल : सांसद गगनकुमार थापा

काठमाडौँ : सांसद गगनकुमार थापाले वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद थापा सहित काठमाडौँबाट निर्वाचित चार सांसदले वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गर्दै संसद्‌मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन्। थापाले वायु प्रदूषणबारे संसदमा छलफल गर्न माग गर्दै सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । थापाको प्रस्तावमा सांसदहरू भीमसेनदास प्रधान, राजेन्द्र केसी र जीवनराम श्रेष्ठ समर्थक छन् । केही हप्तादेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न ठाउँमा वायु प्रदूषणले विकराल रूप… पुरा पढौ

कर्णालीका ४ एमाले सांसदलाई कारवाही

कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार सांसदलाई एमालेले कारबाही गरेको छ । प्रकाश ज्वाला र नन्दसिंह बूढा तथा अम्मरबहादुर थापा र सचेतक कुर्मराज शाहीलाई एमालेले कारवाही गरेको हो । एमाले प्रमुख सचेतक गुलाबजंग शाहले उनीहरूलाई साधारण सदस्यसमेत नहरनेगरी कारबाही गर्न पार्टी प्रदेश र केन्द्रीय कमिटीमा सिफारिस गरिएको बताए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा एमालेका चार सांसदले मत हाल्दा उनको पद जोगिएको छ । सत्ता समीकरणको नयाँ कसरतमा लागेका प्रधानमन्त्री ओलीलाई शुक्रबारको फ्लोर क्रसले झस्काइदिएको छ । पुरा पढौ

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर

१३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश पाेखरा : सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन भनिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा… पुरा पढौ