राजनीति

एमाले महाअधिवेशन उद्घाटनमा चितवनमा कति मान्छे सहभागि भए ?

नेकपा एमालेले चितवनमा दसौं महाअधिवेशन भव्य उद्घाटन गरेको छ । महाअधिवेशनमा गैडाको लोगो, गैडाको मस्कट बनाएको कारण चर्चा कमाएको एमालेले महाअधिवेशनमा सहभागीको कारण पनि चर्चा सुरु भएको छ । यति बेला नारायणी किनारका एमालेको महाअधिवेशन उद्घाटन कार्यक्रममा कति सहभागि भए होला भन्ने अड्कलबाजी सुरु भएको छ । चितवनमा ठूलो राजनीतिक दलले केन्द्रीय महाअधिवेशन गरेको पहिलो पटक हो । मञ्च व्यवस्थापनदेखि गैंडाको मस्कट, ठूलाठूला डिस्प्ले राखेर एमालले महावेशनलाई भव्य बनाएको थियो । उपस्थितिका हिसाबले चितवनको इतिहासमै एमाले महाअधिवेशन अहिलेसम्मकै धेरै मान्छे… पुरा पढौ

गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा : साक्षरता प्रतिशतमा नवलपुर अगाडी

गण्डकी प्रदेश साक्षर प्रदेश घोषण भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार एक कार्यक्रममा बिच गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषण गरेका हुन् । गण्डकी प्रदेशका ११ जिल्लामा नवलपुरर जिल्ला सबैभन्दा धेरै साक्षरता प्रतिशत ९८।०० प्रतिशत रहेको छ । नवलपुरमा २०७२ असार ३१ गते साक्षर जिल्ला घोषण गरिएको थियो । त्यसपछि गोर्खा जिल्ला ९७।२० साक्षरता प्रतिशत रहेको छ । यस जिल्लालाई २०७४ भदौं ९ गते साक्षर जिल्ला घोषण गरिएको थियो । यसै गरि मुस्ताङमा ९६।३५ प्रतिशत, स्याङ्जा ९६।१६ प्रतिशत, तनहुँ ९६।४०… पुरा पढौ

तीन महिनामा मन्त्रिपरिषदले पायो पूर्णता : अब २५ सदस्य मन्त्रिमण्डल

झन्डै तीन महिना पछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते गठबन्धनबाट प्रधानमन्त्री भएका थिए । मन्त्री परिषद विस्तारमा प्रधानमन्त्री देउवाले कसैलाई पनि उपप्रधानमन्त्री बनाएका छैनन् । करिब तीन महिना प्रधानमन्त्री देउवाले कांग्रेबाट तीन मन्त्री र एक राज्यमन्त्री भने नेकपा माओवादी केन्द्रबाट दुई जनालाई मन्त्री बनाएका थिए । अरु मन्त्रालय आफैंसँग राखेका थिए । सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेस, माओवादी, जनता समाजवादी, नेकपा एकीकृत समाजवादीलाई समेटेर मन्त्री परिषद विस्तार भएको हो ।… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पोखरेलले भेटे प्रधानमन्त्री र अर्थमन्त्री : प्रदेशलाई बजेट थपिदिने प्रतिबद्धता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् । प्रदेशमा आम्दानीको स्रोत सिमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसै अनुसार बजेट बिनियोजना गरिदिन मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री र अर्थमन्त्रीसँग आग्रह गरे । यसका लागि मुख्यमन्त्री पोखरेलले दुवैजनालाई लिखित रुपमै पत्र बुझाएका छन् । उनले भनेका छन्, ‘संघीय शासन व्यवस्थासँगै संघबाट प्रदेशमा स्वतः अधिकाहरु हस्तान्तरण भएका छन् । ती अधिकार कार्यान्वयन र नागरिकका जनअपेक्षा पूरा गर्न त्यसै अनुसारको बजेट व्यवस्थापन आवश्यक छ ।’प्रदेश… पुरा पढौ

मुख्यमन्त्री पोखरेल– राष्ट्र संघ नेपाल प्रमुख सारा बेसोलो भेट

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संंयुक्त राष्ट्र संघका लागि नेपाल प्रमुख सारा बेसोलो नान्तीबीच आइतबार पोखरामा औपचारिक भेटघाट भएको छ । विश्व पर्यटन दिवसका अवसरमा गण्डकी सरकारले नेपालस्थित राजदूत तथा विकास साझेदार संस्थाका प्रमुखका लागि गरेको विशेष कार्यक्रममा भाग लिन आएकी सारा बेसोलोले मुख्यमन्त्री कार्यालयमै भेटघाट गरेकी हुन् । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले संयुक्त राष्ट्र संघको स्थापना भएदेखि नै नेपाल निरन्तर संलग्न हुँदै आएको स्मरण गराए । सुरक्षा परिषददेखि विभिन्न समितिहरुमा जिम्मेवारी लिएर नेपालले सफलताका साथ काम गर्दै… पुरा पढौ

जनकुपुर देखि मुक्तिनाथ धार्मिक पर्यटकटीय सर्किट

पोखरा ः कोरोना सङ्क्रमणका कारण करिब दुई वर्ष देखि थला परेको पर्यटन उद्योगलाई उठाउन प्रदेश प्रदेश बिच सहकार्य हुनु पर्नेमा जोड दिइएको छ । गण्डकी प्रदेश र प्रदेश—२ बिच आन्तरिक पर्यटन प्रवर्द्धनका लागि बिहीबार पोखरामा भएको अन्तरक्रिया कार्यक्रममा दुवै प्रदेशका मुख्यमन्त्रीहरुले पर्यटन विकासकालागि सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमणले थला परेको पर्यटन उद्योगलाई प्रदेश प्रदेश बिच सहकार्य गरेर आन्तरिक पर्यटन प्रवर्द्धन गरी उठाउनु पर्नेमा जोड दिए । पर्यटन विकासकालागि सङ्घीय सरकारले सबै प्रदेशलाई समान… पुरा पढौ

संविधान दिवस : उपलब्धि रक्षा गर्न ठूलो चुनौती

नेपालको संविधान २०७२ जारी भएको छ वर्ष पुगेको छ । स्थानीय, प्रदेश र संघको चुनाव भएर संविधान कार्यान्वयनको चरणमा गएको भने ४ वर्ष भएको छ । यस अवधिमा के उपलब्धि भयो, चुनौती के आएर र ती चुनौतीको समाधान कसरी गर्न सकिन्छ भन्ने बारेमा पोखरमा शनिबार छलफल भएको छ । गण्डकी प्रदेश मुख्यन्यायाधिवक्ताको कार्यालयले संविधान कार्यान्वयनको अवस्था विषयमा गरेको अन्तक्र्रियाका सहभागीले लामो संघर्षपछि प्राप्त संविधानका उपलब्धि जगेर्ना गर्न सबै पक्ष एकाकार भएर लाग्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली… पुरा पढौ

फेवाताल मिच्नेनेलाई छोड्दैनौं—वाईसीएल संयोजक देवकोटा

योङ कम्युनिष्ट लिग (वाईसीएल) का केन्द्रिय संयोजक सुमन देवकोटाले पोखराको फेवाताल अतिक्रमणमा परेको बताउँदै अब वाईसीएल चुपलागेर नबस्ने बताएका छन् । पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक देवकोटाले फेवाताल मिच्नेलाई नछाेड्ने र चैनको निन्द्र सुत्न नदिने बताएका छन् । प्राकृतिक सम्पदा रक्षाकालागि वाईसीएल सधै लड्दै आएको बनाउँदै प्राकृतिक सम्पदालाई कब्जा गर्ने जोसुकै अपराधीलाई चैनको निन्द्र सुत्न नदिने उनले उनले बताए । वाईसीएलले पालिकामा भएका भ्रष्टाचारलाई खोतल्ने पनि बताए । पोखरा महानगरपालिका लगायत नगरपालिका र गाउँपालिकामा ठूलो बेरुजु रहेकोले यसलाई… पुरा पढौ

एमाले अध्यक्ष ओलीको मुद्दा हेर्न नभ्याइने सूचीमा

सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भनिएको नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध दिएको रिट निवेदन हेर्न नभ्याइने सूचिमा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख, आयोग र लुम्बिनी प्रदेशका सभामुखलाई विपक्षी बनाएर दायर गर्नुभएको रिटमाथिको सुनुवाइ आज हेर्न नभ्याइने सूचीमा परेको हो । न्यायाधीशहरू दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा सुनुवाइ लागि पेशी तोकिएपनि समय अभावले हेर्न नभ्याइने सूचीमा राखिएको हो । यही भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको… पुरा पढौ

एमसीसीकी उपाध्यक्ष सुमार नेपालमा : शीर्ष नेता भेट्दै

नेपालमा पछिल्लो समयमा निकै चर्चामा रहेको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार काठमाडौं आएकी छन् । संसद्बाट एमसीसी पास गर्ने वा नगर्ने बहस चलिरहेको बेला उपाध्यक्ष सुमार नेपाल आएकी हुन् । एमसीसीको विषयमा नेपालमा अहिले पक्ष र विपक्षमा बहस भइरहेको छ । नेपालको चारदिने भ्रमणकालागि आएकी उपाध्यक्ष फातिमाले शीर्ष नेताहरु संग भेट्ने कार्यसूची रहेको छ । नेपालमा अमेरिकी अनुदान सहयोग सम्बन्धी एपसीसी परियोजनाको प्रगति बुझ्ने सिलसिलामा उपाध्यक्ष सुमार काठमाडौं आएको बताइएको छ । नेपालका पार्टीहरुमा एमसीसी परियोजना स्वीकार… पुरा पढौ