
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालकालागि सभापति चुनिएका हुन् ।
दोस्रो चरणको मतदानमा ४ हजार ६ सय २३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत आवश्यक थियो । देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्धन्द्धी कोइरालाले १८५५ मत पाएका छन् । ३५ मत भने बदर भएको छ । यस अघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदरवारमध्ये सबभन्दा धेरै मत देउवाले ल्याए पनि बहुमत नपुग्दा पुनः मतदान भएको हो ।
कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । समापतिमा चुनिन २३४० मत चाहिन्थ्यो । देउवाले २२५८ पाएका थिए भने शेखरले १७०२ मत पाएका थिए । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २० मत पाए । कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको हो ।
शेखरलाई आप्नैले दिएनन् साथ
पार्टी सभापतिको प्रतिस्पर्धामा बीपी कोइरालाका छोरा शशांक, गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाताले साथ शेखरलाई नभइ शेरबहादुर देउवालाई दिए । पहिलो मतदानमा कोइराला पुत्री सुजाना नेता सिंहको समूहबाट उपसभापतिमा उम्मेदवार दिइन् । शेखर बीपीका भाइ केशवका छोरा हुन् ।
आप्नैले साथ नदिएको निर्वाचनमा दोस्रो चरणको निर्वाचनमा आफूसँग प्रतिस्पर्धा गरेका तीन उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले अर्का उम्मेदवार शेरबहादुरलाई समर्थन गरेका थिए । तीन उम्मेदवारले देउवालाई साथ दिदा देउवाको जित सुनिश्चि भएपनि कोइराला निर्वाचनमा सम्मानजनक मत पाएर उदाएका छन् ।बितेका पाँच वर्ष पाटीमा कोइराला पक्ष भन्ने शब्दवाली प्रयोग लगभग हराएको थियो । आप्नै परिवारका सदस्यले साथ नदिदा पनि आप्नै बलबुताले उनि सम्मानजनक मत पाएर उदाएका छन् ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…