
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालकालागि सभापति चुनिएका हुन् ।
दोस्रो चरणको मतदानमा ४ हजार ६ सय २३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत आवश्यक थियो । देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्धन्द्धी कोइरालाले १८५५ मत पाएका छन् । ३५ मत भने बदर भएको छ । यस अघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदरवारमध्ये सबभन्दा धेरै मत देउवाले ल्याए पनि बहुमत नपुग्दा पुनः मतदान भएको हो ।
कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । समापतिमा चुनिन २३४० मत चाहिन्थ्यो । देउवाले २२५८ पाएका थिए भने शेखरले १७०२ मत पाएका थिए । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २० मत पाए । कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको हो ।
शेखरलाई आप्नैले दिएनन् साथ
पार्टी सभापतिको प्रतिस्पर्धामा बीपी कोइरालाका छोरा शशांक, गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाताले साथ शेखरलाई नभइ शेरबहादुर देउवालाई दिए । पहिलो मतदानमा कोइराला पुत्री सुजाना नेता सिंहको समूहबाट उपसभापतिमा उम्मेदवार दिइन् । शेखर बीपीका भाइ केशवका छोरा हुन् ।
आप्नैले साथ नदिएको निर्वाचनमा दोस्रो चरणको निर्वाचनमा आफूसँग प्रतिस्पर्धा गरेका तीन उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले अर्का उम्मेदवार शेरबहादुरलाई समर्थन गरेका थिए । तीन उम्मेदवारले देउवालाई साथ दिदा देउवाको जित सुनिश्चि भएपनि कोइराला निर्वाचनमा सम्मानजनक मत पाएर उदाएका छन् ।बितेका पाँच वर्ष पाटीमा कोइराला पक्ष भन्ने शब्दवाली प्रयोग लगभग हराएको थियो । आप्नै परिवारका सदस्यले साथ नदिदा पनि आप्नै बलबुताले उनि सम्मानजनक मत पाएर उदाएका छन् ।